काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काभ्रे जिल्ला, पाँचखाल नगरपालिका कोट्याङ् निवासी पातली तामाङको ८० वर्षको उमेरमा निधन भएकोले उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव गौरवले २०८२ माघ १ गते प्रेस–वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
प्रेस वक्तव्य यस प्रकार छ –
“काभ्रे जिल्ला, पाँचखाल नगरपालिका कोट्याङ् निवासी पातली तामाङको आज विहान ८० वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य कमरेड सोमान सिंह तामाङकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ५ छोरा, ५ बुहारी, ५ नाति र ७ नातिनीहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी पातली तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. सोमान सिंह तामाङ लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । ”
Comments

