कविता ः बुढा कर्कट

कृष्णभक्त महर्जन

यात्रामा
बुढा कर्कटका
आत्मा वर्द्धक
होस
स्वार्थ बर्द्धक
होस
विचारका सन्ततिहरु
धनि हुन सक्छ
गरिब हुन सक्छ
यात्राका
कर्कट बुढा कहा
खरिदारी काम गर्नेको
ताल हेर
चाल हेर
महान दर्जको
शिला खोज्नु
कहाँ हो
कहाँ
मुलाको व्याख्याले
कथा बनाइरहन्छ
यात्रामा
कुत्राले
इतिहासको पानामा
दिन बित्यो
उमेर ढल्क्यो
जनताको कथा बुन्नु
कहाँ हो
कहाँ
अपमानको पर्जको
व्यथा मात्र सुनाउँछ
आफ्नै गाउँ
आफ्नै ठाउँमा
विश्वको कथा बुन्नु
कहाँ हो
कहाँ
मुनिम बन्ने
वाक युद्ध
शीत युद्धमा
कथा पनि मिल्दैन
व्यथा पनि मिल्दैन
बुढा कर्कटको ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित