रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख उद्दार तथा राहतका लागि वितरण

भाद्र १०,काठमाडौं । नेपाल सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख उद्दार तथा राहतका लागि वितरण गरेको छ । गृहमन्त्री सुधन गुुरुङको नेतृत्वमा आज बसेको केन्द्रीय बिपद व्यवस्थापनको बैठकले सो निर्णय गरेको हो । उक्त रकम जिल्ला बिपद व्यवस्थापन समिति मार्फत प्रयोग गरिने छ । तिब्बतको जिलङ् काउन्टीको डङ्लीङ् छाङ् नदीमा हिम पहिरो गएर नदी केही बेर थुनिएको र विद्युतको ड्याम फुटेर बाढी आएको भन्ने नेपाल सरकारको प्रारम्भिक रिपोर्ट छ । रसुवा बाढीका कारण प्रभावित जिल्लाका सबै स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित