बुटवल । रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा असोज २६ गते सोमबार हुने भएको छ । शनिवार बसेको संघको कार्यसमिति बैठकले वार्षिक साधारण सभा असोज २६गते गर्ने निर्णय गर्नुका साथै यसको तयारीका लागि विभिन्न जिम्मेवारीहरु प्रदान गरेको हो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षमा सम्पन्न भएको बैठकले साधारण सभाको तयारीका लागि समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यविभाजन गरेको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।
साधारण सभामा विधान संशोधनका लागि निवर्तमान अध्यक्ष दिलिप सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ । यो समितिले यसअघि भएको विधानलाई संशोधन गर्नका लागि साधारण सभामा सबै विधि समेटेर लैजाने छ । त्यसैगरी कार्यसमिति सदस्य किरण खरेलको संयोजकत्वमा किट ब्याग तथा खाना व्यवस्थापन समिति गठन भएको छ । साधारण सभामा वार्षिक प्रतिवेदन महासचिव सुमन बस्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विशाल वेल्वासेले तयार गर्नुहुनेछ ।रुपन्देहीका उद्योगीहरुको साझा संस्था रहेको संघमा हाल ११ सय उद्योगी आवद्ध रहेका छन् । संघको ४८औं वार्षिक साधारण सभा संघको आफ्नै भवन बुटवल–४ मा सम्पन्न गरीने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भएको छ ।
रुपन्देही उद्योग संघको ४८औं वार्षिक साधारण सभा असोज २६ गते हुने
Comments

