अवश्य ःअसफलता नै सफलताको जननी हो भन्ने विषय जीवनका अनुभव,संघर्ष र सकरात्मक सोचसँग जोडिएको अत्यन्तै प्रेरणादायी विषय हो।“असफलता नै सफलताको जननी हो ।” जीवनमा सफलता प्राप्त गर्ने सबै मानिसमा हुन्छ तर सफलताको बाटो सँधै सरल र सहज हुँदैन । त्यस बाटोमा अनेकौं बाधा कठिनाइ निराशा र असफलताहरु आउँछन् । कतिपय मानिस असफल भएपछि निराश भएर आफ्नो प्रयास नै छोड्छन् भने कतिपय मानिस अफलतालाई शिक्षाका रुपमा लिएर अझ दृढताका साथ अघि बढ्छन् । वास्तवमा असफलता नै सफलताको जननी हो ।
असफलता अन्त्य होइन सफलतातर्फको एउटा महत्वपूर्ण खुड्किलो हो। मानिसले असफलताबाट आफ्ना कमजोरी पहिचान गर्न सक्छ । कहाँ गल्ती भयो के कमी रह्यो र अब के सुधार गर्नु पर्छ भन्ने कुरा असफलताले सिकाउँछ । त्यसैले अफलता मानिसको शिक्षक पनि हो ।
हामीले प्रकृतिबाट पनि यही शिक्षा पाउँछौं । एउटा सानो बीउ माटोभित्र दबिएर अँध्यारो सहेर मात्र अंकुरका रुपमा बाहिर निस्कन्छ । त्यसैगरी मानिसले पनि कठिनाइ र असफलताको अँध्यारो पार गरेपछि मात्र सफलताको उज्यालो देख्न सक्छ । जीवनमा पहिलो प्रयास मै सफलता प्राप्त गर्ने भन्ने मानिस कमै हुन्छन् । धेरै महान व्यक्तिहरुले पटक पटकको असफलता पछि सफलता प्राप्त गरेका छन् । उनीहरुको विशेषता के थियो भने उनीहरुले असफलतालाई आफ्नो कमजोरीको प्रमाण होइन पुनः प्रयास गर्ने प्रेरणाका रुपमा लिए ।
असफल हुँदा आफुलाई कमजोर ठान्नु हुँदैन । बरु आफ्नो गल्ती स्वीकार गरेर त्यसबाट पाठ सिक्नु पर्छ । हिजोको गल्तीलाई आजको ज्ञान र भोलिको सफलताको आधार बनाउन सक्नुपर्छ असफलतापछि पनि निरन्तर प्रयास गर्ने मानिस अन्ततः सफलताको नजिक पुग्छ । सफलता केवल भाग्यले प्राप्त हुने कुरा होइन । त्यसका लागि मेहनत, धैर्य,अनुशासन, आत्मविश्वास र निरन्तर प्रयास आवश्यक हुन्छ ।बाटोमा जति धेरै कठिनाइ आउँछन् त्यति नै मानिसको क्षमता र इच्छाशक्ति परिक्षण हुन्छ ।
त्यसैले जीवनमा असफलता आयो भन्दैमा निराश हुनुहुँदैन । आजकोे असफलता भोलिको सफलताको आधार बन्न सक्छ । एउटा ढोका बन्द भयो भनेर अर्को ढोका खोल्ने प्रयास गर्नु पर्छ । लक्ष्य ठूलो छ संघर्ष पनि ठूलो हुन सक्छ ,तर दृढ संकल्प र निरन्तर कर्मले असम्वभ जस्तो देखिने कुरालाई पनि सम्भव बनाउन सक्छ । अन्ततः असफलतासँग डराउने होइन। त्यसबाट सिक्ने हो । लड्नु कमजोरी होइन । लडेर पनि उठ्न नसक्नु कमजोरी हो। एकपटक असफल हुनु हार होइन असफलतापछि प्रयास गर्न छोड्नु मात्र वास्तविक हार हो ।
त्यसैले जीवनमा जस्तोसुकै असफलता आए पनि हिम्मत नहारौं । गल्तीबाट सिकौं कमजोरी सुधारौं र नयाँ उत्साहका साथ अघि बढौं किनकिः “असफलता नै सफलताको अन्त्य होइन र सफलताको सुरुवात हो । असफलता नै सफलताको जननी हो । ”
असफलता नै सफलताको जननी हो
Comments

