काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ न.ब्युरोको आयोजनामा काठमाडौंको असनमा भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महासचिव गौरवको विशेष सम्बोधन रहेको थियो । सम्बोधनको क्रममा गौरवले जेनजी आन्दोलन पछि बनेको वर्तमान सरकार कठपुतली सरकार भएको भन्दै यो सरकारले जनताका समस्याहरु समाधान गर्न नसक्ने औंल्याउनु भयो । कार्यक्रममा पिविएम सागर,प्रभाकर,सिसिएम फणीन्द्र,मजदुर नेतृ कमलाको सम्बोधन रहेको थियो । सम्बोधनको क्रममा नेताहरुले वर्तमान देशको राजनीतिक अवस्था संकटपूर्ण रहेको यसको निकासको लागि स्वाधिन संयुक्त सरकार बन्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका पि बि एम एम ९ न ब्यूरो सचिव चिन्तामणि पौडेलले ,संचालन पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौ जिल्ला सचिव केदार खतिवडा,स्वागत पार्टी केन्द्रिय सदस्य बन्धुदेब पान्डेले गर्नु भएको थियो। शहिदप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरिएको थियो। कायक्रमर्मा सल्लाहकार समितिका सह संयोजक कमल चौधरीले आतिथ्यता गर्नु भएको थियो।




