– महेन्द्र बस्याल
अमेरीकी साम्राज्यवाद विश्वमा नै मौलायो
विनाकारण ईरान माथि बम बर्षायो
ईजराइल र अमेरीकी गठबन्धन सेनाले
हत्या गर्यो खामेनीको घातक बमले
परमाणु बम रोक्ने अमेरिकाको वाहाना
यूरेनियम र तेल लुट्ने उसको योजना
ज़बरदस्ती हवाइ फाएर ईरान माथि गरायो
निर्दोष विद्यार्थीलार्इ ज्युदै जलायो
डगमगायो अर्थतन्त्र जलमार्ग रोक्नाले
संरचना ध्वस्त भयो मिसाइल दाग्नाले
महाशक्तिको हैकम सँग झुकेन ईरान
ताकि ताकि खसाल्दियो फ़ाइटर प्लेन
युक्रेनलाइ उक्साएर रूस सँग लडायो
हज़्जारौ सिपाहीको वलि चढायो
देखावटी हल्ला मात्र सहयोगी भावना
अमेरिकी साम्राज्यको चाल बुझन
भेनेजुएला राष्ट्रमाथि सैनिक दमन गरेर
राष्ट्रपति युएस लग्यो हाइजैक गरेर
अमेरिकाको गिद्दे दृष्टि खनिज र तेलमा
राष्ट्रपति मदुरोलाइ हाल्यो जेलमा
साना देशले नीति नियमको गर्नु पर्ने पालन
अमेरीकालार्इ छुट रहेछ युद्ध लडन
आतंकवाद तहलाउने अमेरिकी वहाना
हतियारको विजनेस गर्ने उसको चाहाना
राष्ट्र संघको सदस्यले साना देशलाइ दवाउने
सार्वभौमिक राष्ट्रमाथि युद्ध लादने
अफगान र ईराकलार्इ युद्ध भूमि बनायो
भियातनामी जन्ता सँग लड्न डरायो।
परमाणु बम बनाइ पहिलो टार्गेट जापान
हिरोसिमा नागासाकी भए चिहान
अमेरिकाको दादा गिरी कति दिन टिक्ने छ
साम्राज्यवाद आफ्नो चिहान आफै खन्ने छ । ०००

