सुशीला कार्की नेतृत्वको सरकारको दमन र धरपकडको कडा शब्दमा निन्दा

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले सुशीला कार्की नेतृत्वको सरकारले पछिल्लो समय चुनाव बहिस्कार गर्ने निर्णय गरेका राजनीतिक दलका नेताहरुमाथि दमन र धरपकड गरेकोमा कडा शब्दमा निन्दा गरेको छ । पार्टीका संयोजक लोक नारायण सुवेदीले २०८२ फागुन ७ गते एक प्रेस वक्तव्य जारी गर्दै सो निन्दा गर्नु भएको हो । नेताहरु धर्मेन्द्र वास्तोला र ऋषि कट्टेललाई विना कारण प्रहरीले गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै शान्तिपूर्ण विरोध जुलुश तथा सभा गर्न पाउने मौलिक अधिकारलाई सरकारले कुल्चिएको बताउँदै तत्काल रिहाइ र धरपकड रोक्न माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ
संविधान विपरीत बनेको वर्तमान सुशिला कार्की नेतृत्वको सरकारले नेपाली जनताले दशकौंसम्म लडेर ठूलो त्याग, तपस्या र बलिदानपछि प्राप्त र संबिधान प्रदत्त असहमति जनाउन पाउने, विचार अभिव्यक्त गर्न पाउने र शान्तिपूर्ण विरोध जुलुश तथा सभा गर्न पाउने मौलिक र आधारभूत हक अधिकारलाई कुल्चदै देशमा जुन दमन र धरपकड चलाउँन थालेको छ त्यसको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र भत्र्सना गर्दछ र गैर संवैधानिक र गैर कानुनी धरपकड तुरुन्त रोक्न र धरपकड बन्द गर्न तथा पक्राउ परेका नेकपा(बहुमत)का नेता धर्मेन्द्र बास्तोला, अर्का नेता ऋषि कट्टेल लगायत सबै नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछ ।
देशमा विकसित घोर अन्यौल, सन्देहास्पद र अनिश्चितताको अविश्वसनीय र अनुपयुक्त वातावरणमा राष्ट्रिय सर्वसहमति नखोजी र स्वाधीन अन्तरिम सरकार गठन नगरी र यसरी अनुकूल तथा सुरक्षित वातावरण सिर्जना नगरी घोषणा गरिएको निर्वाचनप्रति मत मतान्तर हुनु र विरोध जनाइनु स्वभाविक भएको र त्यसकै निहुँमा दमन र धरपकप गर्ने कृत्य असंवैधानिक, गैर कानुनी र निन्दनीय छ भन्ने नेपाल कम्युनिष्ट पार्टी औंल्याउँदछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित