धादिङ । धादिङ जिल्लामा अखिल नेपाल तामाङ मुक्तिमोर्चाको जिल्ला भेला २०८२ साल पौष १८ गते सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता ज्ञान बहादुर तामङ्ले गर्नु भएको थियो । केन्द्रीय सन्योजक फुर्नामगेल मोक्तान प्रमुख अथिती ८ नम्बर ब्युरोका इन्चार्ज सरोज विशेष अतिथि र व्यूरो सचिव अतिथि हुनुहुन्थ्यो भने कार्यक्रम सन्चालन धादिङ जिल्लाका इन्चार्ज अमृत अधिकारीले गर्नु भएको थियो । भेलाले २ सदस्य पछि थप्ने गरी ज्ञान बहादुर घले तामाङ अध्यक्ष ,सुजन तामाङ सचिव र सानु कान्छा तामाङ कोषाध्यक्ष रहने गरी ११ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसमा सदस्यहरु सञ्जय रुम्बा ,विनोद गुरुङ, ,कान्छी तामाङ, अर्जुन तामाङ,चन्द्र बहादुर तामाङ, प्रेम बहादुर तामाङ रहनुभएको छ । भेलाले २ सदस्य रहने गरी जिल्ला सल्हाकार समिति पनि निर्वाचित गरेको छ । जसमा देवबहादु थिङ तामाङ र सुरेश वाइबा तामाङ रहनु भएको छ ।
Comments

