काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्यहरु भीम चापागाई र बालकृष्ण ओली तथा केन्द्रीय समिति सदस्यहरु सूर्य तिमल्सेना, शिव धिमाल र सूर्य भूजेल आफ्नो पार्टीमा नरहेको जाकारी गराएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव गौरवले २०८२ माघ १२ गते एक प्रेस वक्तव्या जारी गर्दै सबैमा सो कुराको जानकारी गराउनु भएको हो । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
“हाम्रो पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्यहरु भीम चापागाई र बालकृष्ण ओली तथा केन्द्रीय समिति सदस्यहरु सूर्य तिमल्सेना, शिव धिमाल र सूर्य भूजेलले विरोधी पार्टीहरुसित अनधिकृत भेटघाट गरेको र पार्टीविरोधी, अनुशासनहीन तथा फुटपरस्त गतिविधिमा लागेको कुरा पुष्टी हुन आएकोले उहाँहरुलाई पार्टी सदस्यतासहित पार्टी, मोर्चा तथा विभागका सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस–वक्तव्य जारी गरिएको छ । ”

