राष्ट्रिय सुरक्षा र शरणार्थीहरुको गतिविधि

नेपालमा अहिले करिव २० हजार बराबरको संख्यामा शरणार्थीहरु छन् । नेपालमा शरण लिएर बसेका शरणार्थीहरु तिब्बती,भुटानी म्यानमारबाट नेपाल प्रवेश गरेका रोहिग्याहरु पाकिस्तानी लगायत छन् ।
सन् १९५९ देखि १९९० सम्म नेपालमा आएका तिब्बतीहरु नेपालमा शरणार्थीको रुपमा बसोबास गर्दै आएका छन् । नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको संख्या १२ हजार ५ सय रहेको छ । तिब्बती शरणार्थीहरु हिमाल, पहाडका विभिन्न जिल्लाहरुमा बसोबास गर्दै आएका छन् ।त्यस्तै १९८०मा भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका भुटानी शरणार्थीहरुको संख्या १ लाख भन्दा बढिको रहेको थियो । ती शरणार्थीहरु ठूलो संख्यामा तेस्रो देश पुनर्वासमा गए भने ६ हजार भन्दा बढी स्वदेशमा नै फर्किने सपनामा बसेकाहरु नेपालमा नै छन् । नेपालमा ती बाहेक म्यानमारबाट नेपालमा आएका रोहिंग्याहरु बसोबास गर्दै आएका छन् ।
संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायका अनुसार नेपालमा करिब डेढ दर्जन देशका शरणार्थीहरु रहेका छन् ।नेपालमा शरणार्थीहरु कति छन् र कति देशका छन् भन्ने कुरा आधिकारिक रुपमा संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालयले जानकारी गराउने गर्दछ । नेपालको खुला सिमाना भएका कारण शरणार्थीसहित विभिन्न गैरकानुनी गतिविधि गर्नेहरु सजिलै प्रवेश गर्न सक्दछन् । खुला सिमानाको फाइदा उठाउँदै कतिपय शरणार्थीहरु लुकिछिपी नेपालमा प्रवेश गर्दछन् ।
नेपालमा शरणार्थीहरुको गतिविधिहरुले निकै अफ्ठ्यारो पार्ने गरेको छ । कोहीले आत्मदाह गर्न खोज्ने ,कोहीले नेपाली पासपोर्ट दूरोपयोग गरी तेस्रो देशमा पुग्ने गर्दा शरणार्थीहरुको गतिविधिले देशको सुरक्षा तथा संवेदनशीलतालाई समेत अफ्ठ्यारोमा पार्न सक्ने देखिन्छ । २०८२ साल भदौ २३ र २४ जेन्जी आन्दोलन भनेर नाम दिइएको घटनामा तिब्बत ओरिजिलन ब्लडको सहभागिता भयो । देशमा आगो लगाउने समयमा उनीहरुको संलग्नता रह्यो । यो संलग्नतालाई कसैले पनि होइन र छैन भनेका छैनन् वा उनीहरुको आधिकारिक रुपमा कुन स्तरको सहकार्य रहेको छ भन्ने विषय पनि जनतामाझ स्पष्ट हुन सकेको छैन । वर्तमान सरकारले त्यसको संलग्नताको बारेमा सही वा गलत केही धारणा दिन सकेको छैन । तर देशमा आगो लगाउने र देशलाई खरानी बनाउने काममा उनीहरु जोडिए । यसरी अर्काको देशमा बसेर देश विरोधी गतिविधि गर्दा सरकारले केही पनि कारवाहीको प्रक्रिया अगाडि बढाउने पहल प्रयत्न गरेन । सरकारले यो बारेमा जनतालाई स्पष्ट पनि पारेको छैन । सरकार बनिसकेपछिका उनीहरुको गतिविधि कम शंकास्पद छैनन् । तिब्बती शरणार्थीहरुले उनीहरुका धार्मिक गुरु दलाई लामाको जन्मोत्सव खुल्लम खुल्ला रुपमा मनाए । यो गतिविधिले छिमेकी देश चीनले सरकारसँग नेपालको एक चीन नीतिप्रतिको धारणा के हो ? भन्दै धारणा माग गर्ने काम गरेको छ । शरणार्थीको रुपमा रहेका मानिसहरुबाट देशको राष्ट्रियता,राष्ट्रिय अखण्डतामा आँच आउने कार्य हुन सक्नेतर्फ सचेत रहनु पर्दछ ।
गत साउन १० गते सुनसरीको कप्तान गञ्जमा भएको हिंन्दु –मुश्लिमको बीचको दंगा र त्यसपछि तराइँका जिल्लाहरुमा फैलिएको हिंसा,तोडफोड तथा आगजनीमा समेत शरणार्थीको समेत संलग्नता रहेको हुनसक्ने प्रशासनले आशंका गरेको थियो र सिमानामा सुरक्षा चेक जाँचलाई कडाइ गरेको थियो ।
देशको सुरक्षा संवेदनशीलता तथा देशको अस्तित्वको रक्षा तथा छिमेकी देशहरुको सुरक्षाकोलागि तथा देशको स्वाभिमान रक्षाकोलागि शरणार्थीहरुका हरेक गतिविधिलाई सरकारले निगरानी गर्नु पर्दछ । साथै नयाँ प्रवेश हुन सक्ने सम्भावना भएका नाकाहरुमा सुरक्षा तथा चेकजाँचलाइ बलियो बनाउनु पर्दछ । हवाइमार्गबाट प्रवेश हुन सक्ने सम्भावनालाई रोक्न कडाइ गर्नु पर्दछ । सरकारले शरणार्थीहरुलाई आफ्नो देशमा फर्किने वा अन्य देशमा पुनर्वास गर्न चाहनेहरुलाई फर्काउन तथा पुनर्वास गराउन तत्काल कदम चाल्नु पर्दछ । उनीहरुको गतिविधिबाट देशलाई समस्या सिर्जना हुन दिनु हुँदैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित