एकताको झन्डा बोकी उठौं बरिलै

 

हरिकला थापा र जे. सी. सिंजाली सुर्य थापा

सर्वप्रथम स्वागत हाम्रो तिजमा आउनेहरुलाई
रमाइ रमाइ नाच्नु पर्छ आज बरिलै ।

अखिल भारत नेपाली एकता समाजको
तर्फबाट सबैलाई शुभकामना ।

भारत भरिएका छरिएका दिदीबहिनी दाजुभाइ
एकताको झन्डा बोकी उठौं बरिलै ।

अखिल भारत नेपाली एकता समाज छ
अन्याय र अत्याचारमा बोल्ने गर्दछ ।

भारतका गल्ली गल्ली नेपाली कति छन
संगठित बन्न अझै धेरै बाँकीछन ।

कतिलाई थाहै छैनन् समाज भन्ने केहो खै
समाजको अर्थलाई बुझ्ने गरौं है।

आपत विपत पर्दा खेरि यहीँ समाज चाहिन्छ
यहीँ कुरा नेपालीले बुझ्न बाँकी छ।

आखिरी नेपालीको एकता नै चाहिन्छ
जुट्ने गर सबै कुरा बुझ्न पाईन्छ ।

उता देशमा हेरौं भने आफ्नै छाती चर्किन्छ
किन होला गरिब कै जरा खनिन्छ।

जुन सरकार आए पनि देशमा हेर त्यस्तै छ
दुःखी गरिब जनताको व्यथा यस्तै छ।

भोट माग्दा भन्ने गर्थौ हुन्छ सबै सम्मान
उठेयो घरबार गरिबको छैनन् सहारा ।

ठुलै आशा थियो मन केही त बन्छ भनेर
त्यहीँ आशा नि गयो अब सरकार देखेर ।

केही न केही त बुझ्नुपर्छ उठ जुट जनता हो
यो सरकार आएको केका लागि हो।

गरिब दुःखी सुकुम्बासी एक भएर उठ्नु छ
अझै धेरै कुराहरु बुझ्न बाँकी छ।

सबै मिली जुट्यौं भने आधी हुरी आउनेछ
जनताले चाहे जस्तो सरकार ल्याउनु छ।

दुई चार शब्द लेखे मैले तीजिको भाकामा
हुम्ला भेट दिदीबहिनी तिजकै दिनमा ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित