काठमाण्डौ । देशमा क्रियाशील तीन किसान संगठनहरुले मुलुकमा साम्प्रदायिक हत्या ,हिंसा फैलिन नदिन जोडदार माग गरेका छन् । सुनसरीको देवागञ्जस्थित कप्तानगञ्जमा भएको घटनाको विषयमा देशमा क्रियाशील तीन किसान संगठनहरुले वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन् । भैरवराज रेग्मी अध्यक्ष अखिल नेपाल किसान महासंघ,अध्यक्ष सीतारामा तामाङ क्रान्तिकारी किसा महासंघ, अखिल नेपाल प्रगतिशलि किसान संघका अध्यक्ष रामदुलार महतोले २०८३ साउन १५ गते संयुक्त रुपमा वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यमा षडयन्त्रमूलक साम्प्रदायिक हिंसा हत्या तुरुन्त रोक्न,
दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न र मृतक परिवारलाई यथेष्ठ क्षतिपूर्ति दिन माग गरिएको छ वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।–
“सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तागञ्जमा मेहेता परिवारका दुइ जना युवा ओमप्रकाश र जयप्रकाश महेता सिराहको गोलबजारमा अर्का एक युवा गणेश यादव समेत तनि तीन जनाको हत्या भएको दुःखद खबरले हामी तीन जिम्मेवार किसान संगठनलाई गम्भीर र चिन्तित तुल्याएको छ । सरकारले समय मै स्थिति समाल्न र शान्त तुल्याउन नसक्दा स्थितिले विकराल रुप लिएको देखिन्छ । राजधानीमा गरिएको सर्वदलीय बैठकबाट प्रकाशित अमुर्त अस्पष्ट संयुक्त वक्तव्यले समस्याको मर्मलाई छुन सकेको पनि देखिएन यसरी जनताको जीउ धनको सुरक्षा नहुने र दिन प्रतिदिन स्थिति अराजक बनाउँदै लगेर विदेशी हस्तक्षेप निम्त्याउने खतरा बढ्न थालेको प्रतित हुँदैछ । धार्मिक तथा साप्रदायिक द्वन्द्व ,उन्माद र उत्तेजना भड्काएर विभिन्न समुदायका नेपाली जनतालाई परस्पर लडाउने र घृणा फैलाएर एक धार्मिक अर्कामाथि आक्रमण गराउने जुन अवाञ्छित परिस्थिति सिर्जना गरिँदैछ । यसले देशको अखण्डता राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथि कै गम्भीर खतरा उत्पन्न गर्न थालेको छ । त्यसैले देश र जनताप्रति जिम्मेवार जनसमुदायका बीच परस्पर शान्ति र सदभाव चाहिने राजनीतिक दल, नागरिक समाज तथा विद्वत समुदाय लगायतका देशका मेरुदण्ड र जीवनदायिनी शक्तिका सम्पूर्ण किसानहरु सडकमा उभिएर सबै धर्म संस्कृतिका नेपाली जनतालाई शान्ति सुव्यवस्था कायम गर्न जोडदार अपील गर्नु अत्यावश्यक र तत्कालैको ज्वलन्त कदम बन्न गएको हामी औंल्याउँदछौं । अन्यथा साम्प्रदायिक महामारीको कुस्तित डढेलो सल्काएर नेपाली समाजा तान्डव मच्चाउने र विदेशी हस्तक्षेप बढाउने,देश नै विघटन गराउने जस्ता आत्मघाती खतारा संघार मै पुगिसकेको गम्भीरतम स्थिति सिर्जना भएर अवाञ्छित तत्वकै स्वार्थसिद्ध हुने कुरा निश्चित प्राय छ ।
अतः हामी देशका जिम्मेवार किसान संगठनहरु एकै स्वरले यो अवाञ्छित साम्प्रदायिक हत्या, हिंसा रोक्न फैलिन र दोहोरिन नदिन जोडदार आग्रह गर्दछ हत्याकाण्डको चपेटामा परेका मृतक परिवारलाई यथेष्ठ क्षतिपूर्ति भरण पोषण र रोजागारीको व्यवस्था सरकारले तत्कालै गरोस र गोली लागेका सम्पूर्ण घाइतेहरुको निःशुल्क र पूर्ण उपचार गरोस् तथा दोषीलाई कडाभन्दा कडा कारवाही गरोस् । यस दुःखदायी घटना दोहोरिन र फैलिन नदिन तथा नेपालमा बसेर पसेर यस्ता षडयन्त्र मच्चाउने तत्वमाथि कडा निगरानी राखोस् र अपराधीमाथि अधिकतम कडा भन्दा कडा भन्दा कडा कारवाही गरोस् भन्ने माग गर्दै किसान दाजु भाइहरुको परिवारले अनाहकमा आफ्ना सन्तान गुमाउन परेको दुःखद घडीमा मृतकहरुप्रति दुःखका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।”

