अवैधानिक सरकारले गराएको निर्वाचन स्वत:अवैधानिक होे

ज्ञानुुराम पुरी , सचिवालय सदस्य ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल,जिल्ला समिति कपिलवस्तु

० तपाईलाई कहिले कहाँबाट गिरफ्तार गरिएको थियो ?
–फागुन ४ गते राती ९ः३० बजे घरमा सुतिरहेको अवस्थामा घरमा घेरा हाली गुण्डा शैलीमा पक्राउ गरिएको थियो ।

० तपाईलाई कुन ठाउँको हिरासतमा राखिएको थियो ?
– मलाई फागुन ४ गते राती देखि फागुन १७ गतेसम्म शिवराज नगर पालिकाको ५ नं वडा प्रहरी चौकीमा राखिएको थियो । फागुन १७ गते देखि २५ सम्म तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

० हिरासतमा रहँदा तपाईप्रतिको प्रहरी प्रशासनको व्यवहार कस्तो थियो ?
–प्रहरी इन्स्पेक्टरको व्यवहार राम्रो थिएन ।मानसिक यातना दिने । तिमीहरुको मन्छे कहाँ छन् भनेर मानसिक यातना दिने काम गरेको थियो ।

० हिरासत अवधिभरि तपाईको दिनचर्या कसरी चलेको थियो ?
–शिवपुरको वडा प्रहरी कार्यालय रहुन्जेल अध्ययनमै बित्यो । फागुन १७ गते जिल्ला प्रहरी कार्यालय तौलिहवा लगेपछि नियमित खानुपर्ने औषधि, दाँत माझ्ने टुथ पेस्ट, ब्रस पनि हिरासत भित्र लैजान दिएन । कडा निगरानीमा राख्यो ।

० हिरासतमा राखिएका अन्य विभिन्न मुद्दामा आएका मानिसहरुसँग पनि भलाकुसारी गर्नु भयो होला , उनीहरु सितको सम्बन्ध सुनाई दिनु न ।
–हिरासतमा रहेका अन्य मानिसहरु माथि प्रहरीद्वारा गरिएका अत्याचारका विरुद्धमा थुनुवाहरुलाई गोलबन्द गर्ने काम गरियो । राती प्रत्येक व्यक्तिलाई एक एक घण्टा डिउटी लगाएको थियो । त्यसलाई मैले सिधै इन्कार गरे । विस्तारै अरु बन्दीहरुबाट पनि विराध शुरु भयो । फागुन १७, गते देखि २३ गतेसम्म राती ११,१२ बजे उठाउन आउँथ्यो । मैले सिधै मलाई नउठानुहोस् भनेको थिएँ । अन्तिम रात २४ गते उठाउन आएन ।

० फागुन २१ गतेको निर्वाचन सम्पन्न पनि भइसक्यो ।यो निर्वाचनको मूल्यांकन कसरी गर्नु हुन्छ ?
–वास्तवमा यो सरकार अवैधानिक हो । यो सरकारले गराएको निर्वाचन पनि अवैधानिक हो । निर्वाचनको परिणामले खासै औचित्य राख्दैन । निर्वाचन पछि पनि जनताका जल्दाबल्दा समस्या समाधान हुँदैनन् ।

० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरुले आजको दिनमा के कस्ता कार्यक्रमहरु लिएर जानुपर्छ भन्ने बारेमा तपाईको विचार के छ ?
–क्रान्तिकारी पार्टीहरुले व्यक्तिगत वा पार्टीगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रियता र जनजीविकाको प्रश्न मुख्य मुद्दाको रुपमा अगाडि सार्नुपर्छ । हरेक पार्टी मित्र रहेका क्रान्तिकारी व्यक्ति वा समूहलाई गोलबन्द गर्ने काम गर्नु पर्छ ।

( २०८२ चैत्र १ गते हाँक साप्ताहिक /हाँक टुडेका लागि ज्ञानुराम पुरी सित पुरीकै घर (कपिलवस्तु जिल्ला, शिवपुर नगरपालिका,बेलौते चोक) मा हिमलाल वाग्लेले गर्नु भएको कुराकानी )

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित