टेकहरी न्यौपाने
माथिबाट छाल हानेर भोटेकोशी आयो
हेर्दा हेर्दै लालाबाला धन सम्पत्ति लयो
विहानीको समय थियो सबै आप्mनो धुनमा
बज्रपात कसलाई पर्छ के के पर्छ सुन्न !
कोही थिए कलासमा कोही थिए पसल
प्रशासनले खबरग¥यो बाढी आयो घर छाड
सबै जना दंग परे भयो तछाड मछाड
कहाँ जाने कसो गर्ने कहाँ लाने बथान !
रुप पनि कस्तो धारण गरि हालिस सैतान
कस्तो प्रलय लिई आइस कति रैछस बैमान
कोही आमा बच्चा समाई स्तनपानको धुनमा
जेनजी युवा युवती सब मुस्कुराउँदै फोनमा !
कुरा गर्थे यूरोप जान्छु पैसा ल्याउनु टन्न
मेरो भिषा लागि सक्यो तेरो के भो भन्न
कोही घर बनाउँदैथे कोही बारी खन्न
सुरुङ भित्र काम चलाथ्यो मान्छे थिएन टन्न !
हस्पीटलमा बुढाबुढी सुत्केरीको घुँइचो
आफन्तले फोन गर्थे बुझ्ने गर्थे सुइको
आफ्नो आफ्नो काममाजाने दैनिकी नै हुुन्थ्यो
सारा गाउँ बेशी बजार मान्छे कैयौं हजार !
आप्mनो आफ्नो काम कार्यमा हिंड्दै थिए हतार
रमणीय स्थल थियो पर्यटकको कतार
गाउँवस्ती सुन्दर थियो झनै सुन्दर बजार
बस्ती, गाउँबजारमा मान्छे कैयौं हजार !
बच्चा रोगी सुत्केरी र कयौ थिएलाचार
विवाहित र नयाँ जोडी आफ्नै थियो संसार
चिच्याउँदै खबर आयो अब घर छाड
भोटेकोशी उर्ली आयो आइसक्यो बाड !
यो ठाउँमा बस्नु हुन्न जानुपर्छ टाढा
कोही परे अलमलमा ठूलो आउन्न बाढ
यति सुन्दर बस्ती छाडी कहाँ जाने टाढा
एकै छिनमा प्रलय भयो उर्लिआयो बाढ !
राक्षसको रुप लियो बैमान धर्म छाडा
न त छोड्यो लालाबाला बुढाबुढी रोगी
पर्यटकलाई किन छाड्थ्यो लग्यो साधु जोगी
पशु चौपाया सबै जना गैसकेनी बगी !
एकै छिनमा राक्षसले ठग्नसम्म ठगी
घर सम्पत्ति आफन्त सब गैसकेनी बगी
एकै छिनमा बस्ती गाउँ बजारनै डुब्यो
अति सुन्तर ठाउँ थियो सबै सकी दियो !
बाँचेकाले भन्न थाले हेर के भैदियो
छातीपिटी रुन थाले सबैै सकिदियो
परिवार घर सम्पत्ति सबै बगाई दियो !
पशु चौपाया कैयौं मान्छे सबै पुरिदियो
जताततै लासै लासको नजरिया थियो
को कता छ बाँचेकालाई पागल बनाइदियो
बाढी पनि यस्तो आयो दबदबे र हिलो !
एकै छिनमा बस्ती बजार हजारौंलाई निल्यो
देशैभरी सन्नाटा भो भोटेकोशी छिरो
पशु, गाउँ बजार मान्छे सबै यसले निल्यो !
कतिसम्म क्रुर बनी आइस भोटे कोशी
सपनाका पोकाहरु सबै लगिस खोसी
सबै आफ्नै धुनमा थिए । कोथिए र दोषी
आफन्त र घर परिवार सबै लगिस खोसी !
राक्षस बनी चाडवाडमा आइस मौका छोपी
नेपालीको विडम्बना सधै यस्तै हो कि
कारोना र भूइचालोले डिप्रेसनको रोगी
नाकाबन्दी छिमेकीले लगाई दिने हो कि !
आलो घाउ हृदयभित्र राखेका छौं छोपी
भूइँचालोकै राहत जस्तै बेहाल हुने हो कि
दशअरब एक चालिस करोड लग्यौ नेता ठगी
जनताले कर तिरेको राज्य कोष हो नि !
स्वस्थ थियौं भ्रष्टचार गर्न बन्यौं रोगी
किन यस्ता अपराधी बन्छौं राज्य ठगी
ठूला ठूला व्यापारीलाई कर छुट दिन्छौं छली
विपत्तिमा चुपचाप बस्छौं निकाल्दैनौं बोली !
कर छुट देको ३२ अरब ४१ करोड हो नि
वापस गर सबै पैसा देशमा दुःख छनी
पैतिस वर्ष शासन ग¥यौ बस्छौं क्रुर बनी
त्यत्रो रकम पोको पारी किन बन्छौं धनी !
भ्रष्टाचारको पैसा लेउ राज्यलाई देउ
आपतविपत परेका छन् पाका छैनन् भेउ
पीडा, रोदन कसले सुन्ने कोही छैनन् छेउ
भ्रष्टाचारको त्यत्रो रकम राज्यलाई देउ !
दुःख कष्ट अति नै छ सबले सुनि लेउ
जसको बलले जति भेट्छ सहयोग देउ
सहयोगको नाममा कतै आइरहेछ गन्ध
विपत्तिको बेला हो यो नबनाउनु धन्दा
मानवतालाई ख्यालमा राख नबन है अन्धा !
राज्यकोषमा सिधा पठाउ नउठाउ चन्दा
नैतिकतालाई बेची बेची नबन है अन्धा
रोइरहेको अवस्थामा इस्टन बाजी हान्दा
अनैतिक र आफ्नो स्वार्थ गरी हाल बन्द !
भोटेकोशी राक्षस बन्यो केही राखेन बाँकी
सरकारले रोइरहेको जनतालाई डाकी
समस्याको कुनै कसुर राख्न हुन्न बाँकी
डोजरको भुत चढ्याथ्यो ठूलै डोजर आयो !
त्यो डोजरले केही राखेन सबैलाई बगायो
जुन जोगी नि कान चिरुवा जोगी यहाँ आयो
भुकम्पमा आको रकम मिली लुकाई खायो
अहिले पनि राहत रकम त्यस्तै हुने हो कि !
पीडितले नपाएर अन्तै जाने भो कि
विपत्तिले हात हाल्यो रोछन् छाती ठोकी
कतिमरे लालाबाला सुत्केरी र रोगी
आफन्त र घर परिवार गयो सबै बगी
ठूलै डोजर आयो लग्यो सबै गयो बगी
बाढीमा मानवतालाई ख्याल राख
Comments

