काठमाण्डौ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओली विजयी भएका हुन् । ओलीले दुई तिहाई मत ल्याएर विजयी भएका छन् । नवौं र दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए।
अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत ल्याएका छन्। यसैगरी पोखरेलले ५६४ मत प्राप्त गरेका हुन् ।
यसैगरी महासचिवमा ओली प्यानलका शंकर पोखरेल विजयी भएका छन्। निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा एमालेको पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका छन्। उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भए। एमालेको सचिव पदमा केपी शर्मा ओलीको प्यानलका ९ जना नै विजयी भएको छ। सचिवमा महेश बस्नेतले सर्वाधिक मत ल्याएका छन्। यस्तै दोस्रोमा पद्माकुमारी अर्याल, तेस्रोमा छविलाल विश्वकर्मा, चौथोमा शेरधन राई, पाँचौँमा हिक्मतकुमार कार्की, छटौँमा खगराज अधिकारी, सातौँमा यामलाल कँडेल, आठौँमा राजन भट्टराई र नौमा भानुभक्त ढकाल रहेका छन्। उपाध्यक्ष र उपमहासचिवमा पोखरेल प्यानलमा गोकर्ण विष्ट र योगेश भट्टराई विजयी भएका छन्।
जेनजी विद्रोह पछि अध्यक्ष केपी ओलीले पद त्याग गर्नु पर्ने र नयाँ नेतृत्वलाई दिनु पर्ने आवाज पार्टी भित्रैबाट उठे तापनि ओली फेरी पनि विजयी भएका छन् । एक चोटीलाई ओली नै हुनु पर्छ भन्दै महाधिवेशन भर प्रतिनिधिहरुले प्रचार प्रसार गरेको देखिन्थ्यो ।
११औं महाधिवेशनबाट अध्यक्षमा केपी ओली विजयी
Comments

