अन्तक्र्रियात्मक प्रशिक्षण सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केन्द्रीय सदस्यका बीचमा चार स्थानमा अन्तक्र्रियात्मक प्रशिक्षण सम्पन्न गरेको छ ।
काठमाडौं ः
२०८३ वैशाख १९–२१ सम्म व्यूरो नं. ८,९ र १० को अन्तक्र्रियात्मक प्रशिक्षण काठमाडौंमा सम्पन्न भयो । वैशाख १९ गते उद्घाटन कार्यक्रमको अध्यक्षता महासचिव गौरवले गर्नुभएको थियो ।गौरवले संघर्षको नेतृत्व गर्न सक्ने क्षमतावान पार्टी बनाउन नेता, कार्यकर्ताको स्तर उठाउन यसप्रकारको कार्यक्रम आवश्यक भएको बताउनुभयो । उद्घाटन कार्यक्रमको संचालन राजवीरले गर्नुभएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा असीमले “तात्कालिक राजनीतिक परिस्थिति”, प्रतिकले “माक्र्सवाद र संशोधनवाद”, बसन्तले “संघर्षको कार्यक्रम”, राजवीरले “राष्ट्रिय एकता महाधिवेशनद्वारा पारित संगठनात्मक प्रस्ताव”, असिमले “विधान” बसन्तले “आर्थिक नियमावली”, राजवीरले जनवर्गीय संगठन, उत्पादन, आर्थिक सम्मेलन”, असिमले “किसान आन्दोलन” बारेमा विषय प्रस्तुत गर्नुभएको थियो । अन्त्यमा कार्यक्रमको अध्यक्षता असिम, संचालन प्रतिक र मन्तव्य सुरेस, सीपी, सिएम शर्मा, जि. पौडेल लगायतले राख्नुभएको थियो ।
सिराहाः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालीको केन्द्रीय समितिको आयोजनामा केन्द्रीय अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रम २०८३ वैशाख १४ गतेदेखि १६ गतेसम्म व्यूरो नं. १२, १३, १४,१५ र १६ नं. का कार्यरत केन्द्रीय सदस्यहरुको उपस्थितिमा सिराहाको गोलबजारमा सम्पन्न भयो । कार्यक्रममा क. राजवीर, क. प्रतिक , क. बसन्त,क. रमेश, क. संगम, क. महेश, क. गगन, क. विश्वास, क.पवन, क. विद्रोही, .क. पत्थर, क. जयराज, क. विमल, क.एस रोशन, क. सुनामी सहितको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम केन्द्रीय कार्यालय सचिव बसन्तको अध्यक्षतामा स्थायी समिति सदस्य प्रतिकको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा शहीदहरु प्रति एक मिनेट मौनधारण गरी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । यस कार्यक्रमको महत्व र आवश्यकता बारे असिम र राजवीरले मन्तव्य संक्षेपमा राख्नु भएको थियो । कार्यक्रमको पहिलो दिन राजवीर र असिमले जन अधार निर्माण र तत्कालिन राजनीतिक परिस्थितिबारे आ–आफ्नो नोट प्रस्तुत गरी सहजीकरण गर्नुभयो । उपरोक्त विषयमा उपस्थिति कमरेडहरुले आ–आफ्नो धारणा र सुझावहरु राख्नु भयो । त्यसमा उठेका विषयहरु माथि स्पष्टीकारण दिंदै राजवीर र असिमले अन्तक्र्रियाको कार्यक्रम सम्पन्न गरियो ।
बसन्तले (स्थायी समिति सदस्य) संघर्षको कार्यदिशाको नोटमा व्याख्या सहित सि.सि.एमहरुका बीचमा सहजीकरण गर्नुभयो । यसको बारेमा सहभागीहरुले विचार राख्नुभयो । त्यसमाथि आएका प्रश्नहरु र कतिपय जिज्ञासामाथि स्पष्ट पार्ने काम गर्नुभयो । त्यसपछि संगठनात्मक प्रस्तावबारे स्थायी समिति सदस्य क. राजवीरले नोट प्रस्तुत गर्दै सहजीकरण गर्नुभयो । त्यसमाथि उपस्थिति सहभागीहरुले छलफल÷बहस गर्दै आ–आफ्नो धारणा र जिज्ञासा राख्दै अन्तक्र्रिया संचालन भयो । त्यसबारे कतिपय विषय राजवीरले स्पष्ट पार्नुभयो । माक्र्सवाद र संशोधनवादको विषयमा स्थायी समिति सदस्य प्रतिकले नोट प्रस्तुत गरी सहजीकरण गर्नुभयो । त्यसमाथि सिसिएम÷ पिपिएमहरुले थप केही जिज्ञासा राख्नुभयो–त्यसमा प्रतिकले स्पष्ट पार्नुभयो । असिम (स्थायी समिति सदस्य) ले पार्टी विधानबारेको नोट व्याख्यात्मक ढंगबाट सहजीकरण गर्नुभयो । त्यसमा छलफल भैकसेपछि थप स्पष्ट पार्ने काम असीमबाट सम्पन्न गरियो । आर्थिक सम्मेलन र उत्पादनबारे राजवीरले सहजीकरण स्वरुप विषयवस्तु प्रस्तुत गर्नुभयो । त्यसबारे अन्तक्र्रियामा उपस्थित कमरेडहरुले आ–आफ्ना राय सुझाव र छलफल÷बहस सहित भाग लिनुभयो । त्यसबारे थप कुराहरु राखेर विषयवस्तु स्पष्ट पार्दै यस विषयको अन्तक्र्रियाको विट मार्नु भयो । आजको अन्तक्र्रिया समापन गरियो ।जिल्ला पार्टी अधिवेशन र भेलाबारे स्थायी समिति सदस्य प्रतिकले तयार पारेको रिपोर्टको बारेमा व्याख्या गर्दै सहजीकरण गर्नुभयो । यसबारे सबै कमरेडहरुले अन्तक्र्रियामा सहभागी हुनु भयो र यसमा उठेका कतिपय प्रश्नहरुबारे स्पष्ट पार्न प्रतिक पहल गर्नुभयो ।
इन्द्रमोहन सिग्देलले आर्थिक नियमावलीबारे विषय प्रस्तुत गर्नुभयो । त्यसबारे उपस्थित कमरेडहरुबाट छलफल अन्तक्र्रिया गरी आफ्नो आफ्नो धारणा प्रस्तुत गर्नुभयो । त्यसबारे थप स्पष्ट पार्ने काम क. इन्द्रमोहनले गर्नुभयो । यस विषयको अन्तक्र्रिया सम्पन्न गरियो । राजवीरले जनसंगठन निर्माणर विस्तारबारे आफूले तयार पारिएको नोटको व्याख्या गरी विषयवस्तुबारे सहजीकरण गर्नुभयो । त्यसपछि कमरेडहरुले अन्तक्र्रियामा सहभागी बन्नुभयो । त्यसमाथि उठेका प्रश्नहरु र कपितय सुझावहरुबारे स्पष्ट पार्दै संश्लेषण गर्नुभयो ।
स्थायी समिति सदस्य प्रतिकले संगठनात्मक नियमावलीको विषयवस्तुबारे व्याख्या सहित सहजीकरण गर्नुभयो । त्यसपछि अन्तक्र्रियामा सहभागी कमरेडहरुले आ–आफ्ना राय सुझावहरुसहित धारणाहरु प्रस्तुत गर्नुभयो । त्यसमाथि उठेका विभिन्न सुझाव र जिज्ञासाबारे प्रतिकले स्पष्ट पार्दै संस्लेषण गर्नुभयो । किसान भेला र अभियान बारेको विषयवस्तुबारेको नोट सन्तबहादुरले सहजीकरण गर्नुभयो । यसमा भएका विषयवस्तुहरुको अन्तक्र्रिया छलफलपछि त्यसलाई स्पष्ट गर्दै सन्तले संश्लेषण गर्नुभयो । समापन कार्यक्रको अध्यक्षता स्थायी समिति सदस्य क. राजवीरले गर्नुभयो । यस कार्यक्रमको संचालन सभालाई समिति सदस्य बसन्तले गर्नुभयो । केन्द्रीय समितिले राखेको अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रम वैशाख १४ गतेदेखि १६ गेतसम्म (३ दिन) सिराहाको गोलबजारको सैनिकचोकमा सम्पन्न गरिएको छ । अनुभूति तथा कार्यक्रमको बारेमा सुनामी, गगन, जयराज, रमेशले प्रशिक्षार्थी र अन्तक्र्रियाका सहभागीको हिसावले कार्यक्रम फलदायी भएको, नयाँ र उपलब्धीमूलक भएको भन्दै सफल भएको मन्तव्य राख्नुभयो । त्यसैगरी स्थायी समिति सदस्य प्रतिकले यसप्रकारको अन्तक्र्रियाले नेतृत्वले एकले अर्कोलाई बुझ्न, एकताको विकास गर्न, टिमबद्ध गर्न र आगामी चुनौतीको सामना गर्न थप जिम्मेवारी सुम्पेको र त्यो अवसर प्राप्त भएको विचार राख्दै पार्टीले दिएको जिम्मेवारीमा प्रतिबद्ध भै लाग्ने प्रण गर्नुभयो । अन्त्यमा कार्यक्रमका सभापति हाम्रा कमजोरी क्षमताको विकास गर्नुपर्ने, अझ धेरै मेहनत गर्नुपर्ने विषय राख्दै कार्यक्रम सफल भएको कुरा राख्नुभयो । यो केही हदसम्म फलदायी भएको कुरा राखेर अरु परिस्कृत गरेर आगामी दिन जाने प्रतिबद्धता व्यक्त गर्दै समापन गर्नुभयो ।
बा“के ः
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ४ वटा व्यूरोको प्रशिक्षण बाँकेमा सम्पन्न भएको छ । १,२,३ र ४ नम्बर ब्युरोको बिचारधारात्मक तथा अन्तरक्रियात्मक प्रशिक्षण २०८३ बैशाख १४ –१६ सम्म सम्पन्न भएको हो । केन्दीय सदयहरु सहभागी उक्त कार्यक्रममा कुमुद , सुदर्शन, पृतम र एस .टी. ले प्रशिक्षण दिनु भएको थियो ।
बुटवल ः
विश्व हिन्दु महासंघको हलमा वैशाख १९–२१ गतेसम्म ३ दिने अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम अध्यक्षता कुमुद, संचालन सुदर्शन र उद्घाटन एस.टी.ले गर्नुभएको थियो । पाँच नं. व्यूरो सेक्रेटरी सुबोधको स्वागत सहिदहरुप्रति एक मिनेट मौनधारण पछि स्थायी समिति सदस्य प्रितम, ६ नं. व्यूरो इन्चार्ज निश्चल, ७ नं. व्यूरो इन्चार्ज किशोर, ११ नं. व्यूरो इन्चार्ज अटलले मन्तव्य राख्नुभएको थियो । प्रितमले १, राजनीति परिस्थति र हाम्रो नीति, २) माक्र्सवाद र संशोधनवाद, सुदर्शनले १) जनआधार निर्माण, २ ) संघर्षको कार्यक्रम (३) जिल्ला पार्टी अधिवेशन, कुमुदले (१) संगठनात्मक प्रस्ताव (२) पार्टी विधान (३) संगठनात्मक नियमावली (४) संगठन निर्माण र विस्तार, एसटिले (१) आर्थिक नियमावली (२) किसान भेला र अभियान (३) आर्थिक सम्मेलन र उत्पादनका विषयमा प्रस्तुति दिनुभएको थियो ।
अन्त्यमा समापन कार्यक्रम भयो । समापन कार्यक्रमको अध्यक्षता एसटि, संचालन कुमुद र मन्तव्य ५ नं. व्यूरो इन्चार्ज अर्जुन, ६ नं. व्यूरो इन्चार्ज निश्चल, ७ नं. व्यूरोका सचिव दिपक र ११ नं. व्यूरोका सचिव अनुकूलले मन्तव्य राख्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित