प्रधानमन्त्री दैवी प्रकोप राहतकोषमा राहत संकलन हुँदै

काठमाण्डौ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भयानक बाढीको कारण भएको क्षतिमा राहत ,उद्धार तथा पुनस्र्थापनाकोलागि राहत रकम जम्मा हुने क्रम निरन्तर बढिरहेको छ ।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यो समाचार तयार पार्दा सम्म ५.८७ अर्ब रुपिया जम्मा भएको छ । जहाँ मौज्दात रकम २.१७ अब रहेको थियो । बाढी पछि सरकारले रकम जम्मा गर्न अनुरोध गरिसकेपछि देश विदेशबाट राहत रकम संकलन भइरहेको छ । राहत रकमको सदुपयोग होस र रकम वास्तविक पीडितहरुसम्म पुगोस भन्ने दाताहरुको प्रमुख उद्देश्य रहेको छ ।
राहत कोषको छिटो र प्रभावकारी सदुपयोग गर्न सरकारले विशेष ध्यान दिनु पर्दछ । सरकारले राहतको लागि निम्न बैंकहरुमा खाताहरु संकलनमा ल्याएको छ । खाताहरुमा सोझै स्क्यान मार्फत पनि राहत संकलन गर्न सकिने सरकारले जनाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित