जेनजी विद्रोह औचित्यहीन बनाएर निर्वाचनतर्फ धकेलियो ?

नारायण प्रसाद भण्डारी
नेपालमा २०८२ भाद्र २३,२४को घटना आत्मसाथ विश्लेषण गर्ने हो भने २३ गते आन्दोलनको रुपमा थियो । उक्त शान्तिपूर्ण आन्दोलनले देश र जनताको पक्षमा राज्यलाई अभिभावक मान्दै देश एउटा पद्धतिमा कानुनी राज्यको रुपमा जनता भए रहित वातावरणमा बाँच्न पाउनु पर्ने त्यसको लागि आवश्यक सुशासन माग्दै थियो तर त्यही आन्दोलन भोलि पल्ट अर्थात् २४ गतेको दिन आन्दोलन नभै अराजक भीड हुलमूल हो हल्ला लुटपाट अन्धाधुन्द गोलीको वर्षा पानीका फोहरा छानी छानी, ताकी ताकी युवाहरुको रक्तपातपूर्ण हत्या हिंसा राष्ट्रका वैभवमाथि आगजनीको चपेटामा पर्दाको दुखद घडी कस्तो रहयो भन्दा न त गुहार माग्ने न त कोही कसैले गुहार दिने सम्बन्धित निकाय रमिते तमासे बन्दाको छेड साँच्चिकै भन्नु पर्दा अति दर्दनाक अति कहाली लाग्दो अति रन्जित योजनामा जेनजीको नाममा भूमिगत शैलीबाट विद्रोहको लक्ष्य, उद्देश्य नै तोडमोड गरी बदनाम गराइयो । उक्त घटना किन भयो ? कसले गरायो ? विद्रोहको औचित्य के थियो ? जेनजीहरुका माग के थिए ? हालसम्म गुमनाम छ । जेनजीहरुले माग पुरा किन हुन सकेन ? भनेर सोध्नसम्म पाउँने अवस्था रहेन । जब उनीहरुले राज्यलाई ध्यान आर्कषण गर्न खोज्छन् तब राज्य निर्मम भएर आउँछ । यसको प्रमुख कारण भनेकै कही कतै युवाहरु जम्मा नहोउन सरकारको विरुद्धमा नारा नलगाउन् भन्ने नै हो भने अहिले सरकार कसको जगमा निर्माण भएको छ ? सरकारमा रजाइ गर्नेहरु भाद्र २३, २४ गते काठमाण्डौंका विभिन्न चोक चोकमा राष्ट्रिय झण्डा काँधमा राखेर के गर्दै हुनु हुन्थ्यो ? सरकार सत्तामा जानेहरुको लागि दलाल पँुजीवादले उपहार दिएको यथास्थितिवादी संविधानमा पनि आफनो देशको बारेमा एक सचेत नागरिकले आफनो जन्म भूमिमाथि दुश्मनले आक्रमण गर्न खोज्दा रमिते बन्ने हो कि देश बचाउँनका लागि आवश्यक परे जीवन बलिदानी गर्नु पर्ने हो ? देशभक्त राष्ट्रप्रेमी शक्तिले सोच्नु पर्ने समय सान्दर्भिकताको घडीमा जेनजी विद्रोह भएको सही समय थियो । सच्चा इमान्दार जेनजी भनेका २०८२,भाद्र २३ को आन्दोलन उठाउनेहरु थिए । उनीहरुका माग जम्मा ३ वटा प्रमुख थिए । जसमध्ये १) देश भ्रष्टाचार कमिसनले डुबायो यसको अन्त्य गरिनु पर्छ । २)बन्द गरिएका करिब २६ वटा सामाजिक सन्जाल पूर्ण रुपमा र्निविवाद सन्चालनमा आउनु पर्छ । ३) देशमा सुशासन एवं यो देशका युवा शक्ति आफनै स्वदेशमा बसेर रोजगारमूलक सीप इलममा आधारित व्यवस्थापन हुनु पर्छ । यी बाहेक यिनीसँग जोडिएका अन्य जीवन र व्यवहारसँग सम्बन्धित मागहरु दर्जनौं हुन सक्छन तर मुख्य माग यिनै थिए । ती माग पनि भाद्र २३ को शान्तिपूर्ण आन्दोलनले उठाएका माग हुन । २४ गतेको त्यो नरसंहार गर्ने ती वीर सहीदहरुको भविष्य माटोमा विलाउने देशका अमूल्य संरचना खरानी पार्ने भन्ने जेनजीहरुको कुनै चाहना हो ? थियो ? लाग्दैन । त्यति ठूलो आगो धुँवा तँुवालो र आँधिबेहरीले मात्र २७ घण्टाको षडयन्त्रकारी घुस पैठको विद्रोहले तत्कालिन सरकारले पनि घुडा टेक्यो । देश पनि खरानी भयो । यो अनौठो शक्ति कहाँबाट आयो ? कसले निर्देशन दियो ? नेपाली जनतालाई जानकारी पनि छैन । हुन पनि सक्दैन । अब त झनै देशको अवस्था दिन प्रति दिन भयावह बन्दै जान थाल्यो । पुराना संरचना राजनीतितर्फ देश विदेशका घटनाक्रम नेपाली जनताका मन मष्तिस्क सबै नयाँ मोडमा परिवर्तन भए । अर्को तर्फ जेनजी विद्रोह जसरी उचाइमा गयो त्यो भन्दा अझ गहिराइमा झ¥यो झारियो र औचित्यहीन कुनै प्रकारको मूल्य मान्यता समेत नराखेर देशलाई जवरजस्त निर्वाचनमा धकेलियो । भन्न पनि घिन लाग्ने बनेर आयो । एउटै आन्दोलनमा एकै समयमा एउटै कारणमा घाइते एवं सहिद बने या बनाइए तर ती मर्नेहरु र अंगभंग घाइते भएर अस्पतालका शैयाहरुमा छटपटाउनेहरुमा समेत विभेद गरियो उनीहरुमा वर्गीकरण गरियो । देशको लागि केही गरौं भन्ने आँट साहसको समयमा आगो दन्किरहेको अवस्थामा आगोले कुनै बस्तु काँचो सुकेको कुहेको सफा फोहर अमूल्य मूल्यहीन केही भन्दैन । त्यही अवस्था भाद्र २४ को थियो । कसैलाई जेलबाट निकाल्नु थियो । त्यही बाहनामा तोडफोड अराजकता आगलागी गर्नु थियो त्यही समयमा आफनो ज्यूँ ज्यानको सुरक्षाका लागि कैदीबन्दी भाग दौडको अवस्था सृजना बन्यो । त्यही अवसरमा गोली बर्साउनेले वर्षाइ रहयो । मर्ने मर्दै गए । घाइते हुने हँुदै गए । फूल माला लाउनेले लाउँदै गए । विस्तारवादको एचक्युबाट नेपालको प्रम घोषणा हुँदै गए । कतै हासो कतै रोदन यस्तै यस्तै इन्द्रेनीका रंगी विरंगी नाटक बने फरक त्यति थियो तर कैदी वन्दी आफनै इच्छाले भागेका थिए या भवितव्यमा भाग्न बाध्य थिए ? या भगाउने चाहनामा भगाइएका थिए ? त्यसको छिनोफानो भएन मात्र भयो । कैदी वन्दी म¥यो भाग्न खोज्दा सुरक्षा फौजले नियन्त्रण गर्न खोज्दा घटना भयो । अन्य आन्दोलनकारी आन्दोलनमा सहिद भए । भन्ने सरकारको मूल्याकंनबाट यो न्यायपूर्ण हुन्छ ?
वास्तवमा जेनजी विद्रोह नेपालको आवश्यकतामा र अपरिहार्यतामा थियो । किनभने देश रहने कि नरहने यस्तो अवस्थामा सत्तामा जानेहरुबाटै खर्तनाक अवस्था सृजना गरेर जनतामाथि विभिन्न करहरु थोपारेर ब्रम्ह्लुट गर्ने जहा जाउ भ्रष्टाचार घोटाला हत्या हिंसा चोरी, डकैती, विचौलिया, ठग झुट भन्दा अन्य काम हुन सकेनन । युवा पिढी नेपालमा बस्ने वातावरण बनाइएन म यो देशको नागरिक हुँ मेरो यो देशमा अधिकार छ भन्ने सम्म हराउँदै गएको समयमा जेनजीहरु जागेका हुन । यसरी देश र जनताको पक्षमा आवाज उठाउने देशका कर्णधार वीर योद्धाहरुको ज्यान गुमेको छ । यो चानचुने कुरा होइन । अहिले स्पष्ट देखिदै जान थाल्यो । होस गर्नु आगो भित्रै लुकाएर बाल्न खोजे पनि धुवा भित्र रोकिन्न बाहिर आउँछ । सबै कुराको स्पस्ट हँुदै आयो । अब न त छिप्छ नत लुक्छ ?
देशमा अहिले एक प्रकारको भयावह गतिविधि र विभिन्न नाममा मोर्चाबन्दी भैरहेका छन् । यही अवस्था मै देशलाई गुजार्न खोजियो भने सायद जनता चुप लागेर बस्न सक्ने देखिदैन केही समय हेर पर्ख हुन सक्छ ? नेपालको इतिहासमै यिनै कारण जेनजी समूहको एउटा शक्तिले जुन खाले विद्रोहको विजारोण गरे । उक्त घटना नेपालको लागि अति महत्व पूर्ण छ किनभने हाम्रो देश हरेक दृष्टिकोणबाट प्रत्यक स्थानमा भ्रष्टाचारको व्यापकता यसरी मौलायो कि कसैले चाहेर पनि यसको अन्त्य गर्न सक्ने अवस्थामा थिएन । किनभने भ्रष्टाचारी धन्दामा कोही अछुतो थिएन जस्को कारण तै चुप मै चुपमै देश हरि कंगाल हुँदै गयो । यहाँ थुपारिएका लुकाइएका चल अचल सम्पत्ति कहाँ कसले दबाएर देशमा अर्थतन्त्रको संकट पारेको छ ? भन्ने कुरा कसैलाई सुइकोसम्म नभए जस्तो तर भित्र सबैलाई पेटभरि भएको । सबैमा सिस्नाले पोल्यो मनमनै भन्ने भ्रष्टाचारका कुरा मात्र हुन्थे । सरकारमा जानेहरुले कार्वाहीमा भाषण गर्थे तर त्यसको उजागर जेनजी विद्रोहबाटै स्पस्ट प्रमाणित भएको हो । विडम्बना जुन विषयबाट विद्रोह भयो । त्यहि एजेण्डा ओजेलमा पारियो र जेनजीमाथि पनि ठूलो धोका दिदै जेनजी र विद्रोह दुवै चीज औचित्यहीन बनाउँदै नेपाली जनताले र विद्रोही जेनजीले समेत नचाहेको मौकामा जर्बजस्त खाए खा नखाए घिचको अवस्था पारी चुनावमा नेपाली जनतालाई जर्बजस्त जसरी धकेलिएको छ । अवश्य पनि यो निर्वाचनबाट देशले मुक्ति पाउने छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित