बिमला श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्दै श्रद्धाञ्जलीकार्यक्रम सम्पन्न

श्रावण –१६,काठमाडौँ । बिमला श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्दै आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। श्रद्धाञ्जली कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले “क्रान्ति र परिवर्तनको लागि निस्वार्थ ढंगले योगदान गर्ने व्यक्ति महान हुन्” भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव हुनुहुन्थ्यो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरू रामसिंह श्रीस, परि थापा, हेमन्त प्रकाश ओली सुदर्शन, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल ,सीताराम तामाङको अतिथ्यता थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा नेवा राष्ट्रिय मुक्ति मोर्चाका नेता एवं निधन हुनुभएका बिमला श्रेष्ठका पति शिव श्रेष्ठले बिमला श्रेष्ठले परिवार, समाज र पार्टीमा पुर्याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो।कार्यक्रममा क्रान्तिकारी महिला संगठन नेपालका केन्द्रीय संयोजक शारदा महत र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्लाका सचिव धन गोलेले पनि निधन हुनुभएकी बिमला श्रेष्ठको क्रान्तिकारी आन्दोलनमा योगदानबारे चर्चा गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य तथा नेवा राष्ट्रिय मुक्ति मोर्चा् नेपालका केन्द्रीय संयोजक पवनमान श्रेष्ठ र सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला सचिव धन गोलेले गर्नुभएको थियो। शहीदहरू र निधन हुनुभएकी बिमला श्रेष्ठप्रति सम्मान गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो। नेवा राष्ट्रिय मुक्तिमोर्चा नेपाल केन्द्रीय समिति , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सिन्धुपाल्चोक र क्रान्तिकारी महिला संगठन नेपाल सिन्धुपाल्चोकले यो कार्यक्रमको आयोजना गरेका थिए ।

बिमला श्रेष्ठको जन्म २०२६ साल माघ २६ गते भएको थियो । उहाँको माइत काठमाडौँ जिल्लाको डल्लु चागल हो। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक नगरपालिका वडा नम्बर ११ स्याउलेका शिव श्रेष्ठसित २०४३ माघमा बिमला श्रेष्ठको विवाह भएको थियो। शिव श्रेष्ठ र बिमला श्रेष्ठबाट एक छोरा मुकेश श्रेष्ठ र एक छोरी ऋतु श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठले जनयुद्धभन्दा पहिले अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समितिमा रही काम गर्नु भएको थियो । बिमला श्रेष्ठ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पार्टी सदस्य हुनुहुन्थ्यो । जनयुद्ध कालमा आफ्ना पति र पार्टीलाई मद्दत गर्ने र विभिन्न कार्यकर्ताहरूलाई जनयुद्धमा सहयोग गर्ने काम गर्नुभएको थियो। शिव श्रेष्ठ र बिमला श्रेष्ठको परिवार अहिले काठमाडौँ महानगरपालिका वडा नम्बर १९ मरुढोकामा बस्दै आएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित