काठमाण्डौ । क्रान्तिकारी पे्रस संगठन नेपालका संयोजक नारायण पंगेनीले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले उठाएको झण्डा रगत ,पसिना र बलिदासँग गाँसिएको प्रतिबद्धता भएको बताउनु भएको छ ।क्रन्तिकारी कम्युनिष्ट पार्टी नेपालमा रहनुभएका केही सदस्यहरुले पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदा आफ्नो आफ्नो पनि नाम राखेकोमा आपत्ति जनाउँदै वहाँले सो कुरा बताउनु भएको हो । वहाँले मिति २०८२ माघ १४ गते एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कुनै चुनावी पसल, सत्ताको भ¥याङ वा अवसरवादको शरणस्थल नभएको भन्दै यो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवादको क्रान्तिकारी दर्शन, विचार र सिद्धान्तबाट पोलिएको ऐतिहासिक भट्टी भएको पनि उल्लेख गर्नु भएको छ । वहाँले एकताको नाममा आफ्नो नाम पनि राखेकोमा यो कुनै व्यक्तिगत आक्रमण नभइ क्रान्तिकारी आन्दोलनमाथिको आक्रमण भएको बताउँदै यस किसिमको संशोधनवादी हर्कत, वैचारिक गद्दारी र चरित्रहीन आक्रमणको तीव्र भत्र्सना र घोर निन्दा गर्नु भएको छ ।
प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ ः “क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कुनै चुनावी पसल, सत्ताको भ¥याङ वा अवसरवादको शरणस्थल होइन । यो माक्र्सवाद–लेनिनवाद–माओवादको क्रान्तिकारी दर्शन, विचार र सिद्धान्तबाट पोलिएको ऐतिहासिक भट्टी हो । तर आज केही व्यक्तिहरू वर्गसंघर्षको बाटो त्यागेर दक्षिणपन्थी संशोधनवादको दलदलमा हामफाल्दै वैचारिक रूपमा नांगिँदै गएका छन् ।अझ गम्भीर कुरा त के छ भने ‘केही सिद्धान्तहीन, चरित्रहीन र अवसरवादी तत्वहरू एक दिनका लागि खेताला खोजेजस्तै गरी हाम्रो नाम भजाएर प्रचण्ड–माधवको पार्टीबाट संसदीय दलदलमा डुबुल्की मार्दैछन् । उनीहरूकै पतन र विचलनलाई ढाल बनाएर मेरो वैचारिक आस्था, राजनीतिक निष्ठा र क्रान्तिकारी प्रतिबद्धतामाथि आक्रमण गर्ने दुस्साहस गरिएको छ । यो केवल व्यक्तिगत आक्रमण होइन, यो स्वयं क्रान्तिकारी आन्दोलनमाथिको प्रहार हो ।यस किसिमको संशोधनवादी हर्कत, वैचारिक गद्दारी र चरित्रहीन आक्रमणको म तीव्र भत्र्सना र घोर निन्दा गर्दछु ।म पूर्ण जिम्मेवारीका साथ पुनः स्पष्ट रूपमा घोषणा गर्दछु,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उठाएको सशस्त्र विद्रोहको झन्डासँग मेरो सम्बन्ध कुनै पद, हैसियत वा सुविधामा आधारित होइन, यो रगत, पसिना र बलिदानसँग गाँसिएको प्रतिबद्धता हो । पद, प्रतिष्ठा र अर्थोपार्जनका लागि पार्टीको नाम भजाएर हिँड्ने तपाइँहरुको जस्तो स्वभाव, हिजो पनि थिएन र, आज पनि छैन । यस विषयमा कसैले पनि भ्रम पाल्ने छुट छैन । क्रान्तिकारीहरू पतन हुँदैनन्, उनीहरू या त लड्छन्, या त सहिद हुन्छन् ।
क्रान्तिकारी अभिवादनसहित
नारायण पंगेनी
संयोजकः क्रान्तिकारी प्रेस संगठन ”

