चेन्नई पश्चिममा महिला विभागको तेस्रो भेला सम्पन्न

चेन्नई । अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समिति अन्तर्गत महिला विभागको तेश्रो भेला २ अगस्त २०२६ का दिन सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्षता हिरा पौडेलले गर्नु भयो। अतिथिको आशन पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ शब्द बाट शान्ता रसाइली र संगीतबाट रक्किमले स्वागत गर्नु भएको थियो । प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य तथा महिला विभाग सदस्य देवी रिजालले भेलाको उद्घाटन गर्नु भयो। उक्त भेलाले कल्पना थापाको अध्यक्षतामा ३९ सदस्यीय पश्चिम नगर महिला विभाग गठन गरेको छ। उपाध्यक्ष हिरा पौडेल, सचिव महिना अधिकारी, सह सचिव कमला शर्मा, कोषाध्यक्ष शान्ता रसाइली, सदस्यहरू उजेली पौडेल, मुना केसी, रमुना परियार, सपना परियार, तारा नेपाली, विमला नेपाली, मनमया परियार, गुमा शर्मा, यामकला परियार, मायादेवी शर्मा, रमा न्यौपाने, मनु नेपाली, माया परियार, कुमारी रायमाजी, सिता थापा, रूपा रोकाय, मिना गौतम, बलविर देवी परियार, पूर्णकला पौडेल, पार्वती जैसी, जुना पौडेल, शान्ता नेपाली, आराती परियार, पवित्रा पौडेल, सुकमाया पान्डे, कला थापा, सिता राना, निर्मला नेपाली, पार्वती शर्मा, देवी थापा, पम्फा देवी, राधिका देवी, पवित्रा आचार्य रहनु भएको छ भने एक स्थान रिक्त रहेको छ। भेला सफलताको शुभकामना तथा बधाई दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य राजु अधिकारी, बन्सरा राना, सुनिता बस्याल, माया रोका, सिता घिमीरे, क्षेत्रीय सदस्य दिलकुमार नेपाली, भिम बहादुर थापा, सिता थापा, रक्तिमबाट प्रेम गोतामे, किशोर शर्मा, उजेली पौडेल, कृष्ण परियार, खोमनाथ न्यौपाने, सपना परियार र रमुना परियार रहनु भएको छ। भने कार्यक्रमको संचालन मैना देवी अधिकारीले गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित