नवलपुर । भिमदत्त पन्तको ७३औं स्मृतिको अवसरमा “ नेपालको वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रियताको सन्दर्भ ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रम माक्र्सीय गुरुकुल, निर्मल लामा स्मृति प्रतिष्ठान ,पुष्पलाल स्मृति प्रतिष्ठान भौतिकवादी समाज नेपाल र प्रकृति मानव केन्द्रित जन अभियान नवलपुरको आयोजनामा भएको थियो । कार्यक्रमको अध्यक्षता पूर्णप्रकाश वि.क.ले गर्नु भयो ।
कार्यक्रममा माक्र्सीय गुरुकुलका केन्द्रीय कार्य समितिका सचिव किशन शर्मा,उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिका सदस्य केदार पराजुली ,राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य भागिरथ भट्टराई ,नेपाली कांग्रेस नवलपुर जिल्ला सदस्य कपिल देव भूसाल ,पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाका कोषाध्यक्ष लोक प्रसाद भूर्तेल ,रामराज पण्डित, लेखक प्रसाद सापकोटा ,भौतिकवादी समाज नवलपुरका सदस्य टेकराज भूसाल, प्रकृति मानव केन्द्रित जनअभियान नवलपुरका अध्यक्ष विक्रम मल्ल । स्थानीय समाजसेवी मोहदत्त अधिकारी,नेपाली कांग्रेस कावासोती नगरकमिटीका सदस्य अर्जुन चालिसे ,शहिद घनश्याम ज्ञवालीको छोरा कमल ज्ञवाली, शहिद बाबुराम खनालका भाइ गोकर्ण खनाल, चिरञ्जीवि पौडेल, मुनादेवी लम्साल, रेकम पौडेल, लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सोम श्रीपालीले गर्नु भएको थियो ।
भिमदत्त पन्तको ७३ औं स्मृति दिवश मनाइयो
Comments

