साम्राज्यवादी आतंक र नेपालको निर्वाचन ?

नारायण प्रसाद भण्डारी
विश्वका दर्जनौ देशहरु माथि साम्राज्यावादले नयाँ नयाँ तरिका बाट हस्तक्षेप आतंक एवम् घेरावन्दीको जालमा पारेर देशको मूल्य मान्यता राष्ट्रिय छवि माथि नै हमला गर्दै आफना साम्राज्यवादी हैकम चलाइ रहेको छ । साम्राज्यवादका नयाँ रणनीति भनेको कमजोर, गरिब देशहरुलाई विभिन्न प्रकारका सहयोगको प्रलोभन देखाएर फसाएको छ । ती आफ्नो कब्जामा लिने, दायाँ बायाँ हलचल गर्न नदिने र कमजोर बनाएर आफनो इशारामा मात्र भरपर्ने होस । कुनै दल पार्टीको स्पस्ट बहुमत नभएको आवश्यकतामा बन्ने चाहेर ढल्ने हुने गरेको छ ।सधै तरलताको अवस्थामा टाउँको एउँटाको बैशाखी खुटटा अर्काको त्यस्तो प्रकारको मिलेरावादीसँग नमिली सरकार नै नबन्ने स्थिति बनेको छ । अर्काको निर्देशनमा चल्ने कठपुतली सरकार निर्माण गराइदिएर देशका भू –भागहरु विभिन्न रुपमा सर्वप्रथम सानो टुकडी कुनै प्रावधानको बहानामा माग्ने दियो भने खेलौना बनाएर आफनो इसारामा नचाइ रहन, यदि मानेन भने जर्बजस्त भए पनि कब्जा गर्ने कब्जा गर्ने वातावरण पनि मिलेन भने कर थुर्पाने ,सहयोग रोक्कागर्ने नाकाहरु बन्द गर्ने सताउँने गर्दछन् । त्यसरी पनि आत्म सर्मपण गरेन भने विभिन्न रुपमा हमला आतंक मच्चाएर छिमेकी देशहरुसँग द्वन्द्वमा उतार्ने ,त्यँहाका जनता भूमि छोडेर अन्यत्र जान बाध्य बनाउँने, युक्रेन, प्यालेस्टाइन, हमास, इराक, इरान, भेनेजुएला, सिरीया लगायतका देशहरुको अहिले जस्तो प्रकारको हालत छ । त्यही अवस्था नै साम्राज्यवादीको आतंक हो । हाल एक वर्ष यता बंगलादेश र नेपालमा एउटा नयाँ खाले विद्रोह देखियो । यो विद्रोह बगलादेश र नेपालको भिन्न प्रकारको हो तर मुख्य पात्र योजनाकार साम्राज्यवादनै हो । भरखरै का ताजा घटना नेपालमा एकखाले कल्पना भन्दा केही फरक प्रकारको घटना हुन पुग्यो । उक्त घटना नेपालको हकमा कम्युनिस्ट भन्नेहरु त वर्षाका च्याउँ जस्तै उम्रेकै थिए तर अहिले त नेपाली काँग्रेस पनि फुट्यो । काँग्रेस फुटेको होइन फुटाइएको हो ।यसै गरी ठूला शक्ति भएका संघ सस्थाहरुमा फुट दरार ल्याएर शक्ति छिन्न भिन्न पारेर एक्लाउनी । शक्तिहीन बनाएर त्यसको औचित्य नै धरापमा पार्ने लगायतका घटना विश्वमै अत्यधिक तीव्र पार्दै अगाडि बढाइएको छ ।यसरी आतंक मच्चाउँने दलाल मध्यको ठूलो साम्राज्यवादी धनाढ्य हरेक पक्षमा बलियो कहलाउँने सामुिन्द्रक राजा भनेको अमेरिका हो । विश्वभर आतंक मच्चाँउनेको योजनाकार त्यँहाको राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् ।अहिले अमेरिकाले (मत्श्यन्याय)को उत्कर्षमा पुगेर आफना हर्कतहरु नांगंो रुपमा आफु भन्दा कमजोर मुलुक हरु माथि आफना घमण्डका पोकाहरु खोल्स्याइ रहेको छ । उसको भनाइ बाट पुष्टि हुन्छ कि आफना विपरितहरु माथि जर्बजस्त तरिकाले सताउँने, लडाउँने, भिडाउँने देशै कब्जा गर्ने ,अपहरण गरेर समाप्त पार्ने लगायतका हर्कत हरु गरेर दुःख दिन बाध्य बनाएर झुकाउँने, कनिका छरेर विस्कुन हताउँने जस्ता अमानवीय व्यवहार गर्ने नमिठाखाले भनाइ जसले हाम्रो विरोध गर्छ । हाम्रो योजना असफल पार्न पट्टि लाग्छ त्यस्ता हरु लाई द्वयसपूर्ण तरिकाको ब्यवहार गनर्,े दिएको सहयोग फिर्ता गर्ने । आफनो देशमा पहिले देखि नै बसोबास गर्दै त्यँहाको कानुन बमोजिम प्रमाण पुराइ बसेका आप्रावासीहरु पर्नि िर्फता गराउने, भिसा रोक्ने, अनेक प्रकारका अमानवीय शैलीका कामहरु गरिरहेको छ । आफना दुश्मन माथि दिनमा जे गरे पनि रातमा आफनो बेड विस्तारामा आराम गरिरहेको एउटा देशको जिम्मेवार व्यक्तित्व राष्ट्रप्रमुख भेनेजुएलाका राष्ट्रपतिको परिवार सहितको जोडी माथि निन्दनीय अमानवीय पशु सरहको कुनियत खाले हर्कत गरेको छ । यस्तै गरेर विश्वका कैयन देशहरुमा हमला आतंक को निरन्तरता रही रहने छ ।
अब नेपालको निर्वाचनको बारेमा केही चर्चा गरौं ।
नेपालमा नेपाली जनताले आफनो देशकोलागि स्वतन्त्रता र स्वाधिनताको पक्षमा युवा शक्ति विदेश पलायन हुन बाट रोक्नको लागि र विदेशी हस्तक्षेपबाट देशलाई बचाउँनका लागि हाम्रा वीर सहीद हरु धर्मभक्त, गंगालाल, दशरथ र शुक्रराज ले हाँसी हाँसी आफनो अमूल्य जीवनको बलिदानी गरे तर झुकेनन्। त्यो एउटै कारण थियो राणाशासनको अन्त्य गरी जनताको शासन प्रजातन्त्र स्वतन्त्रता देशमा शुसासन लागि थियो । ती वीरहरुको शाहस तिनका माता पिताको त्याग इतिहासमा सुनौला अक्षरले सधा सधाका लागि नेपाल नेपालीको मन मुटुमा सजिएर बसेको छ । सहीदले देखाएको मार्गमा भने देश जान सकेन यस्ता विरहरुको बलिदानी हिसाब गरी साध्य छैन पटक पटकको आन्दोलन संर्घष जनयुद्धले व्यवस्था बदल्यो तर अवस्था बदल्न सकेन ।
नेपालको इतिहासमा नेपाली जनताले आशा अपेक्षा भरोसा विश्वास गरेर १० वर्षे जनयुद्धमा सबै त्यागेर युद्धमा लामबद्ध भए । आखिर सफल पनि भयो राजतन्त्रको अन्त्य भयो ।गणतन्त्र आयो। युद्धका भट्टिबाट खारिएर आएका राता मान्छे भन्ने हरुलाइ सत्तामा पनि बहुमत ठूलो दल हुने गरी काम गर्न कुनै प्रकारको बाधा अटचन नपर्ने गरी जनताले पठाए तर भन्न पनि लाज लाग्दो बन्यो यति धेरै भ्रष्टाचार अराजकता विदेशी दलाल विचौलिया साम्राज्यवादीको रजाँइ र पश्चिमाहरुको क्रिडाभूमि कर्मचारीतन्त्रको हावित्व महंगी कमिसन मानव तस्करी जल जगंल जमिन माथिको विदेशी हस्तक्षेप एउटा पार्टी फुटेर दर्जन भन्दा बढि बनेर देश हरिकगांल बनेको कालो इतिहास सायद २०६३ देखि हाल सम्म कहिल्यै भएन होला ?
यी र यस्तै कारणले सही नसक्नु भए पछि गत २०८२,भाद्र २३र २४को जेनजी समूहले उठाएका सवालहरु पनि देश र जनताका थिए । त्यो विद्रोह देश र जनताको पक्षमा थियो तर दलाल पश्चिमा साम्राज्यवाद, (र),विचौलिया एनजीओ, आइएनजीओ, भ्रष्टाचारी ,हत्यारा, लुटाहा सबै मिलेर देश खरानी बनाए । जेनजीको आन्दोलन माथि कुठराघात भयो । जेनजी लाई प्रयोग उपयोग गराएर साम्राज्यवादले आफनो कठपुतली सरकार बनाएर चुनावको रोइलो तर्फ मोडिदियो । आफना मतियार एजेण्ट दलाल भक्तजनको लागि नेपालका ठूला पार्टीहरुको अस्तित्व मेटने गरी टुट ,फुट, गुट, उपगुटमा गोलमोटल बनाएर आफना भक्तजनहरुको कठपूतली बनाएर नेपाल माथि रजाँइ गर्ने योजनाका साथ २०८४को नियमित र्निवाचन लाई ०८२ मै अघि सारेका छन । त्यसमा पनि पुराना दलाल भ्रष्टाचारीको ठूलो हातो नालो छ । वास्तवमा यो फाल्गुण २१मा हुने निर्वाचन भनेको नत जनताको हो ,नत देशको निकाश हा,े नत सबै दलहरुको एकमतमा छ ,रहर, बाध्यता, विदेशीको मास्टर पलानको मिश्रितमा यो निर्वाचन हुने तरखरमा छ ।
अन्तमा अहिले देश भयावह अवस्थामा छ । जेनजी विद्रोहको समयमा लुटिएका सरकारी हतियार, त्यही समयमा फरार कैदिबन्दी हाल सम्म अज्ञात छन् । यदि ती २ थरीको मिलन भयो भने त्यो भन्दा ठूलो चुनौती जनता एवम् राज्य दुवैको लागि अन्य हुने छैन । निर्वाचन जसरी सरकारले शान्ति पूर्ण हुन्ोछ भनेर आस्वस्थ बनाइएको छ । त्यसरी सफल हुन सक्ने छैन । अर्को तर्फ नेपालको निर्वाचन जनताको स्वतन्त्र स्वेच्छा बाट असल इमान्दार जनता प्रति बफादार कर्तवयनिष्ट मान्छेले जित्नै सक्दैन । जित्ने भनेको साम्राज्यवादी एनजीओ आइएनजीओका दलाल ,मतियारहरुको साम, दाम, दण्डभेद र रक्सी ,मासु, झुटा आश्वासन,भ्रम त्रासको बल प्रयोग जसले गर्न सक्छ त्यसकै हुने हो । साधारण इमान्दार मान्छेले यदि जित्ने अवस्था आयो । मतियारहरुले हार्ने वातावरण देखियो भने कित उमेदवार नै गायब हुन्छ कित बुदको निर्वाचन नै स्थिगित हुन्छ । कित बुदै कब्जा हुन्छ ।अहिले सम्मको रोग यही थियो र वास्तविक पनि यही हो ।निचोडमा भन्नु पर्दा अहिलेको संविधान यथास्थितिवादी संसदीय व्यवस्था जेनजीको नाममा भएको राज्यका निकै महत्वपूर्ण कृतिम प्राकृतिक सम्पदा को क्षति साम्राज्यवादको चाहनामा हुन थालेको निर्वाचन बाट नत भ्रष्टचारको अन्त्य हुनेछ नत सुशासन आउँने छ नत देशले निकास जेनजीका माग जनताका समस्या बेरोजगारी, सहीद असक्त, घाइते बेपत्ता परिवारका पीडा सहिदका सपना कुनै केही पूरा हुने छैनन । देश पुनःद्वन्द्वमा फस्ने छ ।साम्राज्यवादको रजाँइ आतंक युद्ध भूमिको चपेटामा फस्ने बाहेक अरु हुने छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित