–महादीप पोखरेल, राजनीतिक बिश्लेषक
मैले भनेकै थिएँ : फागुन २१ को चुनाव कांग्रेस ,एमाले ,माओवादी सबैको निम्ति एम्बुस हो। विशेषत :वामपन्थी भनिने पार्टीहरुका निम्ति एम्बुस हो ।
परिणाम औचित्यहिन निर्वाचन । पुराना पार्टीहरुको बिधिवत अन्त्य भएर नयाँ बिष रुपी जेलेनस्की उदयको ग्रान्ड डिजाइन कार्यान्वयन हुँदैछ । एसएसपी सम्झौता तर्फ देश जाँदैछ । पहिल्यै म्याच फिक्सिङ गरिए जस्तो चुनावमा मतदान गरेर देशलाई युक्रेन,सिक्किम बनाउनको निम्ति सहभागिता जनाएका कांग्रेस ,एमाले ,माओवादी ,राप्रपा र अन्य दलहरुको नालायकी जति भत्सर्ना गरे पनि कम हुन्छ। तिनीहरूले यो चुनाव बहिष्कार गर्न सक्नुपर्थ्यो।यो तिमीहरूको निम्ति एम्बुस हुन्छ त मैले भनेकै थिएँ।जनताले पनि आफ्नै हातले मत दिएर जिताएका खराब शक्तिहरुको कहर भोग्नुको विकल्प छैन, यो सबैले भोग्नैपर्छ। तावामा छट्पटारहेका जनता अब भुङ्रोमा परेका छन,उनीहरुले केही समय पछि बुझ्लान ,चेत्लान भनेर आशा गर्न सकिन्छ।
अनेकौं गाली,धम्कीको बावजुद पनि सामाजिक संजाल ,राष्ट्रिय मिडिया ,लेखहरुद्वारा बास्तबिकता उजागर गर्न गरेको प्रयास प्रति गौरवान्वित छु।कांग्रेस ,एमाले ,माओवादी ,राप्रपाहरूको बिजोग त हुनु नै थियो,उनीहरूले बिगतमा गरेको गल्ती र कमजोरीको सजाय अबश्य पाउनै पर्थ्यो।तर यो किसिमको बिजोग ,यस्तो दुर्दशा त मैले पनि चाहेको थिइन । मेरो अर्थ यो हो कि ,उनीहरूलाई देशभक्त ,क्रान्तिकारी शक्तिहरुले सिध्याउन आबश्यक थियो।तर तिनीहरू आफुभन्दा योग्य र स्मार्ट नयाँ दलालबाट पेलिएर रसातलमा पुग्ने भए ,बिगतको नालायकी सम्झदा तिनीहरूलाई सहानुभूति पनि दिन मन लागेन। उदाएका नयाँ भन्नेहरुलाई चाहिँ देशलाई युक्रेनीकरण र सिक्किमीकरण तर्फ लैजान पाउदैनौ भनी खबरदारी जारी रहन्छ।


