भक्तपुरमा निर्वाचन बहिस्कारको माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीको पुत्ला दहन कार्यक्रम सम्पन्न

भक्तपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भक्तपुरको आयोजनामा सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनको बहिस्कारको माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीको पुत्दा दहन कार्यक्रम सम्पन्न भएको छ ।२०८२ फागुन १७ गते सूर्यविनायक नगरपालिका वडा नं ३ र ४ को सीमाना दधिकोटस्थित काठमाण्डौ स्कूल अफ ल नजिकै पुत्ला दहन कार्यक्रम सम्पन्न भएको हो । पुत्ला दहन कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिन्दावाद ,कठपुतली सुशीला कार्की सरकार मूर्दावाद , संयुक्त संघर्ष समिति जिन्दावाद , फागुन २१ को निर्वाचन बहिस्कार गरौं , स्वाधिन संयुक्त सरकार गठन गरौं भन्दै नाराहरु लगाइएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित