गीत – बल्झिरहेछ घाउ किन

– गीत रचना– नारायण योगी
बल्झिरहेछ घाऊ किन फेरी फेरी नी २
आँसु झार्दै रोइइ रहेछ मेरो सारंगी २
भदौ दशमा भयो ठूलो प्रलयको घटना
नेपालीलाई बज्र प¥यो बिर्सी नसक्नु भो वेदना
आकाशमा गड्याङगुडुङ न पानीको थोपा
नत थियो बाढी पैह्रोको कुनै आशंका
सेकेण्ड मै हिउँ सुनामीले निल्यो नुवाकोट, रसुवा
विछोड भए संगी साथी बाबु आमा र बालबच्चा ।

बल्झिराछ घाऊ किन फेरी फेरी नि
आँसु झारी रोइरहेछ मेरो सारंगी
यो खबर संसारभर आगो झैं फैलियो
पि.एमको कच्चा कामले उद्धारमा ढिलो भो ।
मृत्यु हुने हजार नाघे वेपत्ता पुगे छ हजार
सात दिन बित्दा सरकारले सकिन भनि माग्यो गुहार
विदेशीको सहयोगको बल्ल खूल्यो उद्धारको बाटो
सुरुङभित्र जीवितै हुने आशा थोरै जाग्यो ।

साधन थोरै भए पनि सुरक्षा फौजले गरे राम्रो काम
बालापनको नेतृत्वको सरकार रनभुल्ल परी भयो जाम
बल्झिराछ घाऊ किन फेरी फेरी नि
आँसु झार्दै रोइरहेछ मेरो सारंगी ।

भयो बिनास जीउ धन र कारखाना, गाउँघरको
बग्या सपना सारा रसुवा, नुवाकोट र धादिङको
कोहीका छैनन् छोरा छोरी कोहीका छैैनन् बाबुआमा
कैयौं देशका नागरिक परेनि यो तुफानी भेलमा
संसार मै पहिलो घटना भयो हाम्रो देशमा
टनेलमा फसेकाछन् देश सारा शोकमा ।

नखाएको विष लाग्यो नि हामीलाई
क्षतिपूर्ति चाहिन्छ नेपाललाई
बल्झिराछ घाऊ किन फेरि फेरि नि
आँसु झार्दै रोइरहेछ मेरो सारंगी ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित