निम्न पुँजीवादी चिन्तन र दलाल पुँजीवाद साम्राज्यवादका उर्जा हुन ?

नारायण प्रसाद भण्डारी
संसार कै अति सुन्दर प्राकृतिक सुन्दरताले भरिएको प्रकृतिले पनि निकै मेहेनत गरि बनाएको विश्व कै अग्रस्थान एवम् हरेक दृष्टिकोण बाट प्रसिद्ध देश नाम पनि भनिरहु जस्तो लाग्ने हामी (३)करोड नेपालीको ढुकढुकी हामी सबैको मातृभूमि देश नेपाल । नत कुनै कुराको गरिब थियो नत मेहेनत परिश्रमीहरु भोक भोकै मर्नु पर्ने थियो ।नत नेपाल भन्दा कैयौं कमजोर गरिब देशहरु सँग भिख मागी खान मगन्ते बन्नु पर्दथ्यो । वास्तवमा हामी नेपाली एवम् हाम्रो देश नेपाल संसार कै धनी एवम् सुन्दर शान्त देश थियो ।जसका केही प्रमाणित तथ्यहरु छन् । जस्तै जल,जगंल,जमिन,अमूल्य धातु जन्य पदार्थ,उर्जा एबं प्रज्वलीत खनिज पदार्थ,खाद्यान्न,प्राकृतिक सौन्र्दयता,संसार कै उच्च हिम श्रृखलाहरु,डाँफे मयुर,रेडपाणडा,काँढे भ्याकुर विश्वमै नपाइने तर नेपालमा मात्र पाइने प्राकृतिक सम्पदाको धनी देश अति मिलनसार परिश्रमी इमान्दार,कर्तव्यनिष्ठ,अनुशासितले निर्मित मानव समाज यस्तो देशका जनता हामी सयौं थरिका फूलहरु मिलेर एउटै मालामा गाथिएर बनेको देश ,सयौं जात जाति भेष भूषा भाषा,धर्म सस्कृतिको साँझा फूलाबारीको मान्यता प्राप्त शान्ति सदभाबमा अडेको देश, हाम्रो समाजमा गुणडा गर्दि ,चोरी चकारी, लुटपाट,हत्या ंिहसाको कुनै भए त्रास नहुनेबीच जगंलमा ढोकाको चुकुल नलगाइ बस्न सक्ने गोठ ,गोठको रमाइलो जीवनमा हाँस्दै खेल्दै आफनै देशको माटोमा रमाउँने हामी नेपालीहरुको प्राण भन्दा प्यारो देशको अवस्था आज सपना जस्तो कुनै कथाकारले कल्पना गरे जस्तो बन्यो । हाम्रो देश ।थुप्रै कथा व्यथा र गरिबीले तहस नहस मात्र नभै देशै नरहने होकी ?भन्ने सम्मको अवस्थामा पुग्यो । आफैले देखेको व्यहोरेको आज सपना हो कि विपना हो ?छुटटाउनै गाह््रो पर्न थाल्यो ।नदेखेको देख्नु पर्ने भो ।नसुनेको सुन्नु पर्ने भो । अहिले देशको वास्तविक अवस्था दृश्य परिदृश्यको निचोडबाट हेर्दा कस्तो देखिन्छ हाम्रो देश नेपाल ।
१)आफनै समाज आफनै दाजु भाइ मातृत्व भातृत्वकोबीच काटमार हत्या हिंसा सदभाव भन्ने कुनै देशको कथा जस्तो बन्दै गयो ।देशको कुनैै स्थानमा कर्फयू निषेधाज्ञा लाग्ने गर्छ ।मान्छे भित्रै लुकेर दाजुको डर भाइलाइ बुवाको छोरालाई आफैले जन्माएको सन्तान देखि सावधान भएर बाँच्नु पर्ने अवस्था श्रृजना हुन्छ ।पुराना हरुले देश लुटे हामी बचाउँछौ देशमा सुशासन कायम गर्छौ भन्नेहरुले सदभावको गुहार पुकार गर्दै अलाप विलापका हात जोडनु पर्ने अवस्था श्रृजना हुने र्गछ ।गरिब निमुखा वर्षैा पुस्तौं कमैया बनेर कागजमा मुक्त भएका तर नत कमैया भन्ने प्रमाण छ ।नत सुकुम्बासी भन्ने प्रमाण छ ।त्यस्ता केहि नभएकाहरुको जेनतेन बनाइएको सहारा एउटा झुपडीमा डोजर आतंक फैलाएर त्रसित अमानवियता का काम स्वयं सरकार बाटै हुदा ती जनताको मन मुटुमा कस्तो हुन्छ होला ? अझ समय पनि वर्षाको झरी छ ।कति विजोग न गरिखानु न मरि जानुको जीवन यस्तै यस्तै आपत विपत खप्न नसकी देशमा अहिले आत्मदाहाका घटना तीव्र बढेका छन ।
२)देशमा व्याप्त भ्रष्टाचार सुदखोर मिटर व्याज लघुवित्त अन्याय अत्याचार महगीं चोरी चकारी ठगी दिदी बहिनी छोरी बुहारी आफन्त बाटै असुुरक्षित छन कतिबेला कहाँ केहुने हो ?त्रासै त्रासमा बाँच्न बाध्य भयो । नियम कानुन सानालाइ ऐन ठूलालाई चैन भन्दा फरक नपर्ने भयो ।संसारकै धनाढय जलश्रोतका मालिकहरुको अवस्था २४ घणटामा दर्जनौ पटक लोडसेडिङले सताइनु पर्छ ।हरियो बन नेपालको धन भन्ने नामले प्रसिद्ध हाम्रो देशको जगंल उजाड छ ।कहाँ कसले उपभोग उपयोय गरि राछ ?कुनै जानकारी छैन ।जगंल संरक्षणको नाममा जनताको लागि काँढेतार लगाइएको छ ।पकाइ खाने दाउँरा छैन, बजारमा ग्यासँ छैन, पाइदैन ।भन्ने अफबाह फैलाएर कृत्रिम अभाव फैलाइएको छ ।यदि पाइहाल्यो भने मूल्य र भाँडाले जनता आजित छन । जनताले उब्जाएको अग्र्यानीक वस्तुको मूल्य छैन ।कुहे सडेर सडकमा फाल्नु पर्ने अवस्था छ जनता हुक्केर लाखौ लगानीमा उब्जाएका वस्तु सडकमा फाल्दा सम्म सरकारले सुन्दैन ।आफना पीडा दुःख कष्ट सुनाउन देखाउन महसुस गराउँन गएका लाटा सोझा इमान्दार जनता माथि लाठी ,बु, असुर,ग्याँसकहिले कहीँ त गोली सम्म बर्सााइन्छ ।
३)देशको शिक्षा ,स्वास्थ्य, न्याय जनताको पक्षमा छैन ।हुनेखाने बोलवाला दादा ,गुणडा उन्डले कुण्डले मुण्डले भ्रष्टाचारी तस्करी जस्ले २नं धन्दा बाट ब्रम्ह्लुट गर्न सक्छ ।त्यसैको मात्र शिक्षा स्वास्थ्य न्यायको पहुँच पुग्छ । अरु सबै रमिते भै बाँच्नु पर्ने अवस्था छ ।शिक्षामा व्यापारीकरण विभेदीकरण निजी र सरकारीमा विभक्त बनाएर बिचौलिया भ्रष्टचारीको एकखाले धन्दा अवैध व्यापार बनाइएको छ ।कानुन भन्ने सरकारमा सत्तामा पुग्ने हरुको मात्र हाली मुहाली छ ।निर्मला पन्त नामकी बालिकाको हत्यारो को हो ?आज ८ वर्ष सम्म पत्ता लाग्दैन ।कति सुनियोजीत तरिकाले हत्या भयो ?अति अप्ठेरा प्रकारका हत्या पत्ता लगाउँने सुरक्षा निकायले र्निमला पन्तको हत्यारो पत्ता लगाउँन नसक्नु कति विडम्बना छ ?नयाँ नयाँ सरकारमा जानेहरुले हामी त्यहाँ गएको एक हप्ता मै पत्ता लगाउँछौ भन्नेहरु कहाँ बेपत्ता हुन्छन ? न्यायको नमूना यस्तै छ ।यो त एउटा पात्र मात्र हो देशै भरि यस्ता दर्जनौ घटना रहस्यमय बनेर थन्कीएका छन ।
४)नेपाली समाजको अवस्था गाउँ घर सुन्य छन् ।युवा भन्ने गाउँ घरमा जागीरे केही हल्का फुल्का पेशाव्यवसाय गर्नेहरु कित मापसे २नं धन्दा बाट लुटदा दिन खाने अघि पछि सडक पेटिमा रुख मुनी गजेडी तालमा रक्सीले बौलाएको अवस्थामा फोहरको डगुंरमा बेवारिसे बनेको देखिन्छन पढन गएकाहरु शहर बजारमा खूल्लम खुल्ला बार्केनीङ ताना तान एकले अर्काको शरिर बेचे बेचाए वापतको कमिसनको अवस्था देख्न सुन्न पाइन्छ ।गाउँ बस्ती पूर्णतया सुनसान छन ।रोजागारको लागि विदेशिएका हरुको पारिवारिक जीवन कहाली लाग्दो दर्दनाक र अवैधानीक सास्कृतिक विचलनका घटनाको प्रतिशत सख्या अति बढदो छ ।अदालतमा डिर्भोसका मुद्धाको चाङ छ ।वर्षैा सन्तान परिवारको सपना बोकेर विदेशिएकाहरु घरमा फर्कदा नत परिवार नत बाल बच्चाकोे सहन सक्ने अवस्था छ ।नत कमाएको धन आय व्ययको हिसाब किताब पार्दशी देखिन्छ ।जनम दिन मनाउँन लाखौ खर्च हुन्छ ,कोठा भरि सौन्दर्यताका हजारौं मूल्यका सामान ,अटो पजेरो निजी जस्तै ,डेरा कोठामा ताला झुन्डाइएको महिनौ भयो मान्छे टुरिष्ट बनेको कहिले हो ?पत्तो छैन विदेशमा बस्ने संग अति दःुख कष्ट भोक भोकै बच्चा को रेख देखमै खर्च पुग्दैन ।भन्नेको घण्टा घण्टामा भिडिओ कलका अति कष्टकर कुराहरुको चाङ लाग्छन फोन सुन्ने हेर्नेले पनि पीडा महसुस गर्ने खाले हुन्छन ।वृद्ध वुद्धाको अवस्था नाजुक छ ।सोध्ने खोज्ने कोहि छैन ।सरकारले दिएको वृद्धभत्ता कसैका बुझने मात्र हुन्छ ।कसैका आवश्यक्ताका सामान ल्याइ दिने सम्म हुदैनन ।ल्याइएका सामान भान्छामा उपयोय गरिदिने कोही सहारा छैनन । विगतमा अग्रज पुर्खाहरुले रगत बगाएर आर्जेको जमिन पुरै बाझै छन ।खर्तनाक काढाँहरुले भरिएका छन ।मान्छे चाउँ चाउँ चाउमिन मम ड्राइफुट २४ घणटामा २० घण्टा भन्दा बढि मोबाइलमा व्यस्त छन ।प्रकृतिले दिएको समय सुत्ने बेला जागा उठने बेला विस्तारामा आफनै जीवन अस्त व्यस्त बेवारीसे कति बेला खाने कति बेला सुत्नेको कुनै समय तालिका नै छैन । भने अध्यन अध्यापन समाजको बारेमा बहस छलफल चिन्ता को विषय त धेरै किलो मिटर टाढा भैदिन्छ ।यो नेपालको वर्तमान वास्तविक चित्रण हो ।देशमा व्याप्त भ्रष्टचार हुने पनि एउटा कारण हो ।किनभने देश जनता को लागि सोध्ने बुझने खोज तलास गर्ने नै कोहि निग्रानी गर्ने नभए पछि सरकारमा जानेले आलो पालो मिलेर भ्रष्ट गरेर देश संसारकै हरिकगांल मरुभूमि बनाइदिए ।
अन्तमा भन्नु पर्दा देश र जनताको बारेमा र हाम्रै देशको वास्तविक कथा ब्यथाको बारेमा जे जति विषयहरु उठान गरियो यस्का कारण केहुन ?
क) निम्न पँुजीवादी चिन्तन लुटेर ठगेर भ्रष्टाचार गरेर दलाल गरेर जसरी पनि धनी बन्ने लवाइ खुवाइमा तडक भडक मोज मस्ती सुख सयल ऐस आराम अवैधानिक धन्दा मानव बेचबिखन मानव तस्कर चप्पल पडकाउँदै शहर पसेकाहरुको आफैले थाहा नपाउँने गरिको अवैध सम्पत्ति सौन्दर्यतामा बेफजुल खर्च जनम मृत्यु विवाह चाड पर्वमा धान्नै नसक्ने गरि ऋृणमा देखाउँने घमण्ड ध्वाँस यिनी सबै निम्न पुँजीवादी चिन्तन हुन भने ।यसमा प्ररेणा एवम् यस्ता कुराहरुमा लाग्न बाध्य पार्ने यस्ता मार्गमा हिडाउँन तालिम गोष्ठि सेमीनारका व्यवस्था गरेर समाज लाई अस्तव्यस्त तर्फ धकेल्ने ,युवा बिहिनको समाज समाजमा बिकृति बिसंगति उत्पादनमा ह््रास मरुभूमि बनाउँने बाली जन्य भूमिमा पलटिङ गराएर समाप्त पार्ने विदेशिएर कमाएको थोरै आय आर्जन बाट मान्छे बिनाका टावर भन्दा अग्ला घरमा खर्च गराउँने ।मानब समाजलाई पतन महापतनको मार्गमा हिडाउँन प्रेरित गर्ने गराउँने काम दलाल पुँजीवादको हो भने यिनी सम्पूर्ण विकृति विसंगतिका जति पनि कुकार्यहरु छन सबै साम्राज्यवादको लागि टेवा दिने जोडबल पुराउने अति उत्तम उर्जाशील मल जल को काम यिनै निम्न पुँजीवादी चिन्तन र दलाल पुँजीवाद हुन ।छोटोमा भन्नु पर्दा मानव जातिका जे जति मूल्य मान्यता छन ती सबै नकारात्मक मार्ग बाट समाप्त पार्नमा अहोरात्र युद्ध स्तरमा लागि परेर भएका संरचना ध्वस्त पार्दै हात हतियार बम बारुदको उत्पादन गराएर जहिले पनि द्वन्द्व युद्धमा फसाएर साम्राज्यवाद विस्तार गर्नमा मरिहत्य गर्ने मानव जातिकै दुश्मन भनेको साम्राज्यवाद हो । धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित