काठमाडौँ । थारु कलाकार समाज नेपालले रसुवाको बाढीमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। थारु कलाकार समाज नेपाल काठमाडौँ उपत्यका कार्यसमितिका अध्यक्ष घनश्याम चौधरीले २०८३ भदौ १२ गते एक वक्तव्य जारी गर्दै सो श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । वक्तव्यमा अगाडि भनिएको छ ,“०८३ भदौ १० गते नेपाली सीमा क्षेत्रभन्दा ७ किलोमिटर उत्तर चीनको क्षेत्रमा हिमपहिरो गई भोटेकोशी र त्रिशुली नदीमा ठूलो बाढी आई नदी किनारा आसपासका बस्तीहरूमा ठूलो धनजनको क्षति पुर्याएको छ। यस विपत्ति प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। यस घटनामा मृत्यु हुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । सबै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्न चाहन्छौं।जोखिम भएका मानिसहरुको सकुशल उद्धार होस्र घाइते अपाङ्गहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। साथै यस दुःखद घडीमा राज्य , नागरिक, सबैले मानवीय समवेदनालाई सम्झी उद्धार ,राहत , उपचार र पुनस्र्थापनाका लागि सहयोगी मनहरूले हृदय खोलेर तन मन धनले सहयोग गर्ने हाम्रो कर्तव्य हो। अन्त्यमा नेपालमा उच्च प्रकृति प्रकोप रहेको क्षेत्रबाट मानव बस्तीलाई स्थान्तरण गरी आगामी दिनमा क्षति कम गराउने दिशामा राज्यले ध्यान पुर्याउन जरुरी छ साथै अझै पनि खतराको संकेत सुनिराख्दा सबै नागरिकहरुले पनि यस्तो गम्भीर परिस्थितिको विषयमा सचेत हुनु र अरुलाई सचेत गराउन जरुरी छ।”

