सुशिला आचार्य
दाङ । दाङमा ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । क्रान्तिकारी महिला संगठन नेपाल, दाङ जिल्ला कमिटीको आयोजनामा २०८२ फागुन २४ गते अर्थात ८ मार्चको दिन ‘समता र मुक्तिको लागी जनगणतन्त्रको निम्ति सङ्घर्ष गरौं ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं ।’ भन्ने मूल नाराका साथ घोराहीमा श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटब्युरो सदस्य समिरको प्रमुख अतिथ्यता रहेको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समिरले समान काममा समान ज्यालाको आन्दोलनले अझै सार्थकता नपाएको बताउनुभयो । उहाँले जनयुद्धको वेला होस् वा जनआन्दोलमा सहादत प्राप्त गर्ने शहिदहरूलाई सम्झदै अझै नेपाली महिलाहरूको आन्दोलन कमजोर बनाउन खोज्नेहरू विरुद्ध सम्पूर्ण देशभक्त देशप्रेमी महिलाहरू एकजुट हुनुपर्छ भन्नु भयो ।
कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज हुकुम, दिपक र समिक्षा लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता दुर्गा खड्काले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन धनमायाले गर्नु भएको थियो ।

