विगतको समिक्षा गरौं ढिला नगरी वृहतमोर्चा निर्माण गर्दै अगाडी बढौं

नारायण प्रसाद भण्डारी
नेपालमा हालसम्म भएका आन्दोलनको इतिहासलाई नजिकबाट नियाल्नु पर्दा देशको अवस्था चक्रब्युह्रमा बल्झिएको अल्झिएको नबुझनेहरुले टिका टिप्पणी गरे जस्तो सरल रेखामा स्पस्ट र लक्षित मार्गमा सन्चालित उठान एवम् बैठान भएको देख्न र अनुभव गर्न पाइएन । अहिले सम्म भए गरेका आन्दोलन जनआन्न्दोलन संघर्ष हतियार सहितका छापामार कहाली लाग्दा युद्ध जे जति भए तिनी सबै देश र जनताका लागि धोका बेइमानी कपटपूर्ण स्वार्थी अवसरवादी सिमित मान्छेका निहित स्वार्थ नातावाद कृपावाद सँग जोडिएका नाफा घाँटाका जोड घटाउ सौदाबाजीका घेराभित्र रहेर लेनदेनका (बार्गेनीङमा) जाने र आफै फस्ने अर्कैलाई फसाउँने गरी संझौतामा समाप्त पार्ने दुस्साहस एवम् कायरतापूर्ण निन्दनीय घटनाको शिक्षाका रुपमा लिनु हामी सबैको कर्तव्य हो । आज सम्म जे जस्ता गैर जिम्मेवारपूर्ण कुकृत्यहरु भए त्यसको परिणाम जनताले नत विकास पाउन सके । नत देशले निकास पाउन सक्यो । नत आफनै इज्जत नैतिकता अनुशासनको पक्ष बचाउँन सम्म सकिएन । देश र जनताको लागि केही प्रगती परिवर्तन हनु त परै जावस सजिलो गरि जनताका दैनिक जीवनसँग जोडिएका सवालहरुले सार्थकता पाउन समेत सकेन । देशमा जहिले पनि आन्दोलन संघर्षका नाममा रगतको खोलो बग्यो । हजारौं होनहार नेपाली आमाका सन्तानले जीवनको आहुती दिए । विडम्बनाको कुरा हिजोका दृढ विचारले लैस भएका युद्ध आन्दोलनका सम्पति संघर्षका उर्जावान शक्ति मानव श्रोत देखि अमूल्य हात हतियार समेतको विजोग छ । विगतमा व्यारेकहरु कब्जा गर्ने साहसी विर योद्धाहरु आज घर न घाँटको वेवारिसे जस्ता बन्दै रोडको एक छेउमा लत्रिदै आउने जानेका मूर्खमा हेर्दै आफनो जीवन आफैले धिकार्दै छन भने कोही विस्तारामा लठठी रसीको सहारामा आफनै जीवनको अन्तिम संर्घषमा अधुरो सपनाको लडाइ लडर्दै छन् भने कोही दुश्मनका गोली अमानवीय व्यवहार देश र जनताका सुन्दर सुनौला सपना बोकेर सबै त्यागेर क्रान्तिको र्निविकल्प यात्रामा लामबद्ध हुदै जादा रक्तपिपासु नरभक्षकहरुले गरेका निन्दनीय घटना एक महान नारी लाई बन्धक बनाएर दर्जनौले पालै पालो संग गरेको निकृष्ट पशुवत व्यवहारको शिकार बनेर जिउँदो लाश भै पश्चातापको जीवन ज्यूँनकैे लागि पनि रात दिन सिरानीका खोल भिजाउँदै समाजमा घृणित आलोचित बेसहारा भै बाँच्न बाध्य महान योद्धाहरुको चिच्चाहटमा छन भने कोही हात खुटटा गुमाएका ती इतिहासका वीर योद्धाहरुले जीवनको भिख मागिरहेको दृश्य देख्दा एउटा राष्ट्रवादी क्रान्तिकारीको हृदय छिया छिया हुदो रहेछ तर यो देशका मिलेरावादी ठेकदारहरु भनौ या हालै देशमा जेनजीको नाममा देशको मूल्यवान सम्पदाहरुको क्षति गरेर सुशासनको पक्षमा वकालत गर्दै सरकारमा पुगेका दलाल नवसामन्तवादी साम्राज्यवादका पिछलग्गुहरुको दुइ तिहाइको दम्भले मात चढेका हरुले देखाएका अमानवीय व्यवहारका घटना परिघटनाले भनौं अब देशमा कहि न कहि कतै न कतै ठूलै र्दुघटनाको संकेत गरिहेको छ । त्यसकारण अब हामी यदि राष्ट्र हित राष्ट्रको संरक्षण गर्ने कर्तव्यनिष्ट अनुसाशित इमान्दार नैतिकवान राष्ट्रवादी हौ भने अब सम्पूर्ण शक्तिहरु एक ठाउँमा उभिएर पुराना कुकार्य दुस्कार्य मिलेरावादी अवसरवादी बेइमानी कपट एवम् भष्टाचारको कारण आजको अवस्थामा आउन परेको महसुस र त्यसबाट शिक्षा लिदै विगतको ऐतिहासिक घटनाक्रमको समिक्षा गर्दै सच्चिएर एकमत एकगठ राजनैतिक वैचारीक स्पस्ट दृष्टिकोणमा एकताबद्ध हुदै सम्भव भए बृहत एकता सम्भव नभए जुझारु बृहत मोर्चामा गोलबन्द हँुदैै सर्घषंमा जुटनुको बिकल्प छैन । किन भने विश्व इतिहासका घटना परिघटनाले पनि यिनै र यस्तै प्रकृतिको समयमा सर्बहारा वर्ग आम शोसित पिडीत गरि खाने मजदुर हरु अझ त्यो भन्दा अगाडी दास स्वामी प्रथा नोकर मालिक बिचका द्धन्द राज्यको बर्बरता पूर्ण कार्यतापूर्णका घटनाहरुमा साम्राज्यवाद दलाल पुँजीवाद निरङकुशतावाद फाँसीवादका विरुद्ध राष्ट्रवादीहरु एक ठाउँमा उभिएर लडदा सानदार विजय भएका दर्जनौ घटना देख्न सुन्न इतिहासको अध्यन गर्न पाएको सबैमा जगजाहेरै छ । जसका केही उदाहरण्हरु
१)सर्वप्रथम विश्वका दर्दनाक घटना परिघटना एबं गरिखाने बर्गको आपत विपत पीडाबाट मुक्ति पाउँनका लागि सर्वहारा वर्गको पक्षमा महान दार्शनिक वैज्ञानिकहरुले गरेका त्याग बलिदानी र सामन्तहरुका विरुद्ध निरन्तर लडदा लडदै बगेको रगत पसिनाको श्रृखला संगालो बाटै माकर््सवाद एवम् मालेमावादको जन्म भयो । ती महान वैज्ञानिकहरुले विश्व कम्युनिष्ट आन्दोलन उठाउँन कति कठिनपूर्ण संघर्ष गरे ?कति त्याग गरे ? संघर्षको दौरानमा आफना सन्तती माता पिता आफनो प्राण भन्दा प्रिय जीवन साथीले कति दुःख कष्ठ सँग पहिलो यात्राको आन्तरीक युद्ध लडनु परयो ?कति धैर्य सहनशील हुनु परयो ?कुनै हिसाब छैन ।गरेर पनि साध्य छैन किनभने सिगों मालेमावादकै जनम भैसकेपछि अन्य पक्ष सबै द्रोसो पाटा हुन ।भन्दा अत्युक्ति नहोला ?मालेमावाद द्धन्दात्मक भौतिकवाद संग सम्बन्धीत छ भने द्धन्द भनेकै पिडक र पीडितबीचको असमान्ता एकले अर्काको अस्तित्व समाप्त पार्नका लागि गरिने क्रान्ति हो ।वर्तमान सम्म आइपुग्दाका आन्दोलन संघर्ष युद्धको जग माध्यम सबै माकर््सवाद संग र मालेमावाद देखि टाढा हुन सक्दैनन । माक्र्सको एउटा महत्वपूर्ण भनाइ जब सर्ब साधारण जनता समेत पीडकका विरुद्ध अन्याय अत्याचारका बिरुद्ध संगठीत हुन्छन । त्यस्ता संगठनको नेतृत्व ज्ञानले गर्छ । यो भनाइ ले के देखाउ छ भने माक्र्सले जब दलाल पुँजीवाद सामन्तवाद साम्राज्यवादका विरुद्ध आम शोसित पिडीत एवम् गरिखाने वर्गलाई संगठित गर्दै जानु भो उक्त सगठनको नेतृत्व स्वयंले गर्नु भोतर उहाँ भित्र ज्ञान थियो । त्यहि ज्ञानको माध्यमबाट संगठन सन्चालन एवम नेतृत्व गर्नु भो ।त्यसैबाट संसार का सामन्त ठग साम्राज्यवाद पुँजीवाद सामन्तवाद हिटलरी हत्याराहरु लगाएतका सबैखाले जनताका वर्गबैरीहरुको होस उडने गरिका आन्दोलनको आधीबेहरी ल्याउनु भो ।त्यही आधीबेहरीबाट सर्वहारावर्गको सान्दार विजय र ठगहरुको हार भयो ।त्यहाँ बाट नै द्धन्दात्मक भौतिकवादी माकर््सवाद संसारका पीडित उत्पीडित मजदुरहरुको मार्गदर्शक बन्न सफल भयो ।
२)जब माकर््सवादले पीडित उत्पीडित वर्गलाई ज्ञान दिलायो तब विश्वमा थुप्रै प्रकारका साना ठूला आनदोलन संघर्ष युद्ध हरु भए जस्तै
क) अमेरीकाको प्रमुख शहर सिकागो बाट उत्पन्न मजदुर आन्दोलन बेलायतमा सन १७६०देखि१८३० सम्मको लुइडाइटको औद्योगीक मजदुर आन्दोलन,सन १८३७ देखि १८५४ सम्मको संसारकै उत्कृष्ट मजदुर आन्दोलन जसलाई सार्थकतामा पुराउनका लागि ५७ लाख मजदुर साधारण जनता सहितको बृहत हस्ताक्षर जुटाएर अघि बढाइएको थियो । त्यो आन्दोलन बाटै माक्र्सलाई वैज्ञानिक समाजवादी आन्दोलनको खाका कोर्ने आधार निमार्ण भएको थियो ।यी सबै संगठन परिचालन आन्दोलनको उठान गर्न आवश्यक क्षमता उर्जा लक्ष्य उद्धेश्य एबं खाका कोर्नमा मद्धत पुराउने काम माक्र्सवादी ज्ञान एबं बृहत एकताबद्धको शक्तिशाली मोर्चाले नै गरेको थियो ।उक्त ज्ञानको आधार पनि माकर््सवाद नै थियो ।ठिक त्यही घटनालाई स्मरण गर्दै नेपालको गन्जागोल अस्तब्यस्ता लाइ अघि बढाउनु नितान्तै आवश्यक छ ।
अन्तमा अहिले नेपालमा दुइ तिहाइको दम्भमा बनेको सरकारको कारण जनताले ठूलो संकट झेल्नु परेको छ ।
१)महगीं भ्रस्टाचार को अन्त्य का कुरा त कुनै एका देशको कथा भयो शुरुवाती सम्म हुन सकेन ।हुन्छन की भन्ने सानो संकेत जस्तो देखाइयो त्यो सबै नाटक र प्रतिसोध पूर्ण थियो ।
२ सुुशासनको स पनि छुन सकेनन् ।
३) अहिले सरकारमा पुगेका हरुले भन्थे हाम्रो पालामा युवा पलाएन हुन पर्ने छैन भन्ने नारा नारामै सिमित रह्यो अहिले झनै बिस्थापित र पलायनको वृद्धिले देश रित्तिदै छ ।नेपालको प्रमुख आय श्रोत नै बेचिएका मान्छेको कमाइ विदेशीयका हरुको रेमीटयान्स देशको अर्थ तन्त्रको आधार बनाइयो
४) राष्ट्रलाइ कता डोराउने भन्ने भविष्यको आधार तय गर्ने भनेको शिक्षा हो ।मानव जीवनको सम्बन्धित सरोकारको पक्ष स्वास्थ्य हो ।यी दुबै पक्ष नेपाल र नेपालीको हित विपरित छन ।यसैलाई दलालहरुले मागीखाने भाँडोको रुपमा व्यापारी करण आन्दोलन गर्नेका एजेण्डा मात्र भए भविष्यका कर्णधारहरुको अहित मै कृयाशील बने बनाइयो ।
५) नेपालमा परिवर्तनको एउटा उदाहरण गाउँ शहर जताततै प्राय बन जगंलको सुरक्षा मानवजातीको सेवा सुविधाको रुपमा भरखरै केहि परिवर्तन देखिन थालेको अबस्था भन्ने ग्याँसको प्रयोग थियो त्यो पनि भन्नेै लाज मर्दो डेरा गरि बस्ने विद्यार्थीको भविष्य वृद्ध वृद्धा असक्त लगाएतको दैनीक जीवन संग जोडिएको विषय आज महिनौ बित्दा सम्म नेपाल सरकारले व्यवस्थापन गर्न सकेन ।यो कृतिम अभाव हो भन्ने जान्दा जान्दै बुझदा बुझदै सरकार आफैलाई असफल पार्ने नियत हो भन्ने थाहा पाउदा पाउदै पनि निरीह बनेर रमिते बनिरहेको छ ।
६)अर्को सरकारले गरेको गम्भीरर गल्ती । बिना लक्ष्य बिना उद्धेश्य छानबिन पहिचान बिनै अतिक्रमितको बहानामा दुःखजीलो गरि जेनतेन जीवन निर्वाह गरि बसेका दुःखी पीडित असाय निसायहरुका घर टहरामा डोजर आतंक मच्चाएर अहिले सम्म पनि कोही अझै होल्डिङ सेन्टरमै छन ।कोही अस्तव्यस्त अवस्थामा छन ।पढदै गरेका बालबालिकाको भविष्य चौपट बनेको छ ।अदालतले ध्यान आर्कषण गरे पनि मानव अधिकारवादी कराए पनि सरकारले सुन्दैन कति बिजोगको अबस्था झेलिरहेका छन नेपाली जनताले ।
त्यसकारण यी र यस्तै कारण अब देश भक्त राष्ट्रवादी प्रगतिशिल अग्रगामी विचार दृष्टिकोण बोकेका समूह पार्टी सर्बसाधारण जनता सबै मिलेर बृहत राष्ट्रिय मोर्चा निर्माण गर्दै महान दार्शनिक वै ज्ञानिकहरु माकर््स, एगेंल्स, लेनिन, माओले दिएको शिक्षा लाई आत्मसाथ गर्दे वर्तमान गन्जागोलको अवस्थालाई चिरफार गर्दै अगाडी बढनुको विकल्प छैन ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित