रुपन्देहीमा निर्वाचन बहिस्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही । रुपन्देहीमा निर्वाचन बहिस्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही संघर्ष समितिका संयोजक लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपाली हुनुहुन्थ्यो । अतिथिहरुमा क्रान्तिकारी कम्युािष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेल, नेकपा बहुमतका के.स. रेखा खनाल ,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केस शशी विश्वकर्मा ,समाजवादी कम्युनिष्ट पार्टी नेपालका के.स.छमबहादुर गुरुङ,नेकपा बहुमतका केस. विनोद मरासिनी वामपन्थी नेता प्रेम सुवेदी ,अधिवक्ता तथा नागरिक अभियन्ता पदम कार्की, वाम बुद्धिजीवि मीन बहादुर कुँवर हुनुहुन्थ्यो ।
कार्यक्रमका प्रमुख अतिथिले कार्यक्रमबारे मौखिक अवधारणा प्रश्तुत गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले सरकारले घोषणा गरेको आगामि फागुन २१ गते गर्ने भनिएको निर्वाचनले जनताको माग र आवश्यकताको सम्बोधन गर्न नसक्ने बताउनु भयो । कार्यक्रमको संचालन संघर्ष समितिका सदस्य बाबुराम आचार्यको रहेको थियो । भने कार्यक्रमको स्वागत नेकपा बहुमतका के.स.विनोद मरासिनीको रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित