बाढी पीडितको खोजी, उद्धार र पुनस्र्थापना गर्न कुनै कसर बाँकी नराख्न  तीन किसान संगठन आह्वान 

काठमाण्डौ । देशमा क्रियाशील तीन किसान संगठनहरु क्रान्तिकारी किसान महासंघ नेपाल र अखिल नेपाल प्रगतिशील किसानसंघ, अखिल नेपाल किसान महासंघ –अप्फा)ले जोडदार माग गरेका छन् । क्रान्तिकारी किसान महासंघ, नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल  नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतो, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरब रेग्मीले २०८३ भाद्र १२ गते एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सो आह्वान गर्नु भएको हो । वक्तव्यमा बाढीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीबाट घाइते हुनुभएकाहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना  गरिएको छ साथै दुःखको यस घडीमा राज्यले सम्पूर्ण शक्ति एकीकृतरुपमा लगाएर खोजी, राहत र उद्धार गरोस् र क्षतिग्रस्त क्षेत्रबाट विस्थापित भएका सबैलाई सुरक्षित स्थानमा बसोबासका साथै आवश्यक अन्य सबै मानबीय सेवा र सहयोग पुर्याओस् भन्दै  निरन्तर राहत, उद्धार खोजीको विवरण सार्वजनिक गर्न जोडदार माग गरिएको छ ।
वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –हिजो अचानक भोटेकोशीमा आएको भयानक विनाशकारी  बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा तथा चित्रवनका पनि कतिपय भागमा पनि जनधनको ठूलो र अपूरणीय क्षति भएर धेरै मानिसहरु  बेपत्ता हुन पुगेको,कयौंको अकाल मुृत्यु भएको दुःखद स्थितिप्रति हामी तीन किसान संगठन अत्यन्तै दुःखी हतप्रभ छौ र यस भयावह घटनामा परेर अकाल मृत्युवरण गरेका सबैप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं । यो भयावह र त्रासद प्राकृतिक विपत्तिप्रति हामी तीन किसान संगठनहरु अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल र अखिल नेपाल प्रगतिशील किसान संघ  गहिरो दुःख ब्यक्त गर्दै सम्पूर्ण पीडित परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौं । त्यसैगरी सबै बेपत्ता भएका नेपाली दिदी बहिनी तथा दाजु भाइहकासाथै विदेशी नागरिहरुको तदारुखताकासाथ खोजतलास र उद्धार गर्न राज्यसँग जोडदार माग गर्र्दै यस कार्यमा सहयोग पुर्याउन किसान दाजुभाइ दिदी बहिनीहरुमा आह्वान पनि गर्दछौं । दुःखको यस घडीमा राज्यले सम्पूर्ण शक्ति एकीकृतरुपमा लगाएर खोजी, राहत र उद्धार गरोस् र क्षतिग्रस्त क्षेत्रबाट विस्थापित भएका सबैलाई सुरक्षित स्थानमा बसोबासका साथै आवश्यक अन्य सबै मानबीय सेवा र सहयोग पुर्याओस् तथा निरन्तर राहत, उद्धार खोजीको विवरण सार्वजनिक गरोस् भन्न जोडदार माग पनि गर्दछा्रैं ।
हामी यस्तो भयानक क्षति पु¥याउने गरी बाढी आउनुको प्राकृतिक र मानवीय सबै कारणहरुको खोजी गर्न, आवश्यक सतर्कता र सुरक्षा व्यवस्था अवलम्वन गर्न र आगामी दिनमा यस्तो प्राकृतिक प्रकोप न्यू्रनिकरण गर्न, जनधनलाई क्षति हुनबाट जोगाउन  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्नुपर्ने सबै उपायहरुको खोजी र जन धनको सुरक्षा हुने बिश्वसनीय सुरक्षा–बातावरण सिर्जना गर्न  भूगर्भबिद्, हिमताल अध्ययन अनुसन्धान विशेषज्ञहरु तथा जलवायु परिवर्तनका कारण हुनसक्ने जोखिम कम गर्न चाल्नुपर्ने कूटनीतिक लगायतका सबै कदमहरु तत्कालैदेखि चाल्ने आवश्यक कुरामा गम्भीररुपमा ध्यान केन्द्रित गर्न पनि जोडदार आह्वान गर्दछौं ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित