अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको उपलक्ष्यमा सम्पूर्ण महिलाहरुमा शुभकामना

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको उपलक्ष्यमा सम्पूर्ण महिलाहरुमा शुभकामना
व्यक्त गरेको छ । पार्टीका संयोजक लोकनारायण सुवेदीले ८ मार्च २०२६ (२४ फागुन २०८२)गते विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गर्नु भएको हो ।वक्तव्यको पूर्ण पाठ यसप्रकार छ । –

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संगठितरुपमा बिश्वमा मनाउन आरम्भ गरेको ११६औं बर्ष लागेको आजको यस महत्वपूर्ण ऐतिहासिक अबसरमा नेपाल कम्युनिष्ट पार्टी बिश्वभरीका सम्पूर्ण महिलाहरु र बिशेषगरी श्रमजीवी महिलाहरुकासाथै सम्पूर्ण नेपाली महिला दिदी बहिनीहरुमा बर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्य तथा अग्रगामी राजनीतिक, आर्थिक, सामाजिक एबं साँस्कृतिक अधिकार प्राप्ति र तिनको सुनिश्चितताको निम्ति संघर्षशील रहन हार्दिक आह्वान गर्दै तपाई सम्पूर्ण संघर्षशील क्रान्तिकारी महिलाहरुमा न्यानो अभिबादनकासाथ हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
यस अबसरमा बिश्व समाजबादी आन्दोलनका अग्रदूत समाजबादी महिलाहरु खासगरी क्लारा जेटकिन, रोजा लक्जेबर्ग, नाजेझ्दा क्रुप्सकाया, अलेक्जेण्ड्रा कोलोन्ताई र इनेशा आर्मण्ड जस्ता बिश्व प्रसिद्ध अग्रज क्रान्तिकारी महिलाहरुप्रति नेपाल कम्युनिष्ट पार्टी हार्दिक स्मरण र उच्च सम्मान प्रकट गर्न चाहन्छ ।
यसका साथै नेपालमा अहिलेसम्म भएका बाम–लोकतान्त्रिक आन्दोलनहरुमा शहादत प्राप्त गर्ने सबै सबै महिलाहरु, बर्गीय शोषण र सामाजिक उत्पीडनका बिरुद्ध सचेत संगठित र संघर्षशीलरुपमा डटिरहेका नेपाली महिला दिदी बहिनीहरुमा ८ मार्चको यस ऐतिहासिक अबसरमा बिशेष उच्च सम्मानका साथ नेपाल कम्युनिष्ट पार्टी स्मरण गर्न र हार्दिक सम्मान प्रकट गर्न चाहन्छ ।
यस अबसरमा आज बिश्वमा साम्राज्यबादले थोपरिरहेका सबै खाले अन्यायपूर्ण युद्धको बिरुद्ध खडा हुँदै आएको यो अन्तर्राष्ट्रिय महिला आन्दोलन अझ सशक्तरुपमा एकताबद्ध भएर यस्ता अबाञ्छित युद्ध, आणबिक, परमाणबिक,रासायनिक तथा जैबिक सबै प्रकारका घातक शस्त्रास्त्रको होडबाजी तथा हत्याहिंसा एबं बेरोजगारी, असमानता,अभाव, भ्रष्टाचार, महँगी, अशिक्षा अन्धबिश्वास, कुरीति र असुरक्षा जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझा समस्या बिरुद्ध एकजुट भएर अघि बढ्न नेपाल कम्युनिष्ट पार्टी बिशेष आग्रह गर्दछ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस – आठ मार्च जिन्दाबाद ! संसारका समपूर्ण श्रमजीवी जनता ाए जुट होऔं !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित