क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ नं. व्यूरो सेक्रेटरी प्रकाश उर्जाको वक्तव्य

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ नं. व्यूरो सेक्रेटरी प्रकाश उर्जाले २०८२ माघ २२ गते एक वक्तव्य प्रकाशित गर्दै हिजो माघ २१ मा प्रहरीद्वारा सुर्खेतबाट गिरफ्तार नेताहरुको रिहाईको माग गर्नु भएको छ । सुर्खेतमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यहरू कर्ण वि.सि.तथा रत्न ओली, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यहरू डेविड परियार र श्याम कुँवर, नेपाल कम्युनिस्ट पार्टी बहुमतका जिल्ला सचिव राज पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित