अखिल नेपाल प्रगतिशील महिला संघद्वारा महिलाहरुको सैद्धान्तिक गोष्ठीलाई शुभकामना

काठमाडौं । अखिल नेपाल प्रगतिशील महिला संघले विश्व महिला सम्मेलनको सैद्धान्तिक गोष्ठीलाई शुभकामना दिएको छ । संघकी इनचार्ज सीता सुबेदीले २०८२ मंसिर १२ गते प्रेस बक्तब्य जारी गरी उक्त शुभकामना दिनु भएको हो । वक्तव्यमा भनिएको छ –

“साम्राज्यबाद बिरोधी बिश्व महिलाहरुको सैद्धान्तिक कार्यशाला गोष्ठीले साम्राज्यबादको बिरुद्ध निरन्तर र अबिचलितरुपमा संघर्षरत रहँदै आएका सम्पूर्ण महिला संगठनलाई समटेर, फराकिलो, सशक्त र संघर्षशील महिला आन्दोलन निर्माण गर्न र महिलाहरुका हक अधिकार, प्रतिष्ठा र प्रगतिका निम्ति अन्तर्राष्ट्रिय सहकार्य बढाउन सफल रहोस् भन्ने हार्दिक शुभकामना छ ।
नेपालमा बाह्य हस्तक्षेप गम्भीररूपमा बढिरहेको बर्तमान सन्दर्भमा एमसीसी, एसपीपी लगायत इण्डो–प्यासिफक (हिन्द–प्रसान्त रणनीति) अन्तर्गत बढ्दो साम्राज्यबादी हस्तक्षेपका बिरुद्ध ब्यापकस्तरमा समान धारणा र चरित्र राखने अन्य जन बर्गसँग महिला समुदाय पनि एक ढिक्का भएर अघि बढ्नमा रहेका संकीर्ण सोच र दायराबाट मुक्त हुन र साम्राज्यबाद बिरूद्ध रहेका सबै प्रगतिशील, लोकतान्त्रिक र राष्ट्रप्रेमी संघर्षशील महिला संगठन, ब्यक्ति ब्यक्तित्व सबै एक जुट हुनु आजको समयको गम्भीर माग हो भन्ने अखिल नेपाल प्रगतिशील महिला संघको स्पष्ट धारणा छ । धन्यबाद !” अखिल नेपाल प्रगतिशील महिला संघ लोक नारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी सँग सम्बन्धित छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित