काठमाडौँ । नेकपा एमाले ११ औ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपि शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ९ मङ्सिर २०८२ का दिन एक प्रेस वक्तव्य जारी गर्दै ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वक्तव्यमा पोख्रेलले पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु आजको आवश्यकता भएको समेत बताएका छन् । “पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु ।” विज्ञप्तिमा पोख्रेलले लेखेका छन – “पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।”
अध्यक्षमा ओलीसँग ईश्वर भिड्ने
Comments

