अर्घाखाँचीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्वाचन बहिस्कार अभियान तीव्र

अर्घाखाँची । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले फागुन २१ गतेको निर्वाचन बहिस्कारको कार्यक्रमलाई तीव्र बनाएको छ । यसै अन्तर्गत सन्धिखर्क नगरपालिका, मालरानी गाउँपालिका , भूमिकास्थान नगरपालिकाका र छत्रदेव गाउँपालिकाका विभिन्न स्थानहरुमा फागुन २१ मा हुन गइरहेको संसदीय निर्वाचन बहिष्कार प्रचारप्रसार घरदैलो र जन भेटघाट ,कालो व्यानर राख्ने कार्यक्रम  सम्पन्न भएका छन्। अमेरिकी साम्राज्यवादले विश्वमा दादागिरी मच्चाइरहेको अवस्थामा नेपालमा पनि भदौ २३ र २४ गतेको जेन्जीआन्दोलनलाई हाइज्याक गरेर आफ्नो साम्राज्यवादी नीति अनुसारको सुशीला कार्कीको नेतृत्वमा कठपुतली सरकार गठन गरी संसदीय चुनावको नाटक गरेर आफ्ना एजेन्टहरू तयार पार्ने चुनाव भएको हुँदा यसको बहिस्कार गर्न जनतासँग अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले निर्वाचन बहिस्कार गर्नको कारणहरु पनि जनताको बीचमा प्रष्ट पारेको छ । पार्टीले निर्वाचन बहिस्कार गर्नपर्नाको कारणहरु निम्न रहेको जनाएको छ । देशभक्त वामपन्थी प्रगतिशील शक्तिहरूबीच राष्ट्रिय राजनीतिक सम्मेलन गरी संयुक्त सरकार गठन गर्न , संयुक्त स्वाधीन सरकार गठन गर्न ,साम्राज्यवादी उत्पीडन हस्तक्षेप र षड्यन्त्रको अन्त्य गरी राष्ट्रियता जनतन्त्र जनजीविकाको रक्षा गर्न , भ्रष्टाचार महङ्गी र कालोबजारीको अन्त्य गरी स्वास्थ्य शिक्षा र यातायात निःशुल्क गर्न, उद्योगधन्दा र कलकारखाना स्थापना गरी रोजगारीको सुनिश्चितता गर्न , दलाल पुँजीवादी राज्य सत्ता खारेज गरी वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्न , स्वास्थ्य शिक्षामा भएको निजीकरणको अन्त्य गर्न , भ्रष्ट नेताहरूले विदेशी बैंकमा जम्मा गरेको पैसा फिर्ता गर्न ,बैंक वित्तीय संस्था र मिटर ब्याजीहरूले हडपेको सम्पत्ति फिर्ता गर्न , भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन छानबिनको लागि बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नको लागि दबाब दिन , गिरफ्तार बेकसुर नेताहरूलाई रिहाई गर्न निर्वाचनलाई नेपाली जनताले बहिष्कार गरेर देशभक्त वामपन्थी र प्रगतिशील शक्तिहरूको बीचमा राजनीतिक सम्मेलन गरी देशलाई निकास दिन पार्टीले आह्वान गर्दै कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन बहिस्कार अभियान पालिकास्तरीय समितिहरूको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको , केन्द्र, ब्युरो जिल्ला, पालिका र वार्डसम्मका नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको जिल्ला पार्टीले जनाएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित