– तारा शर्मा , चितवन, टाँडी
सुशासन र समृद्धिको यहि छ हाम्रो भावना
२०८३ को शुभकामना
सुन्नु होला दिदी बहिनी सुन्नु होला दाजुभाइ
नारीको वेदना पोख्छौ बरिलै
दमन र शोषणमा पिल्सिएका नारीलाइ
नारी मुक्ति न्याय निसाफ छैन बरिलै
कानुनको संशोधनमा तव सम्म हुदैन
महिला मुक्ति आन्दोलनले छुदै छुदैन
अहिले हाम्रो नेपालमा नया सरकार आको छ
न्याय निसाव मिल्छ भन्ने आशा लाको छ
अशान्ति र विद्रोहले नेपालमा छाको छ
विकास र समृद्धि होस भन्ने भाको छ
सुनिदिनु गृह मंत्री न्याय निसाव दिनु है
नारीको वेदनालाइ मनमा लिनु है
कति नारी बलतकृत छन कति नारी दमन
आफ्नै देशका नारीलाइ गरौ सम्मान
छैनन नारी सुरक्षित स्कूल अनि घरमा
बाहिर पठाउ नारीहरू कस्को भरमा
गरिमा र निर्मलाको न्याय अघि बढाइ देउ
बलात्कारी हत्यारालाइ जेलमा सडाइ देउ ।

