भरत बुर्जा मगर , बनेपा । २०८३श्रावण ३१ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १० नंबर क्षेत्रीय ब्युरोको आयोजनामा २४ औ दोरोम्बा हत्याकाण्डको स्मृति दिवस ब्युरो कार्यालय बनेपामा सम्पन्न भयो । उक्त कार्यक्रमको सञ्चालन पार्टी केन्द्रिय सदस्य भरत बुर्जा मगरले गर्नु भएको र अध्यक्षता १०नंबर क्षेत्रीय ब्युरो सचिव सोमान सि तामङ्गले गर्नु भयो ।उक्त कार्यक्रममा रामेछाप बासी पार्टी केन्द्रिय सदस्य केशव ढलकोटीले मिति २०६० साल श्रावण ३२ गते तत्कालीन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी(माओवादी) र नेपाल सरकार बीच दाङको हापुरेमा वार्ता भइरहेको बेला तत्कालीन सेनाले युद्दको नियम उलङ्घन गर्दै पार्र्टीका रामेछाप जिल्ला नेता बाबुराम तामाङ्ग, पुष्प लगायत होनोहार घरबेटीका छोरा सहित २१ जाना योद्दाहरुलाई समातेर हात खुट्टामा बाधेर लाइन लगाई गोली हानी हत्या गरेको थियो। सबै २१ जनाकै नाम परिचय गर्दै सबै शहीदहरुको बारेमा चर्चा गर्नु भयो ।


