बाँकेमा दलहरुबीच अन्तरक्रियात्मक छलफल

 

नेपालगन्ज । बाँकेको नेपालगन्जमा विभिन्न वामपंथी दलका नेताहरुबिच अन्तरक्रियात्मक छलफल भएको छ ।
छलफलमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नागरिक सरोकार मञ्च बाँके, वाम बुद्धिजीवी, जनप्रतिनिधि, पत्रकार, र स्वतन्त्र राजनीति विश्लेषकहरु सहितको उपस्थिति रहेको थियोे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर ब्युरोको पहलमा भएको उक्त अन्तरक्रियात्मक छलफलमा पाटीका स्थायी समिति सदस्य सुदर्शनले संयुक्त मोर्चा निर्माणको लागि आफनो पार्टीले अघि सारेका ९ बुदे प्रस्तावको बारेमा स्पष्ट पार्नु भएको थियो । भदौ ११ गते सम्पन्न छलफलमा कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए । पार्टीका ३ नम्बर ब्युरो सचिव दिपक शाहीले बाँकेको सापेक्षतामा आफुहरुले संयुक्तरूपमा छलफलको अभ्यास अघि बढाईरहेको भन्दै राष्ट्रियता रक्षाको लागि संयुक्त मोर्चा आबश्यक रहेको बताउनु भयो । यसैबीच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको बाँकेमा कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । पार्टी प्रवक्ता सुदर्शनको उपस्थिति रहेको कार्यकर्ता भेटघाटमा ब्युरो सचिव दिपक शाही, केन्द्रीय सदस्यहरु, गुणनीधि आचार्य र प्रेम थापाको उपस्थित रहेको थियोे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित