काठमाण्डौ । विद्यार्थी संगठन प्रतिबन्धको निर्णय विरुद्ध संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा वैशाख १५ गते मार्चपास कार्यक्रम सम्पन्न गरेको छ । रास्वपाको सरकारले प्रशासन सुधारको सय बुँदे कार्यक्रमको ८६औं बुँदामा रहेको विश्वविद्यालयमा राजनैतिक दल निकट विद्यार्थी संगठन र स्ववियू प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो । सरकारको योजनाको विरोध गर्दै विद्यार्थीहरुले चरणबद्ध आन्दोलन जारी राखेका छन् । संयुक्त विद्यार्थी संगठनको आयोजनामा सम्पन्न भएको मार्चपास कार्यक्रम विश्वविद्यालयको घण्टीघरबाट शुरु भएर उपकुलपति कार्यालय पुगी सभामा परिणत भएको थियो ।सभामा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट प्रतिभा पौडेल, विश्वविद्यालयका स्ववियू सभापति दीपकराज जोशी ,रत्नराज्य क्याम्पसका स्ववियु सभापति ,नेपाल कमर्श क्याम्पस मीनभवनका स्ववियु सभापतिको सम्बोधन रहेको थियो । विद्यार्थी नेताहरुले सरकार तानाशही बन्न खोजेको भन्दै संविधानले प्रदान गरेको संघ संस्था खोल्न पाउने अधिकार माथि अंकुश लगाउन सरकारले नसक्ने बताउनु भयो । विद्यार्थीहरु अधिकार गुमेको हेरेर नबस्ने बताउनु भयो । त्यसको विरोधमा जस्तो सुकै प्रकारको आन्दोलन गर्न पनि तयार रहेको बताउँदै सरकारले ल्याएको विद्यार्थी संगठनमाथिको प्रतिबन्धको नीति तुरुन्त खारेज गर्न माग गर्नु भयो । कार्यक्रमको संचालन अखिल छैठौका अध्यक्ष सुवास जिसीको रहेको थियो ।
बढ्दो महंगी नियन्त्रण गर !शैक्षिक संस्थाहरुलाई व्यारेकीकरण गर्ने अभ्यास बन्द गर !विद्यार्थीलाई यातायातमा दिइँदै आएका ४५ प्रतिशत भाडा छुट कायम गर! विद्यार्थी संगठन माथि गर्न खोजिएको प्रतिबन्ध स्ववियू खारेज गर्ने निर्णय फिर्ता गर !विश्व विद्यालयमा प्रहर ीहोइन प्राध्यापक पठाऊ ,ओइ सरकार ओई ,विद्यँलय शिक्षा विधेयकखोई ? शिक्षालयमा हुने छात्रामाथिको हिंसा विरुद्ध एक बनौं , क्याम्पसहरु सुन पसल होइन !जस्ता नाराहरु लेखिएको ल्पेकार्डसहित मार्च पास गरिएको थियो ।






