रवि लामिछानेको रिहाई बारे फरक फरक प्रतिक्रिया

काठमाडौ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेश पछि सामाजिक सञ्जालमा फरक फरक प्रतिक्रिया आएका छन् ।

रवि लामिछानेको वचाव गर्दै एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,“रवि लामिछाने सहकारीको सञ्चालक होइन।शेयर सदस्य वा ऋणी पनि होइनन्। उनले एउटा कम्पनीमा एमडीको रुपमा काम गरेका हुन्। १० प्रतिशत सेयर पनि उनकै हो। काम गरेबापत त्यो कम्पनीले दिएको। त्यो कम्पनीमा आएको पैसा विभिन्न सहकारीबाट आएको कारणले उनलाई मुद्दा चलाउनु परेको हो। ठगीमा अनुसन्धान गर्न सक्थ्यो त्यसको लागि बाटो खुल्ला छ ।तर संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनु भनेको नै राजनीतिक प्रतिशोध नै थियो। अहिले पुराना राजनीतिक पार्टीहरूको छत्रछायाँ नरहेको अवस्थामा उनी बाहिर आउन पाएका हुन् यति हो। यो फैसलालाई स्वागत गर्न चाहन्छु।”

अर्को सामाजिक सञ्जाल प्रयोगकर्ता रविको विरोध गर्दै लेख्छन्,“ २ करोड ६४ लाख ठगी गरेर, “तिर्छु” भनेर बिन्ती चढाएर निस्केको स्याललाई आज युद्ध जितेर फर्किएको वीर जस्तो बनाएर स्वागत गर्नेहरू नै यस देशका ठग संस्कृतिका संरक्षक हुन्। कानुन अपराधीका लागि होइन, सामान्य नागरिकलाई तर्साउन मात्र हो भन्ने कुरा यस्तै नाटकहरूले प्रमाणित गरिरहेका छन्।यदि ठगी गरेपछि पैसा तिरे पुग्ने हो भने इमानदारी, नैतिकता र न्याय किन चाहियो?
सीधै ठग बनौँ, पछि राजनीतिक खोल ओढौँ। यो विजय होइन । यो कानुनको हार, नैतिकताको हत्या र राज्यको आत्मसमर्पण हो। ठग र किर्ते डाका हत्यारा बलत्कारी भ्रष्टाचारीलाइ राम्रो सर्वश्रेष्ठ सोच्ने जनता भएको देश नेपाल । ”

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,“रवि माथि कानुनी उल्झन २० को १९ भएको छैन।केवल उनलाई जेल बाहिर बसेर मुद्धा लड्न अनुमति दिएको हो।फेरि भोलिको दिनमा सो फैसला माथिल्लो अदालतबाट बदर हुन पनि सक्छ। अर्को कुरो नेपालमा पार्टी बन्ने र टुक्रने अनि टुक्रेका पार्टी फेरि एकीकरण गर्दै र टुक्रदै गर्ने कुनै नौलो कुरो होइन।बहुमत भएर पनि काँग्रेसले आफ्नै सरकार ढलेको मात्र होइन तत्कालीन माओवादी र एमालेको एकीकरण पछिको टुक्राका बाछिटाहरु अहिले झण्डै आधा दर्जन पुग्न आँटेको छ।”

सन्तुलितढंगले प्रतिक्रिया दिन खोज्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,“यो कुनै नौलो आदेश होइन,अदालतले पहिले गरेको आदेश नै हो,त्यो आदेश मान्दिन मलाइ साधारण तारिखमा रिहा गरियोस, मलाई धरौटी धेरै भयो,भनेर रबि आफै उच्च अदालत गएको हो,अनि अदालतले धरौटी नराख्ने भए जेलमै बस भनेको थियो त्यति खेर,अहिले त धरौटी मात्रै होइन कि बिगो बराबर कै पैसा जम्मा गरेपछि,बाहिर निस्केको हो,पछि फैसलामा जे आदेश हुन्छ,त्यो म सहर्स स्कार्छु,भनेर कागज समेत गरेर छुटेको हो,रबि कुनै निर्दोष साबित भएको होइन ।”

रविलाई विदेशी साम्राज्यवादको एजेन्ट देख्नेहरुको संख्या पनि नेपालमा ठूलो छ । विदेशी दलालहरुलाई चुनावमा विदेशीहरुले नै जुटाउन थालेको उनीहरुको बुझाई छ । त्यस्तै विचार प्रकट गरेका छन अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता । उनी लेख्छन्, “यो सबै नाटक चुनाव अघि बिदेशीका दलालहरुलाई एक ठाउँमा ल्याउने बिदेशीको कोसिस बाहेक अरु केही होईन। हेरम !रबि यसमा कत्तिको सफल अथवा असफल हुन्छन्। असफल भए केही हदसम्म देशलाई फाइदा होला। सफल भए बिदेशी तत्वले भनेजस्तो हुन्छ। चुनाव आउनु भन्दा केही समय अगाडि रबिको रिहाईको मुख्य कारण यहि हो। यदि रबिले यी सबै माने भने सबै ठिक हुन्छ।नमाने रबि फेरि जेल जान्छन्।यो बिदेशी हस्तक्षेप को पराकाष्ठा हो।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित