जनताको समस्या पहिचान गरेर अगाडि बढ्नु पर्छ

मन बहादुर वली
–क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,तुल्सीपुर नगर समिति सचिव, दाङ

० तपाईँलाई निर्वाचन बहिष्कारका क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । कहिले कहाँबाट गिरफ्तार गरिएको थियो?
–हजुर ,उम्मेदवारी फिर्ता गर्नुस भनेर उम्मेदवारहरुलाई अनुरोध –चिठी बाडेको निहुमा फागुन १२ गत्ते मलाई तुल्सीपुर मेरो पसलबाट गिरफ्तार गरेको हो ।

०तपाईँलाई कुन ठाउँको हिरासतमा राखिएको थियो?
–डि. एस .पि .ले सोधपुछ गर्ने कुरा छ भनेर लिएर तुलसीपुर ईलाका प्रहरी हिरासतमा राखेको थियोे ।

०हिरासतमा रहँदा तपाईँप्रतिको प्रहरी प्रशासनको व्यवहार के कस्तो थियो?
–हिरासतमा प्रहरीको ब्यबहार खासै त्यति नराम्रो थिएन तर मलाई भेटन गएको बेला छोरासित अलि नराम्रो ब्यबहार गरेको थियो ।

०हिरासत अवधिभरि तपाईँको दिनचर्या कसरी बितेको थियो?
–हिरासतमा रहदासम्म दिनहरु एकदम कष्टकर ढंगले वित्यो । खाना दाल ,भात, तरकारी थियो । बिहानको खाना ९देखि १० बजे भित्रमा खुवाउथ्यो भने बेलुकाको खाना ५देखि६ बजे खुवाउथ्यो ।

 

०हिरासतमा राखिएका अन्य विभिन्न मुद्दामा आएका मानिसहरूसँग पनि भलाकुसारी गर्नुभयो होला। उनीहरूसितको सम्बन्ध सुनाइदिनु न ।
–बिभिन्न मुद्दामा आएका मानिसहरु सग केही कुरा भयो तर हिरासतमा खास गरी लुटपाट, चोरी डकैती वाला र भाङ ब्राउन, सुगरवाला हुन्थे , उनीहरुसँग खास त्यति कुरा भएन ।

०फागुन २१ गतेको निर्वाचन सम्पन्न पनि भइसक्यो र त्यसको परिणाम पनि आइसकेको छ। यो निर्वाचनलाई संक्षिप्तमा मूल्याङ्कन गर्नुपर्दा के भन्नुहुन्छ?
–फागुन २१ गतेको निर्वाचन त सम्पन्न भयो तर यसको कार्यकाल हेर्न बाकी छ र सँगसँगै यो निर्बाचनबाट जुन परिणाम आएको छ, त्यो खासगरी पुराना दलहरु प्रतिको जनताको दिगदारीपनाको परिणाम हो भन्ने लाग्छ ।

०क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरूले अबको दिनमा के कस्ता कार्यक्रमहरु बनाएर जानुपर्छ भन्ने बारेमा तपाईंको विचार के छ?

–अबका दिनमा क्रान्तिकारी पार्टीले ,नया अनुसन्धान गरेर जनताको भावनाको कदर गर्दै प्रत्यक्ष जनताको समस्याको  पहिचान गरेर अगाडि बढ्नु पर्छ,नत्र कसैको कल्याण हुने छैन ,देश अझ रोग, भोक र समस्याको रसातलमा भासिने सम्भावना छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित