दाङ जिल्लाका समस्याहरुको सम्बोधनको माग गर्दै ज्ञापन पत्र

दाङ ,क्रान्तिकारी कम्इुनिष्ट पार्टी नेपाल दाङ जिल्लाले जिल्लामा रहेका विभिन्न समस्याहरुको सम्बोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई मतिः २०८२÷०८÷०७ गते ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा देशमा व्याप्त भ्रष्टाचार वेथितिको लगायत कुशासनको अन्त्यको माग गरिएको छ ।
ज्ञापनपत्र करिब १.३०मा दिन टोली जिल्ला प्रशासन पुगेको थियो । लमही न पा ३ नं वार्डमा मुक्त कमैया तथा सुकुम्बासीहरू जो करिब २५ बर्षदेखि त्यहाँ बस्दै आएका छन् ।त्यहाँ न्युनतम मानवीय आधारभुत सुविधा छैन । कच्ची बाटो , कच्ची नालि, बिध्युतको कुनै पोल छैन ,खानेपानी ,शिक्षा ,स्वास्थ ,आदि नभएको र सरकारको स्थानीय निकायमा समेत त्यो बस्ती दर्ज छैन त्यहाँ करिब ९० प्रतिशत मुक्त कमैया , कम्लहरी छन् र अरू सुकुम्बासी छन् । १४१ घर धुरी संख्या रहेको उक्त बस्ती बसेको जमिन पहिले गौचर रहेको कुरा त्यो गाउँका पुराना बासिन्दाले बताउँछन् । उक्त ज्ञापनपत्र दिन गएको बेला उक्त बस्तीकि अध्यक्ष निर्मला चौधरीले र पुर्व अध्यक्ष डम्बर पुनले समस्या अवगत गराउनु भएको थियोे । साथै उक्त ज्ञापनपत्र क्रान्तिकारी कम्युनिस्ट पार्टीका दाङका सचिव ईश्वरीप्रसाद गैरेले बाचन गरेर जिल्ला प्रमुखलाई बुझाउनु भएको थियो ।उक्त डेलिगेसनमा क्रान्तिकारी क।पा।नेपाल का पिबिएम नारायण योगी,जिल्ला सदस्य एंव क्रान्तिकारी सुकुम्बासी संगठनका सचिवालय सदस्य तिलक बिक र जिस बिष्णु पोख्रेल र मन बहादुर ओली लगायत मुक्त कमैया तथा सुकुम्बासी बस्तीकाका प्रतिधिहरू हुनुहुन्थ्यो । उक्त ज्ञापनपत्र पस्चात प्रतिक्रिया दिदै जिल्ला प्रमुखले यदि तपाईंहरू सार्वजनिक जग्गामा बसेकोभए सरकारको हटाउने नीति छ,र मैले समस्यालाई संबंधित निकायसंग बुझेर समस्या समाधान गर्ने प्रयत्न गर्ने कुराको आश्वासन दिनुभयो। ज्ञापनपत्रमामाथि उल्लेखित समस्या बाहेक जिल्लाका विविध विषयहरूसमेटिएको छ । ज्ञापन पत्रको पूर्ण पाठ यसप्रकार छ ।–

श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय
घोराही दाङ

महोदय,
आज देशको राष्ट्रियता ,जनतन्त्र ,राष्ट्रिय स्वाधीनता सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनजिविकाको सवालमा निकै गम्भीर चुनौति र समस्याहरू बिकराल बन्दै गैरहेको अवस्थामा देशको राज्य संयत्रको साथ साथै केन्द्रीय तहदेखि स्थानीय तहहसम्म व्याप्त भ्रष्टाचार, कुशासन ,ठगि, महङ्गि, कालोबजारी,मानव तस्करी, अनियमितता,घुसखोरी, भिजिट भिसा प्रकरण, मिटर व्याजको पिडा, सहकारी ठगी, जनघात, राष्ट्र घात आदिका बिरूद्ध आमजनताले संघर्ष गरिरहेको बेला जेनजी पुस्ताले, भ्रष्टाचार ,सुशासन, र सामाजिक संजाल माथिको प्रतिबन्धको बिषयउठाई भाद्र २३ गते सान्तिपुर्ण बिद्रोह को थालनी गर्याे। उक्त न्यायपुर्ण बिद्रोह लाई दबाउन नेपाली कांग्रेस समेतको ओलिको गठबन्धन सरकारले आन्दोलन दवाउन पाशबिक तथा फाशिबादि तरिका अपनाउन पुग्यो जसका कारण दर्जनौं युवाले ज्यान गुमाउन पर्याे।।सयकडौयुवाहरू घाइते बने । त्यसमाथि, अमेरिकी साम्राज्यवाद द्वारा संचाालित आइनजियोका नाइकेहरूले वास्तविक देसभक्त जेनजीलाई पछााडि धकेलेर कथित जेनजीको नाममा गराईएको बिध्वंसका कारण देसले भाद्र २४ गतेको दुखद परिणाम भोग्नु पर्याे । व्यक्तिका निजि संपत्तिमात्र होईन, न्यायपालिका, कार्यपालिका तथा व्यवस्थापिकाका सर्वोच्च अड्डाहरू समेत ध्वस्त पारिए। देसलाई अमेरिकी साम्राज्यवाद को अधिनस्थ बनाउने कुत्सित अभिप्रायले बिध्वंस गराईएको भएतापनि अन्ततः अमेरिकी साम्राज्यवाद तथा भारतीय बिस्तारबादको सहमति मा शुशिलाकार्किलाई सरकारको नेतृत्व सुम्पने निर्णय गरियो , संसद बिघटन गरियो र कैयौं खुङ्खार अपराधीलाई समेत जेलमुक्त गरियो । मात्र दुई तीन दिनमै बिगतका जनयुद्ध, जनसंघर्ष तथा जनआन्दोलन का उपलब्धिहरूलाई समाप्त पारेर देशलाई प्रतिगामी दिशामा लैजाने काम भयो।त्यतिबेला यो स्थिति ल्याउन मा तात्कालिन ओली नेतृत्वको गठबन्धन सरकार जिम्मेवार छ ।

भ्रष्टाचार बिरूद्धको संघर्ष हाम्रो पार्टीको एजेन्डा हो र त्यसको आषाढ ५ गतेदेखि देसव्यापि रूपमा भ्रष्टाचार बिरूद्दको अभियान चलेको थियोे । आजको बर्तामान परिबेसमा हाम्रो जिल्लामा जनबर्गका समस्यहरूलाई लिएर निर्नतर संघर्षरतछ। हाम्रो पार्टीको तर्फबाट पटक–पटक जिल्लामा रहेका मुक्त कमैया , सुकुम्बासि ,अव्यवस्थित बसाइँ ,नाकाबासि बस्तीका समस्या, किसान, हाम्रा महिला, दलित , जनजाति ,गुठी पिडित, पिछडिएका बर्गका समस्यालाई लिएर प्रशासन कार्रयालमा ज्ञापनपत्र बुझाएर समस्याको बारेमा ध्यानाकर्षण गराउदै आएको छ। तर ती मागहरूको हालसम्म कुनै पनि संबोधन नभएकोले पुनः तपसिल बमोजिमका माग राखेकाछौं।यी मागहरू अबिलम्ब पूरा गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछौं ।
हाम्रा मागहरू
१.जिल्लामा रहेका मुक्त कमैया तथा सुकुम्बासीका समस्याहरू (मुख्यतया टिकुलीगढका मुक्त कमैया तथा सुकुम्वासीहरू) अबिलम्ब पूरा गरियोस ।
२.दाङजिल्लाको नेपाल भारत सिमानामा २९ वटा नाकामा बसोबास गर्ने नाकाबासिका समस्या हरूलाई यथासिघ्र समाधान गरियोस् ।
घ.लागू औषध दुरव्र्यसनी कार्य लाई कडाइका साथ रोकथाम गरियोस्
४.मोहियानि हक सम्बन्धीकानुन बनेको आधा सताब्दि बितिसक्दा पनि समस्या समाधान नभएकोले बिशेष कानुन ल्याई उक्त जग्गामा रहेको दोहरो स्वामित्व अन्तगरी मोही समस्या स्थायी रूपमा हल गरियोस ।
५.कृषिको उत्पादनमा बृद्धि गर्न कम्तीमा सम्पुर्ण स्थानीय तहको निकायद्वारा कृषिमा कुल बजेटबाट२५% लगानी गरियोस् ।
६.वर्षे धान खेती तथा हिउदे खेतीको लागी किसानहरूलाई तत्काल मलको सहज आपूर्तिको लागि व्यवस्था गरियोस् ।
७.रासायनिक मल आपूर्ति र ढुवानीमा सम्बन्धित अधिकारी र सहकारीका नाममा बिचौलियाहरूको ठूलो चलखेल हुने गरेको छ । कृत्रिम अभाव सिर्जना गरी किसानलाई अत्याउने र बोरा चेन्ज गरी अनुदानको मल बजारमा महङ्गो बिक्री गर्ने कार्य हुँदै आएको छ, जसलाई तत्काल नियन्त्रण गरियोस् ।
८. भारतबाट आयात हुने विषादियुक्ति फलफुल र तरकारी पूर्णरूपमा बन्द गरिनु पर्दछ । विषदियुक्त फलफुल तरकारी जाँचको व्यवस्था अविलम्ब मिलाउनु पर्दछ ।
ढ.अवैधरूपमा प्रक्रिया नपुगी खोलिएका र सञ्चालित क्रसर उद्योगहरूको नियमन गरिनु पर्दछ ।
१०.जिल्लाभित्र रहेको नदी÷खोलाहरूमा रहेको नदीजन्य पदार्थ गिट्टी, बालुवा निकासी र अवैध उत्खनन्मा बन्द गरियोस् ।
११सहकारी लघुवित्त, गुठी पीडित र वैेदेशिक रोजगार पीडितहरूको अवस्था भयावह भएको हुँदा पीडकहरूलाई यथासिघ्र कानुनको दायरामा ल्याएर पीडितलाई न्याय दिलाइयोस् ।
१२.दाङका ठुला उद्योगहरूले पर्यावरण बचाउनका लागि समुदाय र राज्यसँग गरेका सम्झौता लागु गरिनुका साथै विद्युत महसुल यथासिघ्र असुल गरियोस् ।
१३.विकास निर्माणमा भइरहेको गुणस्तरहीन काम, जनप्रतिनिधिहरू, सम्बन्धित निकाय र प्राविधिकहरूको मिलेमतोम हुने गरेको भ्रष्टाचार अन्त्य गरियोस् ।
१४.जिल्लाभित्र गाडीमा ढुवानी हुने पशुचौपाया र अन्य वस्तुहरूको ढुवानीका क्रममा प्रत्येक पुसिल पोस्टमा दिने दुःख र असुलीको पूर्णरूपमा अन्त्य गरियोस् ।
१६.दाङका कतिपय निजी स्कुलहरूमा राज्यले तोके भन्दा धेरै ५० हजार भन्दा बढीसम्म भर्ना शुल्क र चर्को मासिक फी असुली गरिरहेको पाइएकोले उक्त कुराको नियमन गरियोस् ।
१७.हरेक कृषिजन्य उत्पादनमा बिचौलियाहरूको लुटको कारण प्रत्येक वर्ष किसानहरू घाटामा जाने गरेका छन् । त्यसकारण कृषि उत्पादनको उचित मूल्य र बजारीकरणको व्यवस्था स्थानीय सरकार मार्फत गर्ने व्यवस्था मिलाइयोस् ।
१८.मुक्त कमैया, भूमिहीन सुकुम्बासीहरू, अव्यवस्थित बसोबास गरेको क्षेत्रको नाम नक्शा गरी पूर्जा वितरण गर्नुका साथै खानेपानी, विद्युत, सडक, स्कुल र पूर्वाधारहरूको निर्माणमा विशेष ध्यान दिइयोस् ।
१९.अघोषित लोडसेडिङ गरी व्यवसायीहरूसँगको सेटिङमा ठुला फ्याक्ट्रीहरूलाई विद्युत दिने र छिनछिनमा लाइन काटेर जनतालाई सास्ती दिने कुराको अन्त्य गरियोस् ।
२०तुलसीपुर–घोराही फोरलेन सडकखण्ड निर्माण र तुलसीपुर टरिगाउँ एयरपोर्टलाई बजेट व्यवस्थापन गरी तत्काल निर्माण कार्य सुरु गरियोस् ।
ईश्वरी प्रसाद गैरे
(जिल्ला सचिव)
क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल, दाङ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित