चितवन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फागुन २१ गतेकोलागि घोषणा गरेको निर्वार्चनको बहिस्कारको पक्षमा रहेको जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८२ मंसीर १६–१७ गतेसम्म महासचिव सीपी गजुरेलको अध्यक्षतामा चितवनमा सम्पन्न चौथो केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आफ्नो पार्टीको आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो भन्दै आगामि निर्वाचनमा पार्टीले लिने कार्यनीतिले रणनीतिलाई अगाडि बढाउन मद्दत गर्नु पर्ने बताएको छ । पार्टीले देशभक्त ,गणतन्त्रवादी क्रान्तिकारी,जनवादी तथा वामपन्थीबीच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधिन संयुक्त सरकारको पक्षमा संघर्षलाई अगाडि बढाउने कुरामा जोड दिएको छ ।


