निर्वाचन परिणाम घोषणा देश गम्भीर संकटमा फस्ने आशंका

काठमाडौं । फागुन २१ गते पूर्व घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । राष्ट्रिय संकट समाधान गर्नका लागि प्रतिनिधिसभा विघटन गरेर नयाँ प्रतिनिधिसभा गठनका लागि निर्वाचन गरिएको थियो । विभिन्न राजनीतिक दलहरुको बहिष्कार, जनताको तीव्र असन्तुष्टिका बीचबाट चुनाव सम्पन्न भएको छ तर यस चुनावले पनि देशको निकास दिन सम्भव छैन भनेर आम जनतामा आशंका व्याप्त रहेको पाइएको छ ।
निर्वाचनमा विजेता पार्टीको अवस्था, विदेशी शक्ति केन्द्रहरुको चलखेललाई हेर्दा देश अझ गम्भीर अप्ठ्यारो स्थितिमा फस्ने खतरा बढेर गएको आम रुपमा अडकल गरिंदैछ ।
नेपालको संविधानले १६५ जना निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रुपमा निर्वाचित हुने र ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुने गरी जम्मा २७५ जना सदस्य संख्या सहितको संसदको तल्लो सदन प्रतिनिधिसभाको व्यवस्था गरेको छ । यो समाचार तयार पार्दासम्म धनुषाको १ निर्वाचन क्षेत्रको मतगणना अदालतले रोकेको बाहेक १६४ क्षेत्रकै मत परिणाम सार्वजनिक भइसकेको छ ।
भाद्र २३ र २४ गतेको जेनजी विद्रोह पछि भाद्र २७ गते गठन भएको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले भाद्र २८ गतेका दिन फागुन २१ लाई आम निर्वाचनको मिति तोकेको थियो । निर्वाचन सम्पन्न भइसकेपछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा छन् । कुल मतदाता संख्या १ करोड ८० लाख रहे मध्ये ठूलो संख्या मतदातामा सहभागी भएन ।
प्रत्यक्ष तर्फको विजयी सिट संख्या यसप्रकार छ ः
राष्ट्रिय स्वतन्त्र पार्टी– १२५
नेपाली कांग्रेस– १८
नेकपा (एमाले) –९
नेपाली कम्युनिस्ट पार्टी –७
श्रम संस्कृति पार्टी –३
राष्ट्रिय प्रजातन्त्र पार्टी –१
स्वतन्त्र –१
समानुपातिक तर्फको मत परिणाम यसप्रकार छ ः
राष्ट्रिय स्वतन्त्र पार्टी –५०,३०,१६१ (४८.००%)
नेपाली कांग्रेस –१७,०२,४४६ (१६.२४ %)
नेकपा (एमाले) –१४,१७,८४३ (१३.५३ %)
नेपाली कम्युनिस्ट पार्टी–७,७३,७०१ (७.३८ %)
श्रम संस्कृति पार्टी –३,५९,२६४(३.४३ %)
राष्ट्रिय प्रजातन्त्र पार्टी–३,२६०८८ (३.११ %)
जसपा नेपाल–१,७२,९१७
राप्रपा– १,६६,६६९
जनमत–७७,८२६ लगायत ।
राष्ट्रिय स्वाधीन संयुक्त सरकारको माग राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा लगायतका पार्टीहरुले फागुन २१ को निर्वाचन बहिष्कार गरेका छन् ।
क्रान्तिकारी पार्टीहरुका देशभरी दर्जनौं नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तारगरी हिरासतमा राखेर यो चुनाव सम्पन्न गरिएको छ । क्रान्तिकारी पार्टीहरुले यस चुनावलाई “प्रतिक्रियावादी व्यवस्थामा आएको संकटलाई टार्ने नौटंकी” भनेका छन् ।
निर्वाचनका क्रममा दोलखाको ४ मा मतपेटिका लुटपाटको घटना भएको थियो । दार्चुला, बझाङ, दाङ र ओखलढुंगाका ६ वटा मतदान केन्द्रमा स्थानीय जनताले मतदान बहिष्कार गरेर व्यवस्था र सरकारप्रतिको असन्तुष्टि जाहेर गरेका थिए । यसपटक धेरै ठाउँमा जनताले बहिष्कार सम्पन्न गरेका छन् ।
अमेरिकी दूतावासको फेस बुक पेजमा लेखिएको छ , “निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।”
भारतीय दुताबास को फेस बुक पेजमा लेखिएको छ , “बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको नयाँ सरकार सँग कार्य गर्न तयार छ । मतगणना सुरु नहुँदै यस्तो प्रतिक्रियाको हतारो किन, के का लागि ?” अमेरिकाले ‘सुरक्षासम्बन्धि साझा लक्ष्य ’ मा सहकार्य गर्ने जुन भनाई राखिएको छ ।
अमेरिकाले नेपाललाई एसपीपी सम्झौता गराई आफनो साम्राज्यवादी स्वार्थमा नयाँ सरकारलाई हिंडाउन खोजेको अर्थमा विश्लेषकहरुले लिने गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित