सरकार सुकुम्बासीहरुमाथि किन दमन ?

–जेसी सिंजाली सुर्य थापा
आज सुकुम्बासीहरुको सारै विचल्ली भएको अवस्था संसार भरि रहेका नेपालीहरुले त देखे सुने तर सारा संसारमै दमनको चक्रपथ धेरैले बुझ्ने मौका पाए यस्तो परिस्थितिमा जनतालाई राहत दिनुको सट्टा उल्टै सास्ती दिने काम सरकारले गरेको छ ।
यस्तो अवस्थामा सच्चा क्रान्तिकारीहरुको एकता आजको आवश्यकता हो भन्ने आधारमा सबै न्यायका हकमा उठेका जनसागरलाई एक ढिक्का गर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आजको नितान्त आवश्यकता हो ।
यो जन आधार र जन शक्तिलाई बास विहीन , गाँस विहीन र कलम कापी विहीन अवस्थामा पु¥याएको छ । सरकारले राखेको भनेका होल्डिङ सेन्टरहरुमा स्वास्थ्यका आधारमा पनि कुनै सरोकार नगरी बन्दी जस्तै बनाएर राख्नु कस्तो मानवअधिकार हो ? यो प्रश्नचिह्न सबै निर्वाचितहरुको नजरले देखेको छ कि छैनन् ?
यहाँ हुकुमबासीको बहाना बनाएर सुकुम्बासीहरुको उठिवास लगाउनु कस्तो प्रकारको कार्यशैली हो यो सबैले बुझ्नुपर्ने अवस्था हो । यहाँ यतिमात्र भैरहेको छैनन् यहाँ पक्षेपात पनि भएको छ ,कुठाराघात पनि भएको छ ।
हिजो तिनै सुकुम्बासीहरुको भोटलाई आधार बनाएर चुनावी लहर फैलाउदै सदन सम्म पुग्ने काम भयो त्यो कार्य पूरा गर्न धेरै सुकुम्बासीहरुले सहयोग गर तर आज उनीहरु नै छाना विहीन भएका छन् । यस्तो परिस्थितिमा सबै चिजको छानबिन नगरी डोजर चलाउनुले सरकारको अराजकता कार्य शैलीलाई उज्यालो बनाएको छ यो पौने तिनको सरकारले दुःखी गरिबीको कुभलो गर्ने कार्यमा अग्रता देखाएको छ ।
यस्तो कार्य शैलीले जनता तर्साउने काम मात्र भएको छ उनीहरुको रोजगारी र जीवन शैली बारेमा चिन्ता गर्नुको साटो उठिबास लगाउनुले पौने तिनको सरकारका मनुष्यहरुको चुनावी भाषणको खिल्ली उडाएको छ ।
त्यसकारण निमुखा गरिब दुःखी जनता एकजुट हुनु नै यसखालका कार्य शैलीको प्रतिकार हुनेछ । त्यसकारण हामीहरुले खोजेको बाटो स्वाधीनतामा आधारित जन सरकारको छलाङ । त्यसैले गलत छ पौने तिनको सरकारले चालेको सुकुम्बासी बस्तीमा डोजर आतंक ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित