सामाजिक सुधारवादको परिणाम र संशोधनवादको सामान्य प्रकृति

– रोजा लक्जेम्बर्ग
पहिलो अध्यायमा हाम्रो उद्देश्य यो देखाउनु थियो कि बर्नस्टाइनको सिद्धान्तले समाजवादी आन्दोलनको कार्यक्रमलाई त्यसको भौतिक जगबाट उखालेर विचारवादी आदर्शमा उभ्याउने प्रयास गरेको थियो । तर व्यवहारको कसीमा यस सिद्धान्तको कस्तो अवस्था होला ?
पहिलो तुलनाको आधारमा, बर्नस्टाइनको सिद्धान्तको आधारमा पार्टीको कामकाज अहिलेसम्म सामाजिक जनवादको कामकाजभन्दा फरक देखिंदैन । पहिले सामाजिक जनवादी पार्टीको क्रियाकलाप टे«ड युनियनको काम, समाज सुधारको आन्दोलन र विद्यमान राजनीतिक संस्थाहरुको लोकतान्त्रिकरणको आन्दोलनमा आधारित हुन्थ्यो । फरक के मा छैन होइन, कसरी मा छ ।
आज टे«ड युनियन संघर्षलाई र संसदीय कार्यलाई सत्ता ग्रहण गर्ने तयारीको लागि सर्वहारालाई बाटो देखाउने र शिक्षित गर्ने साधन मानिन्छ । संशोधनवादी दृष्टिकोणबाट सत्ताको यो विजय एकैसाथ असम्भव पनि र अनुपयोगी पनि छ । यसकारण पार्टीलाई चाहिन्छ कि टे«ड युनियन कार्य र संसदीय कार्य मात्र तत्कालीन परिणामहरुको लागि चलाइयोस्, यर्थात् मजदुरहरुको विद्यमान स्थिति राम्रो बनाउन, पुँजीवादी शोषण क्रमशः कम गर्न र सामाजिक नियन्त्रण बढाउनको लागि ।
यसप्रकार, यदि हामीले क्षणभरको लागि मजदुरहरुको अवस्थामा तत्काल सुधारमाथि विचार नगर्ने हो भने, जुन हाम्रो पार्टी कार्यक्रम र संशोधनवाद, दुवैको साझा उद्देश्य हो–तब दुवै दृष्टिकोणको बीचको फरक संक्षेपमा यसप्रकार छ । पार्टीको विद्यमान धारणाअनुसार टे«ड युनियन कार्य तथा संसदीय कार्य समाजवादी आन्दोलनको लागि यसकारण महत्वपूर्ण छ कि यी कार्यहरुले समाजवादको सिद्धिको लागि सर्वहारालाई तयार गर्दछ, अर्थात् समाजवादी रुपान्तरणलाई मनोगत कारकको सिर्जना गर्दछ । तर बर्नस्टाइनका अनुसार टे«ड युनियन तथा संसदीय कार्यले स्वयं पुँजीवादी शोषणमा क्रमशः कमी ल्याउँदछ । त्यसले पुँजीवादी समाजबाट त्यसको पुँजीवादी चरित्रलाई हटाउँदछ । त्यसले वस्तुगत स्तरमा वान्छित सामाजिक पविर्तनलाई साकार गर्दछ ।
विषयमाथि अझ गहिराइमा विचार गर्दा हामी यो देख्दछौं कि यी दुवै धारणाहरु एकआपसमा ठीक विपरीत छन् । आप्mनो पार्टीको विद्यमान दृष्टिकोणबाट स्थितिलाई हेर्दा हामी भन्न सक्दछौं कि आफ्नो टे«ड युनियन तथा संसदीय संघर्षहरुको फलस्वरुप सर्वहारा यस्ता कामहरुमार्फत् प्रमुख सामाजिक परिवर्तन ल्याउने असम्भवताको कायल हुन्छ र यस निष्कर्षमा पुग्दछ कि सत्तामाथि विजय अनिवार्य छ । यदि बर्नस्टाइनको सिद्धान्त यस घोषणाबाट शुरु हुन्छ कि यो विजय असम्भव छ, त्यसको निष्कर्ष यो हो कि समाजवादको सुत्रपात केवल टे«ड युनियन संघर्ष र संसदीय कार्यबाट सम्भव छ । किनकि बर्नस्टाइनको नजरमा टे«ड युनियन तथा संसदीय कार्यको एक समाजवादी चरित्र हो किनकि यसले पुँजीवादी अर्थव्यवस्थालाई आधिकारिक समाजीकरणवाला प्रभाव पार्दछ ।
हामीले यो देखाउने प्रयास गरेका हौं कि यो प्रभाव शुद्ध कल्पना हो । पुँजीवादी सम्पत्ति र पुँजीवादी राज्यको सम्बन्ध पूर्ण रुपमा विपरीत दिशाहरुमा विकसित हुन्छ र यसप्रकार आजको समाजवादी जनवादको हरेक दिनको व्यवहारिक कार्यकलाप अन्तिम विश्लेषणमा समाजवाद सम्बन्धी कार्यकलापबाट पूर्ण रुपमा काटिन्छ । एउटा समाजवादी आन्दोलनको दृष्टिकोणबाट टे«ड युनियन संघर्ष र हाम्रो संसदीय कार्य यसकारण ज्यादै महत्वपूर्ण छ कि यसले सर्वहाराको जागरुकतालाई, चेतनालाई समाजवादी बनाउँदछ र उनीहरुलाई एउटा वर्गको रुपमा संगठित हुन मद्दत गर्दछ । तर जब तिनीहरुलाई पुँजीवादी अर्थव्यवस्थाको प्रत्यक्ष समाजिकरणको साधन मानिन्छ, तब तिनीहरुले आफ्नो आम प्रभावकारिता गुमाउने मात्र होइन, बरु तिनीहरु सत्तामाथिको विजयको लागि मजदुर वर्गलाई तयार गर्ने साधन पनि रहँदैनन् । एडवार्ड बर्नस्टाइन र कोनराड श्मिट तब सम्पन्न गरिएको कार्य गलत बुझाईको शिकार भएको देख्दछन् जब उनीहरु यस विश्वासमा स्वयंलाई सान्त्वना दिन्छन् कि पार्टीको कार्यक्रमलाई घटाएर समाज सुधारको कार्य र साधारण ट्रेड युनियन कार्यसम्म सीमित गरियोस्, यो श्रमिक आन्दोलनको अन्तिम उद्देश्यको परित्याग होइन किनकि अगाडितर्फ हरेक पाइला तत्कालीक उद्देश्यले अघि जान्छ र समाजवादी लक्ष्य परिकल्पित प्रगतिमा एक प्रवृत्तिको रुपमा निहित हुन्छ ।
जर्मन सामाजिक जनवादको विद्यमान कार्य विधिहरुको बारेमा यो कुरा निश्चित रुपमा सत्य हो । जब जब राजनीतिक सत्तामाथि विजयको एउटा दृढ र सचेत प्रयास टे«ड संघर्ष र समाज सुधारको कार्यमा फैलन्छ, यो कुरा सत्य हुन्छ । तर यदि यस प्रयासलाई स्वयं आन्दोलनबाट भिन्न गरी समाज सुधारलाई स्वयंमा एक लक्ष्य बनाइन्छ तब यस्तो कामकाज समाजवादको अन्तिम लक्ष्यतर्फ लैजाँदैन । यति मात्र होइन, त्यो ठीक उल्टो दिशामा अगाडि बढ्दछ ।
कोनराड श्मिटले त मात्र यस विचारलाई आफ्नो सिरानी बनाउँदछन् कि एक पटक शुरु भएपछि प्रत्यक्ष रुपमा यान्त्रिक आन्दोलन आफै रोकिन सक्दैन किन ‘खानासँगै मानिसको भोक बढ्दछ’ र हामी मान्न सक्दछौं कि मजदुर वर्ग अन्तिम सामाजिक रुपान्तरण साकार हुँदासम्म सुधारहरुमा सन्तोष गर्दैन ।
यहाँ यो अन्तिम शर्त विल्कुल वास्तविक हो । पुँजीवादी सुधारहरुको अपर्याप्तता नै यो प्रभावकारी हुने कुराको ग्यारेन्टी हो । तर यसबाट निकालिएको निष्कर्ष तब साँचो हुन्छ जब वृद्धि भएका सुधारहरुको एउटा निरन्तर श्रृंखला बनाउन सम्भव हुन्छ, जसले आजको पुँजीवादबाट समाजवादतर्फ लैजान्छ । यो निश्चित रुपमा एउटा कल्पना हो । वस्तुहरुको प्रकृति यस्तै छ कि यो श्रृंखला चाँडै नै टुट्दछ, र त्यस विन्दुबाट अगाडि तथाकथित गति जुन बाटोहरु भएर जान्छ त्यो अनेकौं र फरकफरक प्रकारका छन् ।
यदि हाम्रो पार्टीले आफ्नो आम तरिका फेरेर त्यस दृष्टिकोण अनुसार ढाल्दछ जुन हाम्रो संघर्षको व्यवहारिक परिणामहरुमा, अर्थात् सुधारहरुमा जोड दिन चाहन्छ तब तत्कालीन नतिजा के निस्कन्छ ? जब यी ‘तत्कालीन नतिजा’ हाम्रो क्रियाकलापको प्रमुख उद्देश्य बन्दछ, त्यो स्पष्टतः सम्झौताविहीन दृष्टिकोण अधिकाधिक असुविधाजनक लाग्न थाल्दछ । जसको एउटा अर्थ तबसम्म हुन्छ जबसम्म त्यसले सत्ताको विजयको प्रस्ताव गर्दछ । यसको सोझो नतिजा यो हुनेछ कि पार्टीले एउटा ‘मुआवजाको नीति’ राजनीतिक व्यापार मण्डलको नीति तथा आत्मनियन्त्रण, कुटनीतिक सम्झौताको रवैया अपनाउन लाग्दछ । तर यो रवैया लामो समयसम्म कायम राख्न सकिंदैन । किनकि सामाजिक सुधारले एउटा खोक्रो आश्वासन मात्रै प्रस्तुत गर्न सक्दछ, मोहभंग तत्कालीन रुपमा यस्तो कुनै कार्यक्रमको तार्किक परिणाम हुन्छ ।
यो कुरा सही होइन कि समाजवाद मजदुर वर्गको दिनदिनको संघर्षबाट आफै उत्पन्न हुन्छ । समाजवाद निम्न लिखित कुराहरुको परिणाम हो ः (१) पुँजीवादी अर्थव्यवस्थाको बढ्दो अन्तरविरोधहरुको, र (२) मजदुर वर्गको यस बुझाईको (कि एउटा सामाजिक रुपान्तरण मार्फत् यी अन्तरविरोधहरुको समाप्ति अनिवार्य छ ) जब संशोधनवादी ढंगबाट पहिलो शर्तबाट अस्वीकार र अर्कोलाई अस्वीकार गरिन्छ र तब मजदुर आन्दोलन स्वयंलाई एउटा सहकारी र सुधारवादी आन्दोलनसम्ममा सीमित पाउँदछ । यहाँ हामी सोझै अगाडि बढेर एउटा वर्गीय दृष्टिकोणलाई पूर्ण परित्यागसम्म पुग्दछौं ।
यही परिणाम तब पनि स्पष्ट हून्छ जब हामी संशोधनवादको सामान्य चरित्रको छानवीन गर्दछौं । स्पष्ट रुपले संशोधनवादको सामान्य चरित्रको छानवीन गर्दछ । स्पष्ट रुपबाट संशोधनवाद यो मान्न चाहँदैन कि उसको दृष्टिकोण पुँजीवादी चम्चाहरुको दृष्टिकोण हो । बुर्जुवा अर्थशास्त्रीहरुजस्तै यसले पुँजीवादको अन्तरविरोधहरुको अस्तित्वलाई अस्वीकार गर्दैन । तर अर्कोतर्फ, संशोधनवादको आधारभूत दृष्टिकोण, जसले उसलाई सामाजिक जनवादको अहिलेसम्मको रवैयाबाट फरक गर्दछ, ठीक यही कारणले गर्दा उसले यस विश्वासलाई आफ्नो सिद्धान्तको आधार बनाउँदैन कि पुँजीवादको अन्तरविरोधहरुको समाप्ति विद्यमान आर्थिक व्यवस्थाको तार्किक, आन्तरिक विकासको फलस्वरुप नै हुन्छ ।
हामी भन्न सक्दछौं कि संशोधनवादको सिद्धान्त दुई अतिहरुको बीचमा रहेको छ । संशोधनवादले पुँजीवादको अन्तरविरोधहरु परिपक्व हुने अपेक्षा गर्दैन । यसले क्रान्तिकारी रुपान्तरणद्वारा यी अन्तरविरोधहरुको समाप्तिको प्रस्ताव गर्दैन । यसले पुँजीवादी अन्तरविरोधहरुलाई कम गर्न कमजोर पार्न चाहन्छ । उदाहरण स्वरुप उत्पादन र विनिमयको बीच विद्यमान विरोधमा कमी संकटहरुको समाप्ति र पुँजीवादी गठबन्धनहरुको निर्माणद्वारा हुन्छ, यस्तो अपेक्षा गर्ने गरिन्छ । मजदुरहरुको स्थिति राम्रो बनाएर र माध्यमवर्गलाई संरक्षण गरेर पुँजी र श्रमको द्वन्द्वमा तालमेलको अपेक्षा गरिन्छ । र सामाजिक नियन्त्रणमा वृद्धि तथा लोकतन्त्रको प्रगतिद्वारा वर्गीय राज्य र समाजको अन्तरविरोधलाई नष्ट गर्ने आशा गरिन्छ ।
पुँजीवादको अन्तरविरोधहरु विकसित हुने प्रतिक्षा गर्नु तथा तब मात्रै त्यसको समाप्तिको काम हातमा लिनु आज सामाजिक जनवादको तौरतरिका होइन, यो कुरा सही हो । यसको विपरीत क्रान्तिकारी कार्यपद्धतिको सारतत्व यो हो कि यस विकासको पुष्टि भएपछि यसैको दिशाबाट हामी मार्गदर्शित हुन्छौं र यसै दिशाबाट यो निष्कर्ष निकालौं कि राजनीतिक संघर्षको लागि कुन परिणाम आवश्यक छ । यसकारण सीमा युद्धहरु र सैन्यवादको प्रतिक्रियावादी चरित्र पूर्ण रुपमा स्पष्ट हुनुलाई प्रतिक्षा नगरिकन सामाजिक जनवादले यसको विरोध गरेको छ । बर्नस्टाइनको कार्यपद्धति पुँजीवादको विकास सम्बन्धी चिन्तन मननबाट, त्यसको अन्तरविरोधहरु कमजोर पर्ने सम्भावनाबाट मागर्ददर्शित छ । त्यसले जब पुँजीवादी अर्थव्यवस्थाको ‘अनुकूलन’ को कुरा गर्दछ तब यही कुरा प्रमाणित गर्दछ ।
तब यस्तो एउटा धारणा कहिले सही हुन सक्दछ ? यदि यो सही हो कि पुँजीवादले आज जुन दिशा अपनाइरहेको छ, सोही दिशामा त्यसको विकास जारी रहन्छ, तब तत्कालीन रुपमा त्यसको अन्तरविरोध गायव हुनुको सट्टा अझ स्पष्ट, अझ तीब्र हुनेछ । पुँजीवादको यस अन्तरविरोधहरु कमजोर पर्ने सम्भावना तब हुन्छ जब स्वयं पुँजीवादी उत्पादन–पद्धतिले आफ्नो प्रगति बन्द गर्दछ । संक्षेपमा, पुँजीवादी विकासको समाप्ति बर्नस्टाइनको सिद्धान्तको सामान्य शर्त हो ।
तर यसप्रकार यो सिद्धान्तले स्वयंलाई दुई किसिमले आलोचना गर्दछ ।
पहिलो कुरा यो हो कि यसले समाजवादको स्थापनासम्बन्धी धारणामा आफ्नो काल्पनिक चरित्रलाई व्यक्त गर्दछ । किनकि यो कुरा स्पष्ट छ कि एउटा दोषपूर्ण पुँजीवादी विकास एउटा सामाजिक रुपान्तरणको कारण बन्न सक्दैन ।
दोस्रो कुरा, आज जुन तीव्र पुँजीवादी विकास भइरहेको छ, त्यसको दृष्टिबाट हेर्ने हो भने बर्न स्टाइनको सिद्धान्तले आफ्नो प्रतिक्रियावादी प्रकृतिलाई स्पष्ट गरिदिन्छ । वास्तविक पुँजीवादको विकासलाई ध्यानमा राख्दै हामीले बर्नस्टाइनको रवैयाको व्याख्या गर्न सकियोस्, बरु त्यसलाई कसर प्रस्तुत गर्ने ?
पहिलो अध्यायमा हामीले ती आर्थिक अवस्थाहरुको खोक्रोपन देखाएको छौं जसलाई बर्नस्टाइनले विद्यमान सामाजिक सम्बन्धहरुको विश्लेषणको आधार बनाएका छन् । हामीले देख्यौं कि न त साख प्रणालीलाई र न त कार्टेलहरुलाई पुँजीवादी अर्थव्यवस्थाको ‘अनुकूलनको साधन’ भन्न सकिन्छ । हामीले देख्यौं कि न त संकटहरुको अस्थायी समाप्तिलाई न त मध्यमवर्ग कायम रहने पुँजीवादी अनुकूलनको लक्षण मान्न सकिन्छ । तर यदि हामीले बर्नस्टाइनको सिद्धान्तको यी सबै विवरणहरुको गलत चरित्रमाथि ध्यान दिनबाट चुक्यौं भने पनि हामी ती सबैमा साझा एउटा विशेषतामा नरोकिई रहन सक्दैनौं । समकालीन आर्थिक जीवनका यी अभिव्यक्तिहरु, जुन पूरा पुँजीवादी विकाससँग, पुँजीवादको समग्र आर्थिक तन्त्रसँग आफ्नो जीवन्त सम्बन्धहरुमा देखिन्छ, बर्नस्टाइनको सिद्धान्तले तिनीहरुलाई बुझ्दैन । उनको सिद्धान्तले यी सबै विवरणहरुलाई तिनीहरुको जीवन्त आर्थिक सन्दर्भबाट अलग्याएर राखिदिन्छ । यसले तिनीहरुलाई एउटा निर्जीव मेशीनको (फरक फरबक पुर्जाहरु) को रुपमा बुझ्दछ ।
उदाहरणको लागि साखको अनुकूलनकारी प्रभावबारे उनको धारणामाथि ध्यान दिऊँ । यदि हामीले साखलाई विनिमय प्रक्रियाको र यसकारण पुँजीवादी विनिमयमा निहित अन्तरविरोधहरुको एउटा उच्चतम् स्वाभाविक चरण मान्ने हो भने, साथै हामीले त्यसलाई विनिमयको प्रक्रियाबाट बाहिर, अनुकूलनको एउटा यान्त्रिक साधन मान्न सक्दैनौं । मुद्रा, माल, पुँजीलाई पुँजीवादको ‘अनुकूलनको साधन’ मान्नु पनि त्यसरी नै असम्भव छ ।
तर मुद्रा, मालहरु र पुँजीजस्तै साख पनि पुँजीवादी अर्थव्यवस्थाको विकासको लागि एक विशेष चरणमा त्यसको एउटा जीवन्त कडी हो । तिनीहरु जस्तै यो पनि पुँजीवादी अर्थव्यवस्थाको तन्त्रको एउटा अनिवार्य पुर्जा हो र साथै त्यसको विनासको साधन पनि, किनकि यसले पुँजीवादको आन्तरिक अन्तरविरोधहरुलाई तीव्र बनाउँदछ ।
यही कुरा कार्टेलहरुका तथा संचारका नयाँ, पूर्णतासम्म पुगेका साधनहरुको बारेमा पनि सत्य हो ।
संकटहरुको समाप्तिपछिको पुँजीवादी अर्थव्यवस्थाको ‘अनुकूलन’ को एउटा लक्षण बताउने बर्नस्टाइनको प्रयासले पनि यस्तै यान्त्रिक दृष्टिकोण प्रस्तुत गर्दछ । उनको विचारमा संकट मात्र आर्थिक तन्त्रको गोलमाल समान हो । उनी मान्दछन् कि तिनीहरु समाप्त हुँदा यो व्यवस्थाले ठीक ढंगले काम गर्नेछ । तर सच्चाई यो हो कि यो संकट सामान्य अर्थको ‘गोलमाल’ होइन । त्यो यस्तो ‘गोलमाल’ हो जसको अनुपस्थितिमा पुँजीवादी अर्थव्यवस्थाले विकास गर्न पनि सक्दैन । किनकि संकट यदि उत्पादनको असीमित विस्तार तथा विश्वबजारको साँघुरो सीमाहरु बीच विद्यमान टकरावलाई समयसमयमा समाधान गर्नको लागि पुँजीवादमा सम्भव एक मात्र विधि र यसकारण सामान्य विधि छ भने संकट पनि त पुँजीवादी अर्थव्यवस्थाबाट अभिन्न एउटा जीवन्त अभिव्यक्ति हुन जान्छ ।
पुँजीवादी उत्पादनको ‘निर्वाध’ प्रगतिमा नै पुँजीवादको लागि एउटा यस्तो खतरा मडारिइरहेको छ जुन संकटहरुभन्दा पनि बढी संगीन छ । यो खतरा हो नाफाको दरमा लगातार कमी हुनु, जुन उत्पादन र विनिमयको अन्तरविरोधबाट होइन बरु स्वयं श्रमको उत्पादकत्वमा वृद्धिबाट उत्पन्न हुन्छ । नाफाको दरको कमीमा साना र मझ्यौला पुँजीहरुको लागि कुनै पनि व्यवसायलाई असम्भव बनाइदिने अत्यन्त घातक प्रवृत्ति हुन्छ । यसप्रकार, यसले नयाँ पुँजीको निर्माण र यसकारण पुँजीको लगानीमा विस्तारमाथि सीमाहरु लगाउँदछ । र, यस प्रक्रियाको अर्को परिणाम हो संकट । समयसमयमा त्यसद्वारा पुँजीको मूल्य ह्रासको फलस्वरुप यी संकटले उत्पादनको साधनहरुको मूल्य घटाउँदछ, सक्रिय पुँजीको एक भागलाई निस्क्रिय बनाउँदछ र कालान्तरमा नाफाहरुलाई बढाउँदछ । यसप्रकारबाट त्यसले नयाँ किसिमबाट उत्पादनको प्रगतिको सम्भावनाहरु उत्पन्न गर्दछ । यसकारण संकट पुँजीवादी विकासको आगो पुनः भड्काउने साधन देखिन्छ । त्यसको समाप्ति अस्थायी समाप्ति होइन बरु विश्व बजारबाट त्यसको पूरा पूरा समाप्तिले–पुँजीवादी अर्थव्यवस्थालाई अझ अगाडि विकसित गर्दैन । यसले पुँजीवादलाई नष्ट गर्दछ ।
आफ्नो अनुकूलन सिद्धान्तको यान्त्रिक दृष्टिलाई यथोचित समय अनुसार बर्नस्टाइनले संकटहरुको आवश्यकतालाई तथा साना र मझैला पुँजीहरुको नयाँ लामबन्दीको आवश्यकतालाई पनि बिर्सन्छन् र यही कारणले गर्दा उनलाई सानो पुँजीको निरन्तर पुनरोदय पनि पुँजीवादी विकासको समाप्तिको चिन्ह जस्तो लाग्दछ तथापि यो वास्तवमा सामान्य पुँजीवादी विकासको एउटा लक्षण हो ।
यो कुरा महत्वपूर्ण छ कि एउटा दृष्टिकोण यस्तो छ जस अनुसार उपर्युक्त सबै प्रवृत्तिहरु ठीक त्यस्तै देखिन्छ जस्तो तिनीहरुलाई ‘अनुकूलन’ को सिद्धान्तले प्रसतुत गरेको छ । यो एक्लिएको पुँजीपतिहरुको दृष्टिकोण हो जसले आफ्नो मनमा आफ्नो वरिपरिका आर्थिक तथ्यहरुलाई त्यस्तै प्रतिविम्बित गर्दछन् जस्तो तिनीहरु प्रतिस्पर्धाको नियमहरुबाट अपवर्तित भएपछि देखिन्छन् । एक्लिएको पुँजीपतिले हाम्रो पूरा अर्थव्यवस्थाको हरेक जीवन्त अंगलाई एउटा स्वतन्त्र इकाई सम्झन्छन् । तिनीहरुलाई त्यो त्यस्तै देखिन्छ जस्तो त्यसले तिनीहरुमाथि, त्यस एक्लो पुँजीपतिमाथि क्रिया गर्दछ । यसकारण उसले यी तथ्यहरुलाई ‘अनुकूलन’ को सिधासादा साधनहरुलाई ‘गोलमाल’ मात्र सम्झन्छ । यो सही हो कि एक्लिएको पुँजीपतिको लागि संक्ट वास्तवमा अव्यवस्था मात्र हुन्छ, संकटहरुको समाप्तिले उसलाई जीवनको अरु केही पल दिन्छ । जहाँसम्म उसको प्रश्न छ, खास उसको लागि बजारको आवश्यकताहरु अनुसार आफ्नो अपर्याप्त उत्पादक शक्तिहरुको ‘अनुकूलन’ को साधन मात्र हुन्छ र उसलाई लाग्दछ कि ऊ जुन कार्टेलको सदस्य बन्दछ त्यसले वास्तवमा औद्योगिक अराजकतालाई समाप्त गर्दछ ।
संशोधनवाद अरु केही होइन, यस एक्लिएको पुँजीपतिको दृष्टिकोणबाट गरिएको एउटा सैद्धान्तिक सामान्यीकरण मात्रै हो । सैद्धान्तिकस्तरमा यस दृष्टिकोणको स्थान फोहोरी पुँजीवादी अर्थशास्त्रमा नभएर अन्यत्र कहाँ हुन्छ ?
यस सम्प्रदायको सबै गल्तीहरु ठीक सोही धारणामा आधारित छ जुन एक्लिएको पुँजीपतिको दृष्टिकोणबाट हेर्दा प्रतियोगिताको संवृत्तिहरुलाई गल्तीपूर्वक पूरा अर्थव्यवस्थाको संवृत्तिहरु मानिन्छ । जसरी बर्नस्टाइनले साखलाई ‘अनुकूलन’ को एउटा साधन मान्दछन्, ठीक त्यसरी नै फोहोरी अर्थशास्त्रले मुद्राको विनिमयको आवश्यकताहरु अनुसार ‘अनुकूलन’लाई एउटा विवेकपूर्ण साधन मान्दछ । फोहोरी अर्थशास्त्रले पनि पुँजीवादको खराबीहरुको औषधि पुँजीवादको संवृत्तिहरुभित्रै खोज्ने प्रयास गर्दछ । बर्नस्टाइनको जस्तै त्यसको पनि यही विश्वास छ कि पुँजीवादी अर्थव्यवस्थालाई मर्यादित गर्न सम्भव छ । र बर्नस्टाइनले जस्तै त्यसले पनि कालान्तरमा पुँजीवादको अन्तरविरोधहरु समाप्तिमा पुग्दछन्, अर्थात् यस विश्वासमा कि पुँजीवादको पुरानो घाउहरुको उपचार गर्नु सम्भव छ । यसको समापन एउटा प्रतिक्रियावादी कार्यक्रमको स्वीकारोक्तिमा हुन्छ । यसको समापन एउटा कल्पना–लोकमा हुन्छ ।
यसकारण हामी संशोधनवादी सिद्धान्तको निरुपण यसप्रकार गर्न सक्दछौं । यो समाजवादी आन्दोलनमा एउटा स्थिरताको सिद्धान्त हो जसको लागि फोहोरी अर्थशास्त्रको सहायताबाट पुँजीवादी स्थिरताको एउटा सिद्धान्तको आधार बनाइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित