प्रधानमन्त्रीको रहस्यमयी मुस्ताङ भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह २०८३ साल भदौ ६ गते नेपालको उत्तरी सिमाना मुस्ताङ भ्रमण गरेका छन् । नितान्त पारिवारिक भ्रमण बताइएको प्रधानमन्त्रीको भ्रमण केवल पारिवारिक भ्रमण मात्रै हो कि भ्रमणमा अन्य केही छ भन्ने बारेमा निकै जिज्ञाशा उत्पन्न भएको छ । मुस्ताङ पुगेका प्रधानमन्त्रीले मुक्तिनाथमा पूजा गरेको भन्ने समाचार आयो । पारिवारिक भ्रमण बताइएको वालेन्द्र शाहको भ्रमण सकेर फर्किने क्रममा पोखरा १४ मा रहेको मझेरी मञ्जिल रिसोर्टमा बस्ने क्रममा मेरो साथी टिभी डटकमका पत्रकार सुरेश सुनारले खिचेको प्रधानमन्त्री शाहको भिडियोहरु नेपाली सेनाले पुरै डिलिट गर्न लगायो ।
सेनाले भिडियो डिलिट गर्न लगाएको घटनाले झनै प्रधानमन्त्रीको निजी भनिएको भ्रमण रहस्यमय भएको छ । सार्वजनिक पद धारण गरेको , सरकारको प्रमुख रहेको व्यक्तिको बारेमा जानकारी राख्ने र सुसूचित हुन पाउने अधिकार जनताको हुन्छ । सुसूचित हुन पाउने अधिकारलाई कुण्ठित गर्न नेपाली सेनाले किन भिडियो क्यामेराबाट हटाउन निर्देशन दियो ? के प्रधानमन्त्री जनताका हैनन् ? यदि जनताका हुन् भने किन जनताले थाहा पाउने कुरालाई बन्देज लगाउन खोजियो ? कि प्रधानमन्त्रीलाई प्रेससँग कुनै सरोकार नै छैन ? प्रश्नहरु निकै गम्भीर रुपमा आएका छन् । सडकलाई वास्ता नगर्ने ,संचार क्षेत्रलाई वास्ता नगर्ने , सदनलाई वास्ता नगर्ने , जनतालाई वास्ता नगर्ने ,पार्टीलाई वास्ता नगर्नेलाई जनताले कसको प्रधानमन्त्री भनेर बुझ्ने ? त्यसो त २०८२ भाद्र २३ र २४ गते भएको जेन्जीहरुको सुशासनको माग राखेर गरिएको आन्दोलन पछिको सुशीला कार्की नेतृत्वको सरकार बन्दासम्मको अवस्थाको मूल्याङ्कन गर्दा सबै उत्पन्न परिस्थितिको समाधन खोज्ने प्रयत्न नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको थियो । सरकार कस्को बन्ने ,प्रधानमन्त्री कसको नेतृत्वमा बन्ने भन्ने जस्ता सबै कुराको निर्णय जंगी अड्डामा नै सम्पन्न भएको थियो । यसले सेनाको भूमिकामाथि समेत नेपाली जनताले शंका गरेका थिए ।
अहिले युरोनियम रहेको क्षेत्रमा प्रधानमन्त्रीको पारिवारिक भ्रमण हुनुले यो केवल भ्रमण मात्रै नभएर त्यहाँ अन्य केही पनि छ भनेर अनेक आशंका उत्पन्न गरेको छ । नेपाली भू –राजनीतिमा निकै संवेदनशील मानिएको क्षेत्र र युरोनियम जस्तो खनिज रहेको क्षेत्रमा प्रधानमन्त्री पुग्नुले केवल भ्रमणकालागि मात्रै होइन कि भन्ने पनि सर्वत्र परेको छ । त्यो मात्रै होइन सेनाले पत्रकारको भिडियो मेट्न लगाउनुले झनै रहस्यमय बनाएको छ । जनताले जुनसुकै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको बारेमा थाहा पाउने अधिकार राख्छन् । प्रधानमन्त्रीको सुरुक्षाको खतरा आएमा नेपाली जनताले नै सुरक्षा गर्ने अधिकार समेत राख्छन् । तर नेपाली जनतालाई वेवास्ता गर्ने परिपाटी प्रधानमन्त्रीमा जुन देखिएको छ यसले झनै अनेक प्रकारका आशंकाहरु उत्पन्न गरेको छ । देश ,जनता ,नेपाली सार्वभौम सत्ताको रक्षाकोलागि प्रधानमन्त्रीले जनतालाई नै साथमा लिएर जनतालाई आफ्ना गतिविधिहरुको बारेमा पूर्णरुपमा जानकारी गराएर अगाडि बढेमा नै सबैको हितमा हुनेछ । प्रधानमन्त्री कार्यकालभरि रहस्यमयी नबनेको धेरै राम्रो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित